निश्चित रुपमा हामी त्यो समयमा कुरा गर्दैछांै । जति खेर दोस्रो कार्यकालको लागी पार्टीहरुले टिकेट वितरण गर्छन् । त्यसपछि चुनावमा जान्छन् । अघिल्लो पटक दलहरुले जुन किसिमको प्रदेशलाई प्राथमिकतामा राख्नु पर्ने थियो । त्यो किसिमका योग्य सक्षम मान्छेहरुलाई पठाउनु पर्ने थियो । त्यसलाई पठाएनन् । बरु स्थानीय तहमा पठाए ।
यता संघमा पठाए त्यस कारणले त्यो एउटा रित्तो देखियो । हामीले छिमेकमा भएको भारतलाई हेर्छौं । भारतका रिजनल पार्टीहरुका नेतृत्वकर्ता हेर्छौं । प्रदेशकै मुख्यमन्त्री बन्छन् । प्रदेशकै राजनीतिमा आफ्नो बढि समय दिन्छन् । र आफनो पार्टीको जगलाई मजबुत बनाउँछन् ।
संघियतावादी पार्टीहरुबाट पनि यो कमजोरी भयो । उनिहरुले आफूसंग भएका गतिला, सक्ष्म, अनुभवि मान्छेहरुलाई जति पठाउनु पर्ने थियो । त्यति पठाएनन् । त्यसकारण प्रदेश सभा जुन किसिमको हामीले चाहेका थियौं त्यस्तो देखिएन ।
लालबाबु राउत नेतृत्वको मन्त्री मण्डलमा पहिलो पटक फेर बदल गर्नुभयो । सरकार अलपतमा परेको थिएन । तर पनि उनले आफ्नै संगठनका केही साथीहरुलाई पदबाट मुक्त गर्नु पर्ने भयो । सरकार जबकी अलपतमा परेकै थिएन । नेपाली कांग्रेस अपोजिसनमा नेकपा ऐमालेबाट फुटेको दल अपोजिसनमा थियो । तर उहाँहरु पछाडिको ढोकाबाट सरकारमा छिर्नु भयो । सरकार अलपतमा परेको थिएन ।
सरकारले माग पनि गरेको थिएन । तर पनि सरकारमा जान चाहने अरु पार्टीका व्यक्तिहरु पछाडिको ढोकाबाट छिर्नु भयो । यसरी हिजोसम्म जुन सरकारको आलोचना गर्दै हुनु हुन्थ्यो । तिन वर्षपछि त्यहि सरकारमा आबद्ध हुनु भयो । तिन वर्षमा गरेका त्रुटिहरुलाई या त स्वीकार गर्नु भयो या त्यसैमा तपाई पनि गएर लुडिबुडी खेल्नु भयो ।
त्यसैले मधेश प्रदेशमा जुन किसिमका अपोजिसन हुनु पर्ने हो । त्यसको सर्वता अभाव देखिएको छ । मधेश प्रदेशमा सुरुको गठबन्धन हुदाँ नेकपा एमालेको संघमा सरकार थियो यहाँ जसपाको ।