सिमावर्ती भारतीय सहर रक्सौलदेखी अम्लेखगञ्ज सम्मको २२.४ किलोमिटर पाईपलाई विछ्याउने काम समपन्न भएको छ ।
३६.२ किलोमिटरको दुरीमा पाइपलाई विछ्याउने कार्यक्रम अन्तर्गत रक्सौलदेखी अम्लेखगञ्जसम्म विभिन्न अवरोध हटाएर पाइपलाईन विस्तारको काम द्रुतगतिमा भईरहेको आयल निगमले जनाएको छ । पाईपलाईन विस्तारका लागी भारतको इण्डीयन आयल निगम दुई अर्ब रुपैयाँ लगानी गरेको छ भने, ७५ करोड भारतिय रुपैयाँ नेपाल सरकारको लगानीमा कुल ४ अर्ब ४० करोड नेपली रुपैयाँमा काम भइरहेको छ ।
नेपालको सीमानादेखी अम्लेखगञ्जसम्म पर्ने २६ किलोमिटरको बाटोमा पर्सा वन्यजन्तु आरक्षले गर्दा समस्या थियो । तर अहिले अवरोध हटेकाले हामीले सोचेको १८ महिना भित्र काम समपन्न गरिसक्छौँ ।
नेपालका निम्ती मुख्य चुनौती रहेको जंगल फडानी, बिद्युतिय पोलहरु सिफटीङ्ग गर्ने जस्ता मुख्य अवरोधहरु वन विभाग र विद्युत प्राधिकरणको सहमतिमा टुङ्गो लागि सकेकाले पाईपलाईन विछ्याउने काम द्रुत गतिमा अगाडी बढाईएको नेपाल आयल निगम अम्लेखगञ्ज शाखाका क्षेत्रिय प्रमुख ईन्जिनियर प्रदिप कुमार यादवले बताए ।
उनले भने, पाईपलाईन क्षेत्रमा पर्ने मुख्य चुनौती किनारा लागेको छ । पाईपलाईन क्षेत्रमा पर्ने पर्सा वन्यजन्तु आरक्षको रुख कटान गर्नका लागी आयल निगमले स्वकृती पाईसकेकाले हामीलाई पाएको लक्ष्य भन्दा एकवर्ष अगाडी नै काम समपन्न गरिसक्छौँ । अहिले पनी परवानीपुरको हिमाल आइरन अगाडी काम तिब्र गतिमा भईरहेको छ । प्रमुख यादवले भने, स्वकृती पाईसकेर पनी हामीले रुख कटानको जिम्मा दिइसकेका छौ । नेपाल सरकारले दिएको ३० महिने अवधीमा हामीले १८ महिना भित्रै समपन्न गरिसक्ने लक्ष्य राखेका छौँ । निगमले रुख कटानको जिम्मेवारी नेपाल टिम्बर कर्पोरेशनलाई दिएको छ भने, काटिएको रुखको क्षतिपुर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ ।
भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतीहारी बजारक्षेत्रको ११ किलोमिटर उत्तरतर्फ सेमरा भन्ने स्थानमा टर्मिनल प्वाइन्ट निर्माण गरी अमलेखगंजसम्म पाइपलाइन मार्फत इन्धन ल्याउने योजनामा रहेको छ ।
नेपाल सरकारका अनुसार भारतको मोतिहारीदेखी रक्सौलसम्म ३२.७८ किलोमिटर र रक्सौल सीमानादेखी नेपालका अम्लेखगञ्जसम्म ३६.२८ किलोमिटरमा पाईप लाईन विछ्याउनुपर्ने छ । जम्मा १०.७५ इन्चको डायमिटर रहेको पाईपलाईनबाट १ घण्टामा २ सय लिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ । झण्डै दुई दशकदेखि चर्चामा रहेको बहुप्रतिक्षित अमलेखगञ्ज,रक्सौल, मोतिहारी पेट्रोलियम पाइपलाइनको काम प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएका बेला २०७५ साउन देखी औपचारिक रुपमा शिलन्यास गरिएको थियो ।
परियोजना पूरा भएपछि निगमलाई बिनारोकटोक पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ । निगमका अनुसार परियोजनापछि नेपाल भित्र्याउन ट्यांकरले खपत गर्ने इन्धनबाट प्रतिदिन २९ लाख २० हजार खर्च कटौती हुनेछ भने, निगमको ७१ करोड वार्षिक ढुवानी खर्च बचत हुन्छ । १८ महिना भित्र काम सकाईदिने आटका साथ पाइपलाईनको काम भइरहेको राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रीवास्तवले बताए ।