काठमाडौं । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा “राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९” शुभकामना तथा ध्यानाकर्षण कार्यक्रमको आयोजना गरेको छ । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासको लागि बुँदागत रुपमा आफ्नो ध्यानाकार्षण गराएको छ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालहाल उपलव्ध जनशक्तिसंग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण अनुसार उक्त जनशक्तिहरुलाई आवश्यकक्ताअनुसार योजना बनाई कार्यान्वयन गर्ने माग गरेको छ।
तलिम नभई रोजगारीको सिर्जन ागर्न नसकिने, विदेश जानेहरु पनि दक्ष नबनी जाँदा, तलिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको, तालिम नलिई जानेहरु न्यूनतम पारिश्रमिक लिएर काम गर्न बाध्य । अनिवार्य रुपमा तालिम दिएर, दक्ष बनाएर पठाउनुपर्ने । नेपालमा हाईड्रो, सडक निर्माणका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको, तालिम आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै तालिममा एकरूपताका लागि देशै भरि हाल विभिन्न तरिकाले संचालन भएका तालिम कार्यक्रमहरु एक द्धारमार्फत पूर्णरुपले सिटिइभिटी वा सम्वन्धित निकायमा आवद्ध संस्थाहरुमार्फत मात्र संचालन गरिनुर्पे पनि उल्लेख गरेको छ।
देशका सवै राजनिति दलले आफ्नो घोषणापत्रमा प्रविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोहीअनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेको छ ।
एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिकहकको रुपमा सुनिश्चित गरिनुपर्ने उसको माग छ । महासंघका अध्यक्ष अच्युत नेपालले महासंघ नेपालमा विद्यमान रहेको बेरोजगारी र गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने विश्वास दिलाए ।
उनले आफूहरुले बेरोजगारी अन्त्यको लागि आवाज उठाउँदै आएको र मुकुलुमा रोजगारी स्थापनाको लागि भूमिका खेलेको पनि सुनाए । उनले दक्ष जनशक्ति उत्पादनको लागि योगदान पुर्याएको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्त महासंघका अध्यक्ष चन्द्र साउदले शुभकामना दिएका थिए ।