वि.स. २०६२ साल कात्तिक २२ गते जन्मिएका रेडम बानिया क्षेत्री हाल वीरगंज १५ मा बसोवास गर्दै आएका हुन । रेडमको बुबाको नाम राम बानिया क्षेत्री र आमा रिता बानिया क्षेत्री हुन । उनीहरु २ छोरा मध्य रेडम पहिलो सन्तान हुन । उनले १० कक्षा २०७६ सालमा पास गरेका थिए । उनको बाल्यकाल सामान्य तरिकाले पढाई, लेखाई सगसगै साथिहरु संग खेल खेल्दै वित्यो । उनी हाल वेल विसर संस्थाको कोषाध्यक्षको रुपमा काम गर्दै आईरहेका छन । मध्य नेपालको लागि उनै रेडमसंग गरिएको कुराकानी जस्ताको त्यसतै :
पर्सामा सडक बालबालिकाको अवस्था कस्तो छ ?
सडकका बालबालिकाको अवस्था अहिले नाजुक छ । अहिलेको समयमा सडकमा बालबालिकाहरु धेरै छन, दिनमा ५० देखि ६० जना सम्म भेटिने गरेको पाइएको छ । रक्सौलबाट आएका बालबालिकाहरुले वीरगंजमा आएर भिक माग्ने गर्दछन् तर वीरगंजकै बालबालिकाले प्यास्टिक टिप्ने काम गरेर थोरै पैसा कमाए भने पनि पुगिहाल्छ भनेर त्यहि काममा लाग्छन् ।
यसअघि नै सडक बालबालिका रहित बनाउने घोषणा भएको छ त्यो कार्यान्वयन भएको देखिदैन त ?
यस विषयमा हाम्रो वीरगगंज महानगरले पनि आफ्नो कोसिस गरिरहेको छ । सडक बालबालिका रहित घोषणा भए पनि सडक बालबालिकाहरु धेरै हुनुको कारण सिमाना खुल्ला हुनु हो । हाम्रो ठाँउको सडक बालबालिकालाई उद्धार गर्छौ, फेरी रक्सौलबाट आउने गर्छन । त्यसकारणले गर्दा सडक बालबालिकाहरु जति उदार गरे पनि त्यति नै सडकमा रहेको पाइन्छ ।
खासमा सडक बालबालिका मुक्त अर्थात प्लाष्टिक जम्मा पर्ने, माग्ने, जोखिमपुर्ण काम गर्ने अहिलेपनि भइरहेको छ यो न्यूनिकरण हुन नसक्नुको मुख्य कारण चाहिँ के होला ?
सडक बालबालिका न्यूनिकरण हुन नसक्नु उनिहरुमा जनचेतना कमी भएर हो । उनीहरुलाई शिक्षा भनेको के हो भन्ने कुरा पनि थाहा हुदँैन । उनिहरुलाई लाग्छ म यहि प्लाष्टिक टिपेर खान पुगिहाल्छ भन्ने सोच गर्छन र उनीहरु ठुलो भएपछि आफ्नो परिवार पाल्न गाह्रो हुन्छ ।उनीहरुले आफ्नो भविष्यको बारेमा के कस्तो हुन्छ भनेर नसोचेको कारणले बाल मैत्री समाज न्यूनिकरण हुन नसकेको हो ।
बाल मैत्री महानगर बनाउन दर्जनौँ संघ संस्था छ, अभियानको बेला खुबै तामझाम देखिन्छ व्यवहारमा किन नदेखिएको हो नी ?
बलबालिकाहरुलाई उद्धार गरि उनिहरुको भविष्य राम्रो बनाउने भनेर हाम्रो संस्था संचालनमा ल्याईएको हो । गरिब स्तरका मानिसहरुलाई मध्यम स्तर सम्म पु्याउने प्रयास गरि रहेका छौं । हाम्रो संस्था भर्खरै संचालनमा ल्याएको हुनाले सडक बालबालिकाहरुलाई सहयोग गर्न सकेको छैन । यस संस्थाले माघ १ गतेका दिन सडक बालबालिकालाई खाना बाड्ने गरेका छौ ।
यस संस्थाको स्थापना २०७८ सालमा भएको हो । कुनै कुनै संस्थाले बजेट आफ्नोमा पार्नको लागि दुई चार दिन यस बालमैत्री योजनामा लागू भएर काम गर्छन तर बजेट परेपछि काम गर्नै छोडिदिन्छन । त्यस कारणले गर्दा अभियानको बेलामा खुबै तामझाम देखिने गरेको पाइन्छ । बाल मैत्री देश बनाउने हो भने सरकारले दिएको बजेटको बारेमा सरकारले के कस्ता काम भयो त भनेर बजेट दिएको संस्थाहरुलाई हिसाव पेश गर्न लगाउनु पर्छ ।
त्यस्तो व्यवस्था नभएको कारणले गर्दा संस्थाहरुले देखावटि सहयोग र कुनै कुनै बालबाललिकालाई उद्धार गर्दछन र सरकारको बजेट पाए पछि उद्धार गर्नै छोडेको पाईन्छ । हाम्रो देशमा सरकारको बजेट सदुपयोग भन्दा बढि दुरुपयोग भएको छ । त्यो भन्दा नि हरेक संस्थाले आफ्नो राम्रो योजना बनाएर काम गर्ने हो भने हाम्रो देश पनि बाल मैत्री देशको रुपमा चिनिने थियो ।
बाल मैत्री बनाउन नसक्नुको चुनौति के हो नी ?
वीरगंजलाई बाल मैत्री बनाउन नसक्नुको चुनौति हाम्रो क्षेत्रको सिमानाहरु खुल्ला रुपमा प्रवेश गर्न पाउने कारणलाई पनि मान्ने गरेको पाईन्छ । यस ठाँउका बालबालिकाहरुलाई आज उद्धार गरेको हुन्छ फेरी अर्को दिन हेर्ने हो भने त्यतिकै बालबालिका सडकमा रहेका हुन्छन । यस्तो कुरा हाम्रो नेपाल सरकारले कसरी नियन्त्रणमा ल्याउने त भन्ने बारेमा योजना बनाउनुु पर्छ । सरकारले सेवा सुविधा त दिएको छ त्यो सेवा सुविधासम्म पुग्न विभिन्न संस्थाले केसिस गर्नु पर्ने हुन्छ ।
अहिलेको समयमा संस्थाहरुले गरिब र दलित बालबालिकाहरुलाई शिक्षाको व्यवस्थापन थोरै मात्रामा लागू गरेको छ तर उसलाई म गरिब हो, दलित हो, भनेर चिनाउन विभिन्न कार्यलयहरु धाउनु परेको छ । सरकारले योजना बनाएर कार्यन्वयन गर्दा जसलाई चाहिने हो, जसको लागि आवश्यक छ, त्यसलाई मात्र सुविधा दिनको लागि सवै संघ संस्थाले लामो समयसम्म विभिन्न कार्यलय धाउनु परेको कारणले गर्दा बालबालिकाहरु उद्धार हुन नसकेका हुन ।
मधेशको एकमात्र महानगरको अवस्था यस्तो छ, झनै अन्यको के हाल होला, खासमा स्थानीय निकायले के गरिदिदाँ बालमैत्रि समाज निर्माण हुन्छ ?
वीरगंजमा धेरै एन.जि.यो. र आई.एन.जि.यो. हरु छन । यस ठाँउमा विभिन्न संस्थाहरु पनि खुलिरहेका छन । सरकारले पनि बाल मैत्री समाज बनाउने भनेर शिक्षा, स्वास्थ्य क्षेत्रमा सडक बालबालिका,गरिब, दलितहरुलाई फ्रिमा नै पढाउने जस्ता व्यवस्थाहरु गरेको छ । यस प्रयास पुरा नहुनुको कारण बालबालिका र अभिभावकहरुमा जनचेतना कमीको कारणले गर्दा पनि भन्न सकिन्छ । विभिन्न कार्यक्रमहरु राखेर जनचेतना फैलाएर ति बालबालिका र अभिभावक सम्म पु्याउने हो भनि विस्तारै विस्तारै वीरगंज पनि बालमैत्री समाजमा चिनिने थियो । घर ठेगाना नभएका बालबालिकालाई सरकार वा संस्थाहरुले वीरगंज महानगरको अनाथ आश्रममा लगेर सरकारी विद्यालयमा पढाई दिए बालमैत्री समाज निर्माण हुनसक्छ ।
अन्त्यमा बालमैत्रि समाज बनाउन के भन्न चाहनु हुन्छ ?
अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो संस्था बाट पनि हामी प्रयास गर्छौ तर सरकारले पनि यस विषयलाई ध्यान केन्द्रित गर्दै विभिन्न खालको योजना वनाउनु पर्छ । भर्खरै हाम्रो संस्था खुलेको हुनाले बालबालिकाको उद्धार गर्न सकेका छैनौ । बालमैत्री समाज वनाउन हामी सक्दो सहयोग गर्ने छौ । यस कामको लागि सरकारले अर्थतन्त्रको व्यवस्थापन गरिदिनु पर्छ र वीरगंज वासीले पनि यस अभियानको लागि सक्दो सहयोग गरिदिनु पर्छ ।