महिला घरमा होस् वा बाहिर । हरेक दिन विभिन्न किसिमका हिंसात्मक आक्रमणमा पर्ने क्रम तत्थाँकले अझ बढेको देखाएको छ । विगतमा लुकेका हिंसा बाहिर आउने क्रमले पनि महिला आक्रमण वा हिंसाका घटना बढेको एउटा आँकलन गरिए पनि आपराधिक मनोवृत्तिका मनुवाहरु पनि नबढेको चाही होइन । पहिलेका मानिसहरुले पनि हिंसा नगरेका भने होइन । तर पछिल्लो समयमा अझ हिंसा शिक्षित परिवार भित्र पनि फष्टाएको छ । यो तथ्याँकले पनि महिलाहरु आक्रमणमा पर्ने क्रम रोकिएको छैन ।
विपन्न परिवारमा आर्थिक तनावको कारण केही पारिवारिक खटपट हुने गर्दा बढि झगडा र हिंसाका घटना हुने गरेको भए पनि सम्पन्न परिवारमा भने पश्चिमा शैलीका कारण पारिवारिक कलह भित्रिने सम्भावना बढि भएको पाइएको छ । यो शैली महिला पुरुष दुवैमा अधिक रुपले बढेको छ । पूर्वीय मान्यताभन्दा पश्चिमा शैली अलि बढि अस्लिल हुने खुल्ला पन पनि सर्वाधिक हुने चरणले नेपाली समाजलाई पनि नराम्ररी गाँजेको भने छ । नियम कानून उलंघन हुने, चेतनाको स्तर नै नपुग्ने र सानोतिनो विवादमा आक्रमण नै हुने मात्र नभई महिलालाई मनोरञ्जनको साधनका रुपमा उपभोग गर्न लालालित पशुतुल्य मनुष्यहरुको कारण पनि महिलाहरु जुनसुकै ठाउँमा जति वेला पनि आक्रमणमा पर्न सक्ने सम्भावना प्रवल बनेको छ । यस्तै विषयबस्तुमा केन्द्रित रही स्थानीय सरोकारवालाहरुसँग लिएको प्रतिक्रिया :-
सर्वप्रथम त महिलाहरु आफैमा आत्मविश्वास हुनु पर्छ । हामी छोरी मान्छे हौ । हामी छोरा मान्छेभन्दा कमजोर हुन्छौ भन्ने संस्कार हाम्रो घरबाटै सिकाएका हुनछन् । छोरीले यस्तो गर्नु हुँदैन । त्यहाँ जानु हुदैन भन्ने घेराबन्दी हामीलाई तोकिदिएका हुन्छन् । हामीले त्यो बन्धनलाई तोड्नु पर्छ । अनि बल्ल हामी सुरक्षित हुन सक्छौ ।त्यस्तै गरी हरेक विद्यालयले पनि छात्राहरुका लागि आत्मरक्षा तालिमहरुको व्यवस्था गर्नु पर्छ । आत्मरक्षा तालिमले हामीलाई सुरक्षित रहन मद्दत गर्छ ।
अहिलेका युवायुवतीमा यौन शिक्षा सम्बन्धी जान्ने चाहना तिव्र रुपले भएको पाइन्छ । तर हाम्रो समाजले यस्ता कुराहरुलाई अझै पनि पचाउन सकेको छैन । विद्यालयमा पनि यस्ता विषयमा खुलेर अध्यापन गराउने वातावरणको सृजना भई नसकेको अवस्था छ । यो पनि हिंसा हुनुको प्रमुख कारण हो । हरेक कुराको सही प्रयोग र सदुपयोग भयो भने ज्ञान सिकिन्छ कुस्संकार होइन् । महिलाहरु आफै पनि आफ्नो जीवन शैली प्रति सजक सतर्क, संवेदनशिल र अनुशासित हुनुका साथै त्यस्ता भैपरि आउने घट्नाबाट आफू सुरक्षित रहन आत्मरक्षाका सिपहरु पनि सिक्न जरुरी छ ।
सबैभन्दा पहिला हिंसा गर्नेलाई कडाभन्दा कडा सजायको व्यवस्था गरिनु पर्छ । जबसम्म पीडकलाई कानुनको कठघरामा ल्याएर सजायको भागिदार बनाइदैन । तबसम्म महिलाहरु सुरक्षित रहन सक्दैनन् । महिलाहरु पनि आफू सजक हुन जरुरी छ । कतै टाडा जानुपरेमा एक्लै नजाने गु्रपमा जाने गर्नु पर्छ । यदि कुनै व्यक्तिले आफू प्रति नकारात्मक कुदृष्टि राखेको छ भने आफू त्यस व्यक्तिबाट सजक हुनु पर्छ र नराम्रो गरेको खण्डमा त्यसको प्रतिकार गर्नु पर्छ ।
नेपाली समाजमा व्याप्त जुवातास र मदिरा सेवन जस्ता सामाजिक विकृति पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छन् । मिडिया रिपोर्ट र समाचारका अनुसार हालै भइरहेको जघन्य खालका महिला हिंसा र बलात्कारका घटनामा बहुसंख्यक घटना मदिरा सेवनकै कारण भएका छन् । यस्ता हिंसा निम्त्याउने कार्यलाई प्रहरी प्रशासनले कडाईका साथ नियन्त्रण गर्नु पर्छ । अहिले युवा पुस्ताको लवाइमा बढ्दै गएको उच्छृङ्खलता, उत्ताउलोपन, र अङ्ग प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलाहरु असुरक्षित भएका हुन् । हामीले यस्ता कार्यमा रोक लगाउन आवश्यक छ । आफूले कस्तो लुगा लगाउँदा आफू सुरक्षित हुन्छु भन्ने बारे पनि सोच्नु पर्छ । महिला हिंंंसा न्यूनिकरणका लागि अहिले विभिन्न संघ संस्थाहरुले लाखौ बजेट खर्च गरिरहेको अवस्था छ । हामीले त्यसै मार्फत महिलाहरुलाई उनीहरुको सुरक्षाका लागि विभिन्न तालिमहरु दिनु पर्छ ।
सबैभन्दा पहिला राज्यले गर्नुपर्ने स्ुुरक्षाको प्रत्याभुति दह्रो हुनुप¥यो । त्यसको लागि प्रभावकारी कानुन जरुरी छ । ता कि पीडकले पनि न्यायको प्रत्याभूति गर्न सकोस् र पीडकले पनि त्यस्तो काम गर्नु अघि १० पटक सोचोस् । त्यस्तै गरी अरु प्रति छिटो विश्वास गर्ने हाम्रो संस्कारले पनि यस्ता घट्नालाई बढावा दिएको छ । आफू प्रतिको सुरक्षाको लापर्वाहीले पनि हामी असुरक्षित भइरहेका हुन्छौ । त्यसैले हामीले पनि आफ्नो सुरक्षा प्रति गम्भिर भएर सोच्नु पर्छ ।
सबैभन्दा पहिला हिंसा भनेको के हो ? भन्ने बारेमा हामीले हिंसाको बारेमा बुझ्न जरुरी छ । वर्तमान समयमा महिलाहरु कस्ता कस्ता घट्नाको शिकार भइरहेका छन् ? भन्ने बारे हामीले जानकारी लिनु पर्छ । र त्यस्ता घट्नाबाट आफूलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे जानकार रहनु पर्छ । आत्मरक्षा सम्बन्धी विभिन्न सिपहरु संचालन भइरहेका छन् । हामीले त्यसको पनि ज्ञान लिनु पर्छ । त्यसै गरी हाम्रो सुरक्षाको जिम्मा हामी आफैको हो । त्यसैले सबैभन्दा पहिला हामी आफै अनुशासित र मर्यादित हुनु पर्छ ।
महिलाहरुलाई सुरक्षित राख्न विभिन्न खालका जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नु पर्छ । सुरुमा हामी कसरी सुरक्षित रहन सक्छौ भन्ने बारेमा जनचेतना हुन जरुरी छ । त्यस्का लागि आत्मरक्षा तालिमहरु दिनु पर्छ । अरुको हेराई, बुझाई, छुवाई कस्तो छ, त्यसले कसरी प्रभाव पार्छ भन्ने बारेमा विद्यालय स्तर देखिनै शिक्षा दिन जरुरी छ । त्यस्तै गाउँ घरमा अझै पनि छोरीलाई विद्यालय पढाउन हुदैन भन्ने मानसिक्ता विद्यमान नै छ । हामीले शहरभन्दा पनि ग्रामीण क्षेत्रलाई लक्षित गरेर यस्ता जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नु पर्छ । महिला विरुद्ध हुने यस्ता घटनाहरूको रोकथामको लागि विभिन्न सङ्घ संस्थाहरू, जनचेतना जगाउने, अभिमुखिकरण कार्यक्रमहरू सञ्चालन गर्ने र घटनाहरूलाई सार्वजनिक गर्ने कार्यहरू तर्फ जागरुक भएर लाग्नु पर्छ । महिला विरूद्ध हुने हिंसालाई अन्त्य गर्न बनेका कानूनहरू कार्यान्वयन हुनुपर्छ ।
सबैभन्दा पहिला महिला वा युवतीहरु आफै सजग हुनु पर्छ । घट्ना जहाँ पनि जुनसुकै अवस्थामा पनि हुन सक्छ । प्रहरीहरु सुरक्षामा खटिए पनि हरेक ठाउँमा सुरक्षा दिन अलि असम्भव जस्तै छ । गलत तरिकाले कुरा गदै छ भने तत्कालै प्रतिकार गर्नुपर्छ त्यसैले महिलाहरु त्यस्ता घट्नासंग लड्न पहिल्यैदेखि तयार रहनु पर्छ ।पछिल्लो समयमा महिला तथा युवतीहरुको सुरक्षालाई मध्य नजर गरी सामुदायिक प्रहरी सेवाले विद्यालयका विद्यार्थीहरुलाई आत्मरक्षा सम्बन्धी विभिन्न तालिमहरु दिइरहेको छ । यस्ता तालिमको आयोजना हरेक विद्यालयले गर्ने र युवतीहरु आफू सजक रहने हो भने त्यस्ता सम्भावित घट्नाबाट महिलाहरु जोगिन सक्छन् ।