वीरगंजको युवा नेतामा चिरपरिचित नेता मध्येका एक हुन ओमप्रकाश सर्राफ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर समितिका अध्यक्ष समेत रहेका सरार्फ लामो समयदेखि समाजिक विषयमा जोडतोडका साथ वकालत गर्दै आएका नेता हुन् । मधेश समृद्धका लागी विभिन्न समाजिक आन्दोलनमा सहभागि भई नेतृत्व गरिरहेका नेतामा युवा नेता ओमप्रकाश सरार्फ पर्छन् । उनै नेतासंग राजनिति लगायत समसमायिक विषयमा गरिएको कुराकानी :
1) तपाईँ मधेशका मुख्यमन्त्री लालबाबु राउतको पर्सा क्षेत्र नं। १ ९ख० बाट चुनाव लड्ने तयारी गर्नुभएको हो र !
राजनीतिमा निर्वाचन प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुन्छ । आफू अनुमोदित हुन जनतासमक्ष जाने सामान्य प्रक्रिया हो । चुनाव लड्ने मेरो लक्ष्य र इच्छा पनि छ । म यसपाली चुनाव लडोस् भन्ने मेरो क्षेत्रका जनता तथा शुभेच्छुकहरूको आकांक्षा छ । यो भ्रष्ट मुख्यमन्त्रीलाई हटाउ र मधेश प्रदेशलाई बचाउ भन्ने माहौल बन्दै छ । यसमा ठूलो अभियान चल्दैछ । यसमा विकल्पका रूपमा स्थानीयवासीले मलाई हेरिरहेको मैले पाएको छु । मैले सबैको सहयोग र समर्थन पाइरहेको छु । मलाई लाग्छ, यसपाली यो क्षेत्रमा परिवर्तन हुन्छ । अहिले संघीयताका विषयमा विभिन्न किसिमका सवालहरू उठिरहेका छन् । मेरो विचारले यो सबै भ्रष्ट मुख्यमन्त्रीका कारणले हो । त्यसकारण उहाँलाई रिप्लेस गर्ने ठूलो माहौल बन्दैछ । उहाँलाई हटाएर अब मधेशको अधिकार मुभमेन्टमा काम गरेका र गर्दै आएका युवालाई अगाडि बढाउने मनोविज्ञान पनि श्रृजना भइरहेको छ ।
2) तपाईँले यो क्षेत्रबाट चुनाव लड्ने आधिकारिक घोषणा गरिसक्नुभएको हो ?
राजनीति गरेपछि इच्छा र आकांक्षा व्यक्त गर्न पाइन्छ । तर, करिब करिब चुनावमे जाने म अन्तिम तयारीमा छु ।
3) पार्टीले टिकट दिएन भने के गर्नुहुन्छ नी ?
पार्टीले टिकट दिन्छ । तर, मेरो विवेकमा भर पर्छ कि टिकट लिने कि नलिने । अब त्यहाँ गठबन्धनको साझा उम्मेदवारका रूपम मुख्यमन्त्री आएको अवस्थामा के गर्ने विषयमा परामर्श चल्दैछ । पार्टीले त मलाई टिकट दिन्छ ।
4) जसपा र लोसपाबीच गठबन्धनको सम्भावना छ नी ?
यो भ्रष्ट मुख्यमन्त्रीका कारण पूरै मधेश प्रदेश बदनाम भएको छ । संघीयतामाथि नै प्रश्नहरू उठिरहेको अवस्था छ । भ्रष्टाचारमा उनीहरूको नाम मुछिएको छ । ती व्यक्तिहरूलाई निरन्तर हामीले खबरदारी गर्दै आएका छौँ ।
5) जसपा र लोसपा गठबन्धन भई राउतलाई साझा उम्मेदवार बनाइयो भने बागी उम्मेदवारी दिनुहुन्छ ?
होइन, त्यसलाई स्वीकार गर्न सकिँदैन । हाम्रो पार्टीले स्वीकार गरेको अवस्थमा पनि यहाँका जनता तथा मतदाताले स्वीकार गर्नेबाला छैनन् । त्यसकारण विकल्पको रूपमा सबै जनताले मलाई देखिराखेका छन् । मैले विकल्प दिनै पर्ने हुन्छ ।
6) भनेपछि यो क्षेत्रमा मुख्यमन्त्री राउतविरुद्ध उम्मेदवारी दिनुहन्छ !
एकदमै, कुनै पनि हालतमा मुख्यमन्त्रीविरुद्ध हाम्रो उम्मेदवारी हुन्छ । यो चुनाव मात्र होइन भ्रष्टाचारविरुद्धको अभियान हो । संघीयतालाई बलियो बनाउने अभियान हो । पहिचानको लडाईलाई अगाडि बढाउने अभियान हो । मुख्यमन्त्री राउतको कारणले मधेश आन्दोलन पनि बदनाम भएको छ । हाम्रो अधिकारको लडाईँ ठूलो धक्का लागेको अवस्था छ । अहिले जुनसुकै सर्वे हुर्नुस् उहाँ ९राउत० एकदमै पछाडि हुनुहुन्छ । त्यसकारण हाम्रो पक्ष र उहाँको विपषमा एउटा माहौल छ । पार्टी नेतृत्वले साझा उम्मेदवारका रूपमा उहाँलाई ल्याइए । हाम्रो शुभेच्छुक तथा मतदानले मान्नेबाला छैनन् । यो निर्णय गरियो भने त्यो जनताको आकांक्षाको विपरीत पनि हुनेछ ।
7) तपाईँ विद्रोह गर्नुहुन्छ ?
मुख्यमन्त्री राउतको पक्षमा क्याम्पेन चलाउने र भोट माग्ने काम हामीबाट कतापि हुँदैन ।
8) पार्टीले कारबाही गर्ला नि ?
हामीले आन्दोलन गरेको मान्छे हौँ । आन्दोलन गर्ने मानिससँग चट्टाने अडान हुन्छ । यो हाम्रो अडान हो । प्रष्ट भिजन हो । उहाँलाई हामी जसरी पनि हराउँछौँ ।
9) टिकट तपाईँले पाउने कि अन्य व्यक्तिले पाए पनि हुन्छ ?
त्यस क्षेत्रमा अरु आकांक्षी नभएकाले टिकट पाउने प्रचुर सम्भावना छ । मेरो समाजमा धेरै लगानी छ । कसैले कुनै ठाउँमा लगानी गरेको छ भने त्यसको मूल्यांकन हुुनुपर्छ । पार्टीका लागि पनि मैले काम गरेको छु । त्यसैले पार्टीले मलाई टिकट दिनुपर्छ । मैले जनताको सेवा र संघर्ष गरेको छु । त्यसैले जनताले पनि मेरो मूल्यांकन गर्ने नै छन् । हामीले नयाँ उर्जा ल्याउँछौ भन्ने पूरा आशावादी छौँ ।
10) चुनावमा पैसाको पनि चलखेल हुने गरेको छ नि ?
हामीले त्यही विकृतिलाई चिर्न खोजेका हौँ । यसपटक रुपैयाँ पैसा हार्छ । तानाशाही प्रवृत्ति हार्छ, भ्रष्टाचार हार्छ, कमिशनखोरी हार्छ । यसपाली एउटा युवा जित्छ । उनीसँग भ्रष्टाचार गरेको अर्बौ रुपैयाँ छ । ठूलो संगठन छ । पाँच पार्टीको गठन्धन छ । तर, जनता कसैको गुलाम हुँदैन । जनताले मूल्यांकन गरिरहेको अवस्था छ । जनताले भ्रष्टाचार लुटेको पैसा लिन्छ र भोट पनि दिनेबाला छैन । यस्तो किसिमको नयाँ जागरुता देखिएको छ । पछिल्लो स्थानीय चुनावमा पनि देखिएको थियो ।
11) तपाईँ मुख्यमन्त्री राउतलाई भ्रष्टाचारी भनेर आरोप लगाउँदै हुनुहुन्छ, उहाँमाथि त्यस्तो कुनै आरोप छैन !अनि कुन आधारमा यसरी आरोप लगाइरहनुभएको छ नी ?
राउत भ्रष्टाचारी मात्र होइन । उहाँ भ्रष्टाचारीको सरदारका रूपमा अगाडि देखिएका छन् । उहाँको मुख्यमन्त्री कार्यालयबाट १० करोडभन्दा बढीको भ्रष्टाचार भएको भनेर मुद्दा दर्ता भएको छ । त्यसैले उहाँ ठूलो मुखिया हुनुहुन्छ । मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टाचारको जिम्मा कार्यालयका मुखियाले लिनुपर्छ । राउतले गरेका सबै काम अधूरा छन् । स्वच्छता अभियानका नाममा पोखरीहरूलाई नष्ट गर्ने काम भइरहेको छ । त्यसको मौलिकतालाई नष्ट गरिँदैछ । त्यसैले कमिशनको नाममा अधूरा अपूरा छोडिएको अवस्था छ । छठ पर्व मनाइने पोखरीको अस्तित्व नष्ट गर्ने काम भइरहेको छ । मुख्यमन्त्रीले राजमार्ग छेउमा मेकअप गरेर फेयर एण्ड लवली लगाएर ठूलो ठूलो होर्डिङ बोर्ड झुण्डयाएका छन् । यसले मधेश समृद्ध हुन्छ रु हामी कुन तरिकाको राजनीति गर्दैँछौँ । मधेशमा पाँच वर्ष रहेको यो सरकारले मधेशका एउटा पनि जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउन सकेन । युवाहरू विदेश पलायन हुने दर किन बढ्यो रु शिक्षा, स्वास्थ्यलगायत हरेक अतिआवश्यकीय पूर्वाधारमा हामी किन पछाडि रु अहिले पनि किसानहरू एक बोरा मलखाद ल्याउन एसएसबी र सशस्त्रबाट पिटाइ खानुपर्ने अवस्था छ । त्यसैले यहाँका जनताले मधेश सरकारको अनुभूति गर्न पाएका छैनन् । यो सरकारले केही ठेकेदारहरूलाई धनी बनाउने काम ग¥यो । त्यसकारण संघीयताको अनुभूमि दिलाउनका लागि, पूर्ण साक्षर मधेश प्रदेश बनाउनका लागि, शिक्षा, स्वास्थ्यलगायत आवश्यक क्षेत्रमा सुधार गरेर नमूना प्रदेश बनाउने उद्देश्य लिएर हामी राजनीतिमा आएका छौँ । निश्चित लक्ष्यका लागि हामी राजनीतिमा आएका छौँ । जनताले यसपटक हामीलाई अवसर दिने छन् ।
12) त्यसो भए तपाईँ आफूलाई मधेश प्रदेशको मुख्यमन्त्रीका रूपमा देखाउँदै मत माग्नुहुन्छ ?
होइन, हाम्रो उद्देश्य भनेको प्रदेशसभा सदस्य हो । त्यसपछि कस्तो समीकरण बन्छ । यो पछि हेर्ने कुरा हो । प्रदेश सांसद् भएर पनि नीति निर्माण तहमा एडभोकेसी गर्न सकिन्छ । एउटा प्रष्ट भिजन दिन सकिन्छ । त्यस्ता विधेयकहरू दर्ता गराउन सकिन्छ । त्यसकारण अब युवाको विकल्प नहि छैन । हरेक क्षेत्रमा युवा जित्नुपर्छ । अहिलेका असफल जनप्रतिनिधिहरूलाई ससम्मान बिदाइ गर्नुपर्छ । उनीहरूकै कारणले हाम्रो दयनीय अवस्था भएको हो ।
13) चुनाव जित्नुअघि नेताहरूले विभिन्न थरिका एजेण्डाहरू भन्छन् । तर, चुनाव जितेपछि बिर्सिन्छन् नि ?
हामीले हरेक क्षेत्रको सुधारका लागि काम गर्दै आएका छौँ । नीति निर्माण तहमा पुगेको अवस्थामा यसलाई बुस्ट गर्न सहज हुन्छ । अहिलेका सँग भिजन र सोच नै छैन । प्रविधिको दुनियामा उनीहरू प्रवेश गरेका छैनन् । त्यसका प्रदेश असफल भएको अवस्था छ ।