गठबन्धन सरकारले संघ र प्रदेशको निर्वाचन पनि सत्तामा रहेका दलहरु बीच गठबन्धनबाटै गर्र्ने प्रतिवद्धता गरी सिट बाँडफाँडमा महिनौं वहस गरिरहेका छन् । कहाँबाट कुन दल र कसले टिकट पाउँने ? भन्नेमा दलका नेता तथा कार्यकर्तामा भने अन्यौलता छाएको छ । गठबन्धनकै कारण पर्सामा स्थानीय तहको निर्वाचनमा पार्टी पंक्तिबाट धोका खाएका स्थानीय नेपाली काग्रेसका नेताकार्यकर्ता अहिले पनि सशंकित छन् । कारण कुन सिटमा कस्ले टिकट पाउने हो भनी । यस्तो अन्यौलताको बीच पनि सत्तापक्षीय दलहरुले पनि आफ्नो दलका आकांक्षीहरु सबैलाई समेटेर उमेद्वारको नाम सिफारिस भने गरिरहेको छ । ती दलहरु मध्ये नेपाली कांग्रेस नेतृत्वकर्ता दल नै हो । सो दलबाट नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सचिव श्याम पटेल पनि सिफारिसमा परेका छन् ।
२०४७ सालमा कक्षा १० मा पढ्दै गर्दा नेपाली काग्रेसको सदस्यता लिएर २०५१ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदमा निर्वाचित भई राजनीतिमा अझ सक्रियता बढाएका पटेल २०५३ को निर्वाचनमा स्ववियूको उपसभापतिमा निर्वाचित भएका थिए । २०५५ सालमा नेविसंघबाट सभापतिको उम्मेदवार भई चुनाव लड्दा मतगणना मै विवाद हुँदा परिणाम नै बिथोलिएको थियो । २०६२ सालमा क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा निर्वाचित भई कांग्रेसको १२ औं अधिवेशनमा पुनः क्षेत्रीय सभापतिमा निर्वाचित भएका पटेल कांग्रेसको १३ औं महाधिवेशनबाट जिल्ला सचिव मनोनित भई १४ औं अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बनेका थिए । वर्तमान सभापतिसँग प्रतिष्पर्धा गरेका उनै श्याम पटेलसंग निर्वाचन केन्द्रित सन्दर्भमा गरिएको कुराकानी :-
मुलुकको वर्तमान राजनीति अवस्थालाई कसरी नियालीरहनु भएको छ ?
मुुलुक आम निर्वाचनको मुखमा छ । सबै पार्टी र जनता मंसिर ४ गतेको पखाइमा छन् । सबै दलले आ–आफ्नो पार्टीबाट हुने उम्मेदवारको तहगत सिफारिसमा लागेका छन् । कार्यकर्तामा उत्साह बढेको छ । पाँच दलीय गठबन्धन सिटको भागबण्डामा लागेका छन् । समग्रमा सबै देशवासी र दल मंसिरमा हुने आम निर्वाचनको तयारीमा जुटेका छन् ।
पर्सामा यहाँले सोचेको जस्तो पार्टी चल्न सकेको छ ?
समग्रमा जिल्लादेखि केन्द्रसम्म पार्टीभित्र गुटगत राजनीति हावी हुँदै गएको छ । पार्टीबाट हुने निर्णयमा सबैको स्वामित्व होस् भन्ने ईच्छाले म सभापतिमा चुनाव लडेको थिए । हरेक निर्णयमा सानोदेखि ठूलो कार्यकर्ताहरुको स्वामित्वले निर्णय भएको हो भनेर बोध होस् भन्ने चाहेको थिए । त्यसले एकता भई मनमुटाव हट्दै जान्थ्यो । र कुनै पनि निर्णय हुँदा पार्टीका सबै कार्यकर्ता सक्रिय भएर लाग्थे ।
त्यसले परिणाम पनि पोजेटिभ हुन्छ । यही एजेण्डाले चुनावमा भाग लिएको थिए । दुःखद के भयो भने केही साथीहरुले साथ दिनु भएन । केन्द्रमा भएको धाधली जिल्लामा पनि मतदानको समयसम्मै कायम रह्यो त्यस कारण मैले चुनावमा पराजय भोग्नु प¥यो । अतः पूर्ण बहुमत त छ । तर जिल्ला कमिटिले जुन हिसाबले काम गर्नु पथ्र्याे त्यो हिसाबले गरेको देखिदैन् । भित्र निर्णय हुन्छ । तर पत्रिकामा आएपछि मात्रै बाहिर थाहा हुन्छ । पारदर्शिता छैन । अधिवेशन पश्चात जिल्लामा भएको हरेक निर्णयमा एकोहोरो निर्णय भएको छ । त्यसकारण जुन हिसाबले स्थानीय तहमा परिणाम आउनु पथ्र्याे । त्यो नआएको हो ।
मेरो कुनै व्यापार छैन । निरन्तर राजनीति र जनता बीच रहेर काम गर्दै आएको छु । अरु साथीहरु कार्यक्रममा मात्रै देखा पर्नु हुन्छ । तर म (२४) चौबिसैघण्टा पार्टीको साथीहरुको बीचमा रही जनताको लागि काम गर्ने गरेको छु ।
एउटा टिमको मात्र कांग्रेस भई पार्टी चलाउनु हुँदैन । केन्द्रबाट जिल्लासम्म नै उस्तै अवस्था देखिन्छ । अझ उम्मेदवार सिफारिसमा प्रदेश कमिटिलाई क्षेत्रिय कमिटिले मानेको देखिदैन । मिटिङ्ग पनि आफ्ना आसपासेलाई मात्रै बोलाएर गरिएको जस्तो देखिन्छ । जुन हिसाबले जिल्लाले नेतृत्व गर्न सक्नु पथ्र्याे । त्यो हिसाबले चलेको जस्तो देखिदैन ।
तपाई पनि पर्सा क्षेत्र नं. २ को ख बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बन्ने चर्चा छ । टिकट पाउने आधार छ ?
गत निर्वाचनमा पनि मेरो उम्मेदवारी थियो । जुन बेला म जिल्ला सचिव थिए । मेरो कुनै व्यापार छैन । निरन्तर राजनीति र जनता बीच रहेर काम गर्दै आएको छु । अरु साथीहरु कार्यक्रममा मात्रै देखा पर्नु हुन्छ । तर म (२४) चौबिसैघण्टा पार्टीको साथीहरुको बीचमा रही जनताको लागि काम गर्ने गरेको छु । त्यो हिसाबले गत चुनावमा टिकट नपाए पनि यसपाली पाउनु पर्छ भन्ने अपेक्षा छ । मेहनत राम्रो भएकाले यसपाली चुनाव लड्ने मेरो इच्छा र चाहना छ । टिकट दिएपछि विश्वास छ कि म चुनाव जित्न पनि सक्छु । मैले टिकट मागेको क्षेत्रको सर्वे पनि गर्दा हुन्छ । कति साथी र जनताले मलाई विश्वास गरेका छन् । क्षेत्र नं. २ को ‘ख’ मा मैले नै टिकट पाउनु पर्छ भने स्थानीयको पनि मांग छ ।
टिकट नपाए के गर्नुहुन्छ ?
टिकट नपाए पार्टीको उम्मेदवारलाई सहयोग गर्छु । जुन बेला जागिर वा व्यापार गर्न सक्नु पथ्र्याे, त्यो जीवनको अमूल्य समय पार्टीको लागि दिएको छु । मैले नै टिकट पाउनु पर्छ भन्ने जनता र कार्यकर्ताको मांग पनि हो । टिकट पाए भने म स्वयम् उम्मेदवार हुन्छ । नपाए पार्टीका उम्मेदवारलाई जिताउँन सहयोग गर्छु ।
व्यवस्थापन गरिएन भने गुटबन्दी झन बढ्दै जान्छ । चुनाव जित्यो भने आफ्नो दम्भले भन्ने र हार्याे भने अर्काेमाथि आरोप लगाउने चुनावपछि स्वभाविक नै हो ।
क्षेत्र नं. १ र २ मा प्रतिनिधी सभाको लागि २/२ जना पूर्व सांसदहरुको दावेदारी छ । प्रदेश सभा सदस्यको लागि त झन एउटा क्षेत्रमा ७ जनासम्मको । कांग्रेस पर्साले कसरी मिलाउँछ सिटको भागबण्डा ?
जो पार्टी र जनताको लागि काम गरेको हुन्छ, त्यो सबै साथीहरुलाई चुनाव लड्ने अपेक्षा हुन्छ । पूर्वसासदहरुले पनि सांसदको टिकट माग्नु स्वभाविक नै हो । यस क्षेत्रमा धेरै नेता भएको कारणले उम्मेदवार बढि देखियो । सांसद पनि बढि हुनुहुन्छ र पार्टीको लागि मेहेनत गर्ने नेताहरु पनि बढि हुनुहुन्छ । अर्काे, पर्सामा सिटको बाँडफाड अन्योलको स्थिति छ । उचित सिटको बाँडफाँड गरिएन भने नचिताएको परिणाम आउँन सक्छ । व्यवस्थित तरिकाले सबैलाई मिलाएर सिटको बाँडफाँड होस् भन्ने अपेक्षा छ । त्यो व्यवस्थापन भएन भने चुनावको परिणाम नकारात्मक आउँन सक्छ । मुख्यतः व्यवस्थापनमा भर छ । मलाई लाग्छ केन्द्रिय नेताहरुले बुद्धि पु¥याएर व्यवस्थापन गर्नु हुन्छ ।
तटस्त रुपमा इमान्दारीपूर्वक काम गर्ने युवा हुनुपर्छ न कि भ्रष्टाचारी । बुढो मान्छे इमान्दार र मेहनती छ भने त्यो युवा हो ।
कांग्रेस पर्साको गुट उपगुट निर्वाचनको मिति घोषणापछि झन झाँगिन्छ कि ? आन्तरिक विवादका बिच नेपाली कांग्रेस कसरी अगाडी बढ्छ ?
मिडियामार्फत बाहिर आएकोभन्दा पनि बढि गुटबन्दी छ । धेरै साथीहरु बिच मनमोटाव भई बोलचाल पनि छैन । आ–आफ्नो पक्षका साथीहरुलाई मात्र मिटिङ्गमा बोलाएर निर्णय गरिन्छ । त्यसैले गुटबन्दी चरम सीमामा छ । गुटबन्दीलाई मनथन गरेर केही हदसम्म व्यवस्थापन गर्न सकियो भने रिजल्ट पोजेटिभ आउँछ । व्यवस्थापन गरिएन भने गुटबन्दी झन बढ्दै जान्छ । चुनाव जित्यो भने आफ्नो दम्भले भन्ने र हार्याे भने अर्काेमाथि आरोप लगाउने चुनावपछि स्वभाविक नै हो । मन मिलेको साथी जे सुकै गरुन् मलाई सहयोग गरेको भन्छन् । मन नमिलेकोले जति सहयोग गरे पनि अन्तरघात गरेको आरोप लाग्छ । बरु चुनावपछि आरोप लगाउनुभन्दा चुनाव अगाडी नै व्यवस्थापन गर्नु राम्रो हुन्छ ।
अहिले ‘‘हजुर बा’’ उमेरका नेताहरुलाई विस्थापित गर्ने होड चलेको छ ? यसलाई कुन रुपमा लिनु हुन्छ ?
उमेरले बुढो हुँइदैन । काम गर्ने तरिकाले बुढो भइन्छ । युवा भएर पनि धेरै साथीहरु मेहेनत गर्ने खालका छैनन् र बुढो भएर पनि कोही निरन्तर खटिरहेका छन् । राजनीतिमा मेरो बुझाई के छ भने युवा नै भयो भने आफ्नो काम र मेहेनतले जनताको मन जित्न सक्ने खालको हुनु पर्छ । तटस्त रुपमा इमान्दारीपूर्वक काम गर्ने युवा हुनुपर्छ न कि भ्रष्टाचारी । बुढो मान्छे इमान्दार र मेहनती छ भने त्यो युवा हो । न की कम उमेरको मान्छे मेहेनती पनि छैन र क्रप्टेड र भ्रष्ट तथा कामचोर छ भने यो उचित भन्न सकिन्न ।
झन प्रदीप यादवकै नेतृत्वमा गठबन्धन बनेको थियो र वहाँबाट नै ठूलो धोखा भयो । अब गठबन्धनको हिसाबले क्षेत्र नं. १ जसपाले पायो भने कांग्रेसका साथीहरुले कसरी भोट दिन्छन् ?
संघीय निर्वाचनमा २० वर्ष पहिले जो लड्थे, जित्थे वा हार्थे उसैको अहिले पनि हालीमुहाली छ नि ? नयाँ पुस्ताले चान्स पाउँदैनन् ?
हामी भन्छौं परिवर्तन चाहियो । तर परिवर्तन गर्ने बेलामा त्यही बुढोहरुको पछाडी परि वहाँहरुकै कुरामात्र मान्छौं । परिवर्तन कै लागि मैले जिल्ला सभापतिमा चुनाव लडेको थिए । तर युवा साथीहरु नै बुढोको पछाडी लागि हाले । यो सब भनाई मात्रै हो । सबै मान्छे स्वार्थी छन् । आफ्नो चित बुझेको मान्छेको प्रशंसा गर्छन् र चित नबुझोको मान्छेको बिरोध । जो लगातार चुनाव लड्दै आएको छ । त्यसैको प्रशंसा गर्छन् । त्यसैले यो नारामा मात्रै सिमित छ । ईमान्दारीपूर्वक भन्ने हो भने पर्सामा जो पुराना नेताहरु छन् । केन्द्रिय नेताहरुको स्वामित्वमा वहाँहरु नै छन् । केन्द्रिय नेताहरुले टिकट दिदाँ पनि वहाँहरुलाई नै दिनुहुन्छ । अरुलाई दिनु पर्याे भने वहाँहरुसंगै सोधेर दिनु हुन्छ । त्यसैले पर्सा कांग्रेसमा तत्कालै परिवर्तन हुने कुरा सम्भावना छैन ।
पर्सामा कांग्रेसले गठबन्धनसंग धोखा खाएको छ ? अबको निर्वाचनमा साथ पाउँछ ?
पर्सामा गठबन्धन भित्र मनमुटाव छ । वीरगंज महानगरपालिकामा गठबन्धनकै उम्मेदवार जिते पनि जसपाका मेयरभन्दा कांग्रेसको उपमेयरको करिब २० हजार मत फरक छ । अर्थात कम छ । कांग्रेसले त सहयोग गर्याे तर जसपाबाट सहयोग भएन । त्यसको तुरुन्तै जिल्ला समन्वय समितिको निर्वाचनमा पनि १२ वटा मत संख्या भएको कांग्रेसलाई धोखा दिएर ५ मत भएको जसपाले १० मत भएको एमालेसंग गठबन्धन गरेर कांग्रेसलाई हरायो । मतको हिसाबले पनि गठबन्धन भित्र सबैभन्दा ठूलो दल कांग्रेस नै हो ।
त्यो हिसाबले पनि जिसस प्रमुखको पद नेपाली कांग्रेसले पाउँनु पथ्र्याे । पदको लोभको कारणले जसपाले कांग्रेसलाई धोखा दिएर एमालेसंग गठबन्धन ग¥यो । त्यसको पीडा कांग्रेसका साथीहरुमा छ । सबैभन्दा बढि वीरगंज महानगरको साथीहरुलाई त्यो बोध भएको छ । झन प्रदीप यादवकै नेतृत्वमा गठबन्धन बनेको थियो र वहाँबाट नै ठूलो धोखा भयो । अब गठबन्धनको हिसाबले क्षेत्र नं. १ जसपाले पायो भने कांग्रेसका साथीहरुले कसरी भोट दिन्छन् ? तै पनि मिलाउने कोसिस रहन्छ ।
पर्सामा नेपाली कांग्रेसले गठबन्धन भए कुन कुन निर्वाचन क्षेत्र पाउने समभावना छ ?
नेपाली कांग्रेस पर्सामा बलियो भएको ठाउँ हो । बढि प्रतिनिधी सभा र प्रदेश सभाको सिट कांग्रेसले नै पाओस् भने हाम्रो अपेक्षा हो । यो कुरा केन्द्रिय नेतृत्वलाई भनिसकेका छौं । विश्वास छ हाम्रै पक्षमा रिजल्ट आउँछ । नेताहरुले के निर्णय गर्ने हुन् । निर्णय गर्दा परिस्थिति कस्तो सृजना हुन्छ त्यसमा भर पर्छ । सिट टुँगो लागेपछि अनुमान गर्न सकिन्छ, पर्सामा कति सिट पाउँछ भनी ।
यहाँ नै टिकट पाए चुनाव केन्द्रित मतदातालाई रिझाउन खास एजेण्डा के छन् ?
मुल एजेण्डा शिक्षा र स्वास्थ्य हो । विकास निर्माण त स्थानीय, प्रदेश र संघ सरकारले पनि गर्छन् । अन्य विकासमा प्रदेश त्यति पछाडी परेको छैन । तर शिक्षा र स्वास्थ्यामा यो प्रदेश एकदमै पछाडी छ । नारायणी अस्पतालको केही भाग क्षेत्र नं. २ मा पर्दछ । तर जुन हिसाबले जनतालाई स्वास्थ्यको लाभ हुनु पर्ने हो त्यो भएको छैन । शिक्षाको क्षेत्रमा पनि निर्वाचित साथीले त्यति राम्रो काम गरेका छैनन् । यो प्रदेशका जनताले निःशुल्क स्वास्थ्य र शिक्षा पाउँन भन्ने तर्फ केन्द्रित हुन्छु । मैले अवसर पाए म गरेर देखाउँछु ।
प्रदेशमा लड्ने तयारीमा हुनुहुन्छ ? मधेश प्रदेश सरकारको ५ वर्षे कार्यकाल कस्तो देख्नु हुन्छ ?
वीरगंजबासीको हिसाबले मधेश प्रदेश सरकारको कामबाट म सन्तुष्ट छैन । अन्तिम समयमा आएर वीरगंजमा मधेश विश्वविद्यालय स्थापनाले सन्तुष्ट भएको छु । तर स्थापना मात्रै हो कि ? कार्यन्वयन पनि हुन्छ, त्यो हेर्न बाँकी छ । प्रदेश सरकारकवो संक्षिप्त मूल्याँकनमा भ्रष्टाचारमा लिप्त रह्यो । त्यो अख्तियारले पनि प्रमाणित गरिसकेको छ ।