मानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसकेको भएता पनि कतिपय अवस्थामा प्रयोगकर्ता्बिच असमझदारी तथा ज्ञानको कमिका कारण अनलाइन तथा इन्टरनेटमा सुचनाको सुरक्षा संबेदनसिल भैसकेकाले छ ।
बढ्दो साइबर अपराध, यसबाट हुन सक्ने हानी तथा नोक्सानी नेपाल प्रहरीका लागि चुनौती साबित भैसकेको छ । सााईबर अपराधको घटनाहरु दिनानुदिन बढ्दै गएपनी साईबर अपराध गर्ने व्यक्तिलाई दण्ड जरिवाना गराउन नसेर पनी यस्ता घटना दिनानुदिन बढ्दै गएको छ ।
पर्सा जिल्लामा पनि साईबर अपराध नभएका होईनन् पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशिले भने, यहाँ आउने अपराधहरु हामीले विभाग पठाउने गर्दछौँ यसको सम्पुर्ण छानविन केन्द्रिय कार्यालयले हेर्ने हुदाँ हामीले ठेगाना र निवेदनका साथ विभागमै पठाउने गर्दछौँ । हिसाँ पिडितले न्याय पाउनु कल्पनाकै कुरा हो किन भने जहाँ घटना भएको हुन्छ् त्यहाँ पिडित जान सक्दैनन् प्रहरी समक्ष मुश्किलले पुग्ने पिडित पक्ष झन्झटीलो न्यायका लागि प्रहरी प्रधान कार्यालय काठमाडौँ सम्म जान मान्दैनन् ।
ईन्टरनेट सञ्जाल जति सहज छ त्यसको असर पनि त्यतिकै चाडै फैिलन्छ । हामीलाई जानकारी नभएका कुराहरु पनी सजिलै जानकारी पाउन सक्छौँ हिजो मित्र भएकाहरु दुश्मनी निकाल्न साईबर अपराध गर्ने गरेको हाम्रै समाजमा थुप्रै उदाहरण भेटिन्छ । त्यसैले साईबर अपराधका लागि पनि क्षेत्र र जिल्लागत रुपमा यसका प्राविधिकहरु राख्न जरुरी छ । साइबर अपराध तथा महिलाको पीडासम्बन्धी एक अन्तर्रा्ष्ट्रिय प्रतिवेदनको परिभाषा हेर्ने हो भने व्यक्तिको प्रतिष्ठामा आँच पु¥याउन तथा शारीरिक एवं मानसिक रूपमा आघात गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक मनसायले आधुनिक दूरसंचार नेटवर्कमार्फत हुने गैरकानुनी गतिविधि साइबर अपराध हुन् । यस अन्तर्गत इन्टरनेट तथा मोबाइल फोनमार्फत हुने गैरकानुनी कसुर पर्छन् ।
सूचना प्रविधिको बढ्दो प्रयोग तथा बिस्तारसँगै यसका नकारात्मक असरका रूपमा साइबर अपराधको जालो फैलँदै गएको पाइन्छ । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार यस्तो कम्प्युटरजन्य अपराध लागूऔषध भन्दा पनि आकर्षक आपराधिक उद्योगका रूपमा विकसित भएको छ । सामान्य कम्प्युटर तथा इन्टरनेट प्रयोग गरी हुने आपराधिक क्रियाकलाप नै साइबर अपराध हो ।
नेपालको विद्युतीय कारोबार ऐन २०६३ ले कम्प्युटर इन्टरनेटलगायतका विद्युतीय संचार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने जस्ता कामलाई विद्युतीय कसुर भनी परिभाषित गरेको छ । हामी कहाँ कानुनी रूपमा साइबर अपराधको कतै परिभाषा नदिइएको भए पनि सोही ऐनमा विद्युतीय कसुर भनी परिभाषित विषयहरूलाई नै साइबर अपराधका रूपमा लिन सकिन्छ ।
नेपालमा पछिल्लो समयमा साइबर अपराधका घटनामा वृद्धि हँुदै गएको पाइन्छ । इन्टरनेटको बढ्दो प्रयोग तथा खासगरी सामाजिक सञ्जाल फेसबुकको संस्कृति बढ्दै जाँदा साइबर अपराधको ग्राफ पनि उकालो लाग्दै जान थालेको छ । यस्ता इन्टरनेटजन्य अपराधमा युवाहरू बढी संलग्न हुने गरेको र यौनजन्य इन्टरनेट कसुरबाट महिलाहरू बढी मात्रामा पीडित भएको पाइएको छ । अश्लील तस्बिर खिचेर फेसबुकलगायतका साइटमा अपलोड गर्ने, अश्लील भिडियो खिचेर युट्युबमा अपलोड गर्ने,
अश्लील सामग्रीहरू इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेलिङ गर्ने, मोबाइलमा अश्लील सन्देश तथा तस्बिर पठाउने, सामाजिक सञ्जालमा अश्लील सामग्रीहरू ट्याग गर्ने, अरूको इमेल वा अन्य इन्टरनेट अकाउन्ट ह्याक गरी अश्लील सामग्री पोस्ट गरिदिने, विभिन्न ब्लग तथा साइटहरूमा अश्लील तस्बिर तथा समाचार प्रकाशन गरी चरित्र हत्या गर्ने घटनाहरू पछिल्लो समयमा बढेको देखिन्छ ।अपराधीहरूका लागि अहिले इन्टरनेट सजिलो माध्यम भैरहेको छ । गाउँ–सहर सबैतिरका युवायुवतीमा अहिले फेसबुक संस्कृति झाँगिएको छ ।
फेसबुकको प्रयोग, सावधानी, शेयर गर्न नहुने कुरा, ट्याग गर्दा ध्यान दिनुपर्ने कुरा, यसका जोखिम जस्ता विषयमा धेरै युवायुवती अनभिज्ञ छन् तसर्थ इन्टरनेटको दुरुपयोग बढिरहेको छ । यसलाई आपराधिक मनोवृत्ति भएकाहरूले स्वार्थ्सिद्धिको माध्यम बनाइरहेका छन् । यसबाट पीडित हुनेमा किशोरी तथा युवतीहरू बढी छन् । उनीहरू आफ्नै प्रेमी, विश्वास गरेकै साथी वा कुनै अपरिचित व्यक्तिबाट अपराधको सिकार बनाइन्छन् ।
आफ्नै प्रेमीले कुनै अन्तरंग क्षणका तस्बिर वा भिडियो थाहा दिएर वा नदिई खिच्ने र त्यसलाई पछि स्वार्थ्सिद्धिका लागि प्रयोग गर्ने गरेको पाइन्छ । कतिपय अल्लारे किशोरहरूले त्यसलाई आफ्नो प्रेम सफल बनाउने अस्त्रका रूपमा समेत गलत प्रयोग गर्ने गरेका छन् । कतिपय अपराधीले त्यसलाई फिरौती असुल गर्ने माध्यमका रूपमा समेत प्रयोग गर्छन् ।यस्ता अश्लील सामग्री सार्वजनिक गरिदिने धम्की दिँदै महिलामाथि यौन शोषणसमेत हुने गरेको पाइन्छ ।
फोटोसपमार्फत अर्कै महिलाको निर्वस्त्र शरीरमा टाउको मात्र जोडेर अश्लील तस्बिर तयार गरी त्यसलाई समेत धम्की तथा जबर्जस्तीको अस्त्रसमेत बनाइएको पाइएको छ । अश्लील इमेल पठाउने, फेसबुक वालमा अश्लील कमेन्ट गर्ने, अश्लील तस्बिर तथा लिंक ट्याग गर्ने क्रियाकलापमार्फत पनि महिलाहरूको इज्जत, प्रतिष्ठा एवं आत्मसम्मानमा ठेस पु¥याउने तथा मानसिक हिंसा गर्ने गरिएको पाइन्छ । अधिकांश अवस्थामा विभिन्न नक्कली नाममा इन्टरनेट एकाउन्ट खोली त्यसमार्फत आपराधिक क्रियाकलाप हुने गरेका छन् । फेसबुकमा आफ्नो अश्लील तस्बिर आएको, आफ्ना बारेमा अनर्गल कुरा, आफ्नो बेइज्जत हुने कुरा सार्वजनिक भएको जस्ता कारणले गर्दा किशोरी तथा युवतीहरूले आत्महत्या गरेका समाचारसमेत बेलाबेलामा आउँछन् ।
सरकारको धेरै निती नियम नभएको, सामाजिक संञ्जालबाट हुने साईबर अपराधहरु कम गर्न यथेष्ठ कानुनको ब्यबस्था नभएको, प्रायजसो नेपालीहरुमा कम्पुटर र ईन्टरनेट सम्बन्धि ज्ञानको कमिको कारण नेपालमा साईबर अपराध बढनुकासाथै अहिलेको नियम कानुनहरु प्रभाबकारी नभएकोकुरा पहिलो अनुसन्धानले देखाएको छ । त्यसै गरि माईक्रोसफट, एपल र अन्य ठुला ठुला कम्पनिहरुले बिकसित मुलुकमा लगाउने दर नेपालमा पनि लागु गरेको कारण प्रयोग कर्ताहरु प्राईभेड सफ्टवेरमा निर्भर रहनु परेको र प्रभाबकारि बनाउनको लागि सुपत मुल्यमा उपलब्ध गराउनु पर्छ साईबर अपराध नियन्त्रण गर्न देशभर ब्यापक रुपले साईबर अपराध सम्बन्धि चेतनामुलक कार्यक्रमहरु प्रबाभकारि रुपले गरिनु पर्ने हुन्छ ।
सूचना तथा संचार प्रविधि आफैमा सशक्तीकरणको साधन हो । विश्वमा सूचना तथा संचार प्रविधिकै कारण महिला सशक्तीकरण, शिक्षा एवं चेतनाको प्रचार प्रसार, हिंसाविरुद्धको विश्वव्यापी सहकार्य तथा समग्रमा महिलाको जीवनस्तरमा सुधारका लागि सहजता थपिएको छ । यधपि सूचना संचार प्रविधिकै गलत प्रयोग हँुदा यो अपराधको अस्त्र बन्नुका साथै महिलामाथि हुने हिंसाको कारक तत्व समेत बनिरहेको पाइन्छ । यसले महिला हिंसाको दुस्चक्रलाई अझ जटिल तथा असाध्य बनाउँदै लगेको छ ।
साइबर अपराधसम्बन्धी विशिष्टीकृत कानुनको अभाव, विद्युतीय कारोबार ऐनले साइबर अपराधका नवीनतम कसुरलाई सम्बोधन गर्न नसक्नु तथा उक्त ऐनमा अपराधीलाई हुने सजायको मात्रा तथा पीडितले पाउने क्षतिपूर्तिको मात्रा कम हुनु, साइबरजन्य कसुरलाई पत्रकारिता वा पेसागत लेपन लगाउने प्रयास हुनु,अनलाइन पत्रकारितासम्बन्धी आचारसंहिता बन्न नसक्नु, विभिन्न खालका वेबसाइट तथा सामाजिक सञ्जालमा हुने गतिविधिमाथि सरकारले निगरानी गर्न नसक्नुले साइबर अपराधका घटना बढिरहेका छन् भने यसबाट पीडित हुने महिलाको संख्या समेत बढिरहेको छ ।