नथुनी प्रसाद कालिकामाई गाउँपालिकाको लागी भने नयाँ नाम पक्कै पनि होईन । स्व. बुवा रामदयाल महतो र स्व. आमा रामप्यारी देवीको कोखबाट सन् १९९९ सालमा पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडियाहीमा जन्मेका नथुनी प्रसाद पुर्खाैली बाजेकै बेलादेखी समाजिक योगदानले जनता माझ लोकप्रिय व्यक्ति हुन् । विए सम्मको अध्ययन पुरा गरेका उनी सन् २०२१ सालमा पर्सा जिल्लाको तत्कालिन पञ्चायतीको सदस्य हुँदा सन २०२४ सालमा पर्साको ग्रामिण भेगमा अवस्थित पोखरी स्कुललाई माध्यमिक विद्यालयको रुपमा स्थापना गराउन उनको भुमिका सराहनीय रहेको थियो । सन् २०१५ देखी राजनीतिमा होमिएका नथुनी प्रसाद २०१८ सालमा तत्कालिन पंचायती व्यवस्थामा भेडियाही गाउँपंचायतको प्रधानपन्च बनेका थिए । गएको स्थाीनीय निर्वाचनमा नेपाल संघिय समाजवादी पार्टीको तर्फबाट निर्वाचित कालिकामाई गाउँपालिकाको प्रमुख भई गाउँपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने उद्देश्यले अगाडी बढिरहेका छन् । उनै गाउँपालिका प्रमुखसंग मध्य नेपालको लागी गरेको थप कुराकानी :-
१) यहाँले आफ्नो गाउँपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा मुख्य मुख्य के – के काम गर्नु भयो ?
कालिकामाई गाउँपालिकाको सडकलाई ग्रेभल र ढलान गराई खाल्टो खुल्टो सडकलाई पुरिएको छ र यो वर्षदेखि अरु सडकलाई ढलान पनि गराउने काम भईरहेको छ ।
आर्थिक अभावका कारण विद्यालयमा शिक्षाको गुणस्तरता खस्केको थियो । त्यसमा गाउँपालिकाबाट शिक्षा क्षेत्रमा लगानी गरि शिक्षा क्षेत्रलाई बलियो बनाएका छौ । पूर्खाहरुको बेलादेखि नै अवस्थित रहेको मंंदिरहरु जिर्ण अवस्थामा थिए । त्यसलाई मर्मत सम्भार गराई रामजानकी नामको मन्दीर पनि बनाईको छ । खेतिपाती गर्र्न किसानलाई आवश्यक पर्ने स्रोत, साधन जस्तै, उन्नत जातका विउ, खाद्यमलका सेवासुविधा भ्याए जति किसानलाई सुविधा दिईएको छ ।
२) चुनावको बेला जनतासंग गरेका प्रतिबद्धता के पुरा गर्नु भयो ? के गर्न बाँकी छ ?
अहिले केही पुरा भएको छैन । कालिकामाई गाउँपालिकामा खेलाडीको लागी फिल्ड ग्राउण्ड (स्टेडियम) बनाउँने छौ । त्यसको लागी राज्य सरकारले स्वीकृति पनि दिईसकेको छ । कालिकामाई गाउँपालिकाको कार्यालय कालिकामाईको स्थानतिर नै बनाउँने भनेका थियौ । त्यो पनि नेपाल सरकारबाट स्वीकृती भएर आईसकेको हुनाले यो वर्षदेखि नै काम शुरु भईहाल्छ । त्यसंगै गाउँपालिका कार्यलय स्थित पुलिस थाना पनि बनाउने काम संगसंगै गरिने छ । अहिले केही समय मात्र काम गर्न मौका पाएका छौ । अहिले गाउँपालिका भित्र कन्या विद्यालय, हस्पिटल लगायतका धैरै कामहरु गर्नु छ । त्यसको लागी आवश्यक निती योजन तथा समन्वयको काम पनि भईरहेको छ ।
३) कालिकामाई गाउँपालिकालाई समृद्ध बनाउन के के योजना ल्याएर कार्यन्वयन गरिसक्नु भएको छ ? अहिले १ वर्ष मात्र काम गर्न पाएका छौ, । यतिसमयमा सबै काम पुरा गर्न सकिदैन नी ?
कालिकामाई गाउँपालिकामा सबै भन्दा बढी बाटोघाटोको समस्या थियो र अहिले पनि छ । त्यसलाई समतल बाटो जोड्ने काममा लागेका छौ । साथै विद्यालयको भावन, भौतिक संरचना अस्पतालको भवन जस्ता समस्यालाई समाधान गर्नेतर्फ बढि जोड दिएका छौ । गाउँपालिका भित्र बहुकोषण कार्याक्रम संचालन गरि कक्षा ८ मा बढ्ने छात्रालाई गतवर्ष साईकल पनि वितरण गरेका छौ । छोरी जन्मेपछि उसको नाउँमा गाउँपालिकाबाट १० हजार नगद जम्मा गरिने प्रतिबद्धता गरेका थिए । त्यही प्रतिबद्धता अनुसार निर्वाचित भएको दिनदेखि नै गाउँपालिका भित्र जन्मिने छोरीको नाममा नगद रु १० हजार जम्मा भईरहेको छ ।
४) विभिन्न स्थानीय तहमा कम्पयुटर शिक्षा र अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भईसकेको छ ? कालिकामाई गाउँपालिकाको अवस्था के छ ?
गतवर्ष शिक्षा सम्बन्धी तालिम दिएर कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाईने काम शुरु भईसकेको छ । प्रत्येक मावि स्कुलमा कम्प्युटरको व्यवस्था छ । अरुमा चाही भएको छैन । त्यसको लागी पनि विस्तारै विस्तारै काम गर्दै जाने हो । अलि समय लाग्छ ।
५) अन्य गाउँपालिका, नगरपालि का अथवा स्थानीय तहमा व्यापक भ्रष्टाचार भईरहेको कुरा पटक पटक सार्वजनिक भईरहेको अवस्था छ ? कालिकामाई गाउँपालिका भ्रष्टाचारबाट कतिको मुक्त छ ?
हाम्रो गाउँपालिकामा भ्रष्टाचारको कुरा छैन । भए जतिको विकासको काम भएको छ । अहिलेसम्म भ्रष्टाचार भएको छैन् । अहिले पनि कर्मचारीतन्त्र कायम नै रहेको मान्नु पर्छ । अब अडिट पनि हुने भएकोले अडिट पछि मात्र भ्रष्टाचारको कुरा थाहा हुन्छ ।
६) कालिकामाई गाउँपालिकामा अझै पनि सडकको अवस्था दयनिय नै छ ? कति वर्षभित्र बनाउने लक्ष्य राख्नुभएको छ ?
अहिले एउटा एउटा गाउँटोलबाट ढलान गर्ने काम शुरु भएको छ । बाकीको सडकलाई ग्राभल गरेर गाउँसम्म जोडिएको छ । विस्तारै विस्तारै गाउँपालिकाको सबै सडकलाई पिच, ढलान र समतल बनाउने कार्यलाई गति दिँदै अगाडी बढ्दै जाने हो ।
७) तपाईको गाउँपालिकामा भएको स्थानीय स्रोत साधनलाई पहिचान गरि परिचालन गर्दा के कस्तो आय आर्जन गर्ने सम्भावना देख्नुभएको छ ? पर्यटन विकासको लागी के योजना बनाउनु भएको छ ?
कालिकामाई गाउँ भित्र रहेको पोखरीबाट आय आर्जन भईरहेको छ । अरु केही मात्रमा मात्र जनताबाट लिईको कर पनि आयको स्रोत हो । अहिले हाम्रो गाउँपालिकामा कुनै उद्योग कलकरखाना छैन । गाउँपालिका भित्र घरेलु तथा साना उद्योग जस्ता उद्योग संचालन गराउने बारेमा प्रतिनिधीहरुसंग छलफल भईरहेको छ । यहाँ भएको मठमन्दिर बाहेक अरु कुनै ठाउँ छैन । तर हामी गाउँपालिका भित्र बाल अश्रम बनाउने सोचमा छौ । जहाँ बालबालिकालाई खेल खेल्न ग्राउण्ड फिल्ड आश्रमको पनि व्यवस्था गर्ने सोच बनाएका छौ ।
८) ग्रामिण भेगमा मानिस कृषि पेशामा नै आवद्ध छन् । कृषि विकासको लागी यहाँको योजना के–के छ ?
तराईको कृषि कार्य नै मुख्य पेशा भएको हुनाले कृषि कार्यको लागी आवश्यक जानकारी प्राय धेरैलाई अवगत भएकै कुरा हो । तर कृषि कार्य गर्ने किसानलाई स्रोत साधन तथा औषधीको अभावका कारण कृषि पेशामा हानीनोक्सानी भोग्नु पर्ने अवस्था छ । त्यसको लागी गाउँपालिकाबाट विभिन्न किसिमका खाद्यमल, औषधी, टयाङ्गकी, बोरिङ्ग जस्ता सुविधा दिएका छौ । र अझै कृषि पेशालाई थप उचाईमा पु¥याउन बजार व्यवस्थापन तथा उन्नत जातका विउ, आवश्यक पर्ने तालिम लगायतका कार्यलाई मुख्य प्राथमिकतामा राखेर अगाडी बढ्दै जाने हो ।
९) तपाईको गाउँपालिकामा रहेको बेरोजगार युवा तथा महिलाहरुको रोजगारीको लागी के गर्दै हुनुहुन्छ ?
महिलालाई सिलाई कटाईको साथै मैनबति, अगरबती बनाउने तालिम दिएका छौ । मैनबती र अगरबतीमा युवाहरु पनि तालिम लिएका छन् । लोकसेवा आयोगबाट नाम निकाली सरकारीमा आबद्ध हुन सक्ने उदेश्यले डेढ महिना जति कक्षा संचालन पनि गराएका छौ ।
१०) यही गाउँपालिका तपाई जन्मेको, हुर्केको र सबैले चिनेको ठाउँ हो । सरकारको योजना बाहेक जनतामा यहाँको व्यक्तिगत लगानी के छ ?
पहिला हामी एउटा वडामा मात्र सिमित थिए । त्यो बेला हालको कालिकामाई गाउँपालिका वडा नं.२ भेडियाहीमा रहेको श्री सुकरी साह मावि स्कुलमा मेरो बुवाले साढे चार कठ्ठा दिनु भयो पछि फेरी मैल तीन काठ्ठा दिई जम्मा साढे सात कठठ जग्गा दिएका छौ । साथै पोखरीया हाईस्कुलको निर्माण कर्ता पनि मै हु । तत्कालिन जिल्ला पर्सा पंचायतको सदस्य भएको बेला २०२४ सालमा पोखरीया स्कुललाई हाईस्कुलको रुपमा स्थापना गराका थिए । पोखरीया स्कुलको भवनको नेउमा लागेको ईट्टामा पनि एन. पि. भनेर नथुनी प्रसादको नामले बनेको ईट्टा छदैछ । त्यसपछि आफ्नो गाउँपालिकामा भएको विद्यालयमा पनि सहयोग गर्दै आई नै रहेका छौ ।
११) गाउँपालिकाको प्रमुख भएपछि पार्टीका मान्छेलाई कतिको सहयोग गर्नु भएको छ ?
इमन्दारीतापूर्वक भ्रष्टाचारको विरुद्ध लड्ने हाम्रो लक्ष्य हो । कुनै पनि कार्य गर्दा पार्टीको मान्छे होस वा अन्य मान्छे भ्रष्चार गर्ने कसैलाई पनि छुट दिईएको छैन् । हाम्रो गाउँपालिकामा भएको जुनसुकै काममा पनि समिति बनाएर सबैको समन्वयमा योजना र बजेट अनुसारमा नै सबै काम गएको छ । कहि कतै पनि भ्रष्टाचार भएको छैन न भ्रष्टाचार गर्न कसैलाई छुट दिईएको छ ।
१२) अबको आउँदो चार वर्षभित्र कालिकामाई गाउँपालिकाले के– के पाईसकेको हुन्छ ?
कालिकामाई गाउँपालिकामा एउटा मात्र कन्या विद्यालय छ । आउदो वर्षदेखि दक्षिण भेगमा एउटा अरु कन्या विद्यालय निर्माण गर्न गईरहेका छौ । केही समय पछि गाउँपालिका स्तरीय स्वास्थ चौकी बनाउने कार्यलाई अगाडी बढाउनमा लाग्ने छौ । विषेश गरि कालिकामाई गाउँपालिकामा स्वास्थ र शिक्षा अनिर्वाय रुपमा जोड दिएका छौ । बालबालिकालाई कुपोषण जस्ता रोग नलागोस भन्ने किसिमले औषधी पनि व्यवस्था मिलाएका छौ । साथै बालबालिकाको खेलकुदको लागी खेलमैदानाको पनि व्यवस्था हुदैछ ।