महिलाले घुम्टो भित्र रहनु पर्छ भन्ने सामाजिक परिवेश भएको मध्य तराईकी महिला । तर चेतनास्तरमा अब्बल र शिक्षित नारी मधु राणा । जतिवेला रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को वीरगन्जमा स्थापना नै भएको थिएन । त्यो वेलादेखि नै रक्तदान गरी आफ्नो जीवनकालमा ५० औं पटक भन्दा बढी रक्तदान गरिसकेकी समाजसेवी राणा । हाल रेडक्रस पर्साको उपसभापति, रक्तसञ्चार केन्द्रको संयोजक र नेत्र ज्योती संघ पर्साको अध्यक्षको भूमिकामा नेतृत्व गरिरहेकी छन् । ७६ वर्षको उमेरमा पनि उत्तिकै सकृय सामाजिक उनै मधु राणासँग रक्तदानका बारेमा गरिएको कुराकानी :-
सामाजिक कार्यमा व्यस्त रहनुहुने तपाई अहिले चाही के मा व्यस्त हुनुहुन्छ ?
विभिन्न संघ सस्थाको काममा मै हन्छु । अहिले म रेडक्रस पर्सा शाखाको उप–सभापति छु । नेत्र ज्योती संघ पर्सा शाखाको अध्यक्ष पनि छु र रक्त संचार केन्द्रमा पनि आबद्ध छँदैछु । यी संस्थाहरु मार्फत सामाजिक कार्यमा अहिले पनि लागिराखेकै छु ।
महिला भएर पनि धेरै पटक रक्तदान गर्ने महिलाका रुपमा तपाईलाई चिनिन्छ । तपाईमा त्यो जागरण चाही कसरी आयो ?
हामीले जुन बेलामा ब्लड दिने गथ्र्यौं । यहाँ ब्लड बैैंक पनि थिएन । हामीलाई सिधै विरामीको अवस्था हेरेर रजिष्टरमा इन्ट्री गराएर त्यो समुह मिल्नेसँग भिडाएर आवश्यक ब्लड दिने गरिन्थ्यो । जसलाई चाहियो हामीलाई खबर हुन्थ्यो । हामी त्यही पुग्थ्यौं । त्यो बेला धेरै गाह्रो थियो । त्यो बेला फोन पनि थिएन । मान्छेहरु घरमा नै बोलाउन आउँथे । १,२ पटक रातीको १० बजे पनि हस्पिटलमा पुगेर रगत दिएको छु । त्यो किसिमले पनि रक्तदान गरेका छांै । मेरो ब्लड ग्रुप एबी पोजेटिभ हो । त्यो बेला मेरो ब्लड गु्रप एकदमै नपाइने हुनाले पनि जुन बेला जरुरत पथ्र्यो त्यही बेला मात्र रक्तदान गर्थे । यो सबै मानवीय सोचको आधारले नै दिनुपर्छ भन्ने भएर गरिएको हो ।
कस्को प्रेरणाबाट रक्तदान गर्न सुरवात गर्नु भएको हो ?
मलाइ सानैदेखि रेडक्रससंग लगाव थियो । मेरो परिवार सबैजना रेडक्रससंग जुडेका हुनाले पनि माया थियो । रक्तदान दिदा एउटा जिवन मात्र हैन धेरैको जिवन त्यसबाट बच्न सक्छ जस्तो लागेर आफैबाट सुरुवात गरेको हो ।
कति बर्षको उमेरदेखि रक्तदान गर्न सुरु गर्नुभयो र कति बर्षसम्म निरन्तर दान गर्नु भयो ?
३० वर्षको उमेरबाट रक्तदान गर्न सुरु गरिएको थियो । अहिले ६० वर्ष कटेपछि रक्तदान गर्न मिल्दैन । दिन नपाउने बाध्यताले गर्दा हो । अहिले ७६ बर्षको उमेर भैसकेको छ ।
रक्तदान गर्दा कमजोरी हुन्छ भन्छन् यहाँको अनुभव सुनाइ दिनुस् न ?
रक्तदान गर्दा कमजोरी हुने होइन । ३० देखि ३५ दिनमा ब्लड परिवर्तन भइरहन्छ । स्वास्थ्यलाई फाइदा नै हुन्छ । मलाइ नै हेर्नुहोस ६० वर्ष यतासम्म रक्तदान गरेको नै हो । केही भएको छैन । अब कोही कमजोरी नै छ । मेडिसिन नै चलिरहेको छ भने उहाँहरुले रक्तदान गर्न पनि मिल्दैन । हैन भने स्वस्थ्य मानिसले जति पटक रक्तदान गरे पनि केही हुदैन ।
अझ पनि ग्रामिण भेगका महिलाहरु रक्तदान गर्न हिचकिचाउछन् नि वहा“हरुलाई के सन्देश दिनु हुन्छ ?
महिलाहरु हिच्किचाउँछन् पनि डराउँछन् पनि । कति ठाउँमा त आफ्नो श्रीमान र छोराले दिन लागेको ठाउँबाट उठाएर लग्छन् । रक्तदान दिदा कमजोरी हुन्छ भनेर दिनु पर्दैन भनेर त्यो अवस्था देखिकी छु । तर अहिले समाज विस्तारै धेरै नै जागरक भइसकेको छ । हाम्रो रेडक्रसको उपशाखाहरु छन् । त्यो उपशाखाहरु मार्फत पनि चेतना कार्यक्रम भइरहन्छ ।
अरु संघ संस्थाबाट पनि हामीले सहयोग पाइरहेको छौ । त्यसले गर्दा यो चेतना अहिले ग्रामिण भेगमा पनि आइरहेको छ । तर पनि महिलालाई अति नै गाह्रो नै हुन्छ । महिलाहरुमा मिन्सुलेसनको समस्या पनि छ । महिनाको ७ दिन आराम गर्नु पर्छ । भनिन्छ महिलालाई नै बढी रगत चाहिन्छ । महिलाले नै कम रगत दिन्छन् । तर अहिले धेरै नै चेतना जागृत भइसकेको छ । महिलाहरुको संख्या बढिरहेको छ ।