हाम्रो देश नेपालको शिक्षा प्रणालीको बारेमा बिभिन्न खाले धारणाहरु बन्न थालेकाछन् । स्वभाविक हो हिजोआज हाम्रो शिक्षा प्रणाली बेरोजगार उत्पादन पैदा गर्ने कारखाना जस्तो भएको छ जहाँ प्रवेश गर्दा अनेकौ आंकक्षाहरुको चाङ्ग पोकोपारेर झोला भरिदै गरेका देशका नौ जवानहरु बेरोजगारीको तक्मा लिएर निस्किएका कयौ उदाहरण हाम्रो सामु विधमान छन् ।
यसो भनिरहनुका दुई तात्पर्या छन् पहिलो पढेलेखेका व्याक्तिहरु नेपाली श्रम बजारमा रोजगारीको ट्याग लाउन सक्ने ठाउँको ग्यारेन्टि सहितको परिस्थिीको सृजना नहुनु र अर्काे हाम्रो शिक्षा प्रणाली अन्र्तगत विद्यालय कलेजको शिक्षा अवस्था आजको समय सापेक्षित बिषयगतमा निपुर्ण हुन नसकनुले वास्तवमा अहिलेको प्रतिष्प्रधात्मक समयमा विद्यार्थीहरुको मनोवल खच्कदोछ भन्ने कुराको प्रमाण भर्खरै कक्षा १२ को नतिजाले छर्लङ्ग पारेको छ । प्रत्येक बर्षको शिक्षा पद्दति परिवर्तनले विदार्थिहरुमा जुन किसिमको नकारात्मक प्रभाव परेको छ यो गम्भीर कुरा हो ।
शिक्षा निती तथा कार्यमा ग्रडिङ्ग र ननग्रडिङ्ग प्रणालीको मापन र ननग्रडिङ्गमा पर्नै विद्यार्थिहरुको प्रतिशतलाई हेर्नै हो भने अशोभनिय छ । अझ त्यसमा पनि अग्रजी र गणित बिषमा देखिएको कम्जोर मार्किङ्गले विषयगत पढाईको अवस्था बारे प्रश्न चिन्ह खडा गरेको छ ।
शिक्षा प्रणाली स्वरुप ः समय परिवर्तनशिल छ । आजको समाजलाई परिवर्तन गर्ने लक्ष्य हाम्रै कन्धामा छ । मानविय सोच वा बिचारलाई परिवर्तन गर्ने कडि भनेकै शिक्षा हो जो बिना कुनैपनि परिवर्तन असम्भव हो । तसर्थ हाम्रो देशको शिक्षा निती कस्तो हुनुपर्दछ । शिक्षा प्रणालीले गर्दे गरेको र गरिरहेको कार्यको बारेमा चासो हुनुपर्दछ । शिक्षा पढाई अनि घोकाईले बन्द कोठामा तिन घण्टाको लागि गरिने तयारी मात्रै होईन ज्ञान आर्जनको निमिक्त बिज उत्पादन गर्ने भण्डारण पनि हो ।
मानविय आवाश्यकतालाई परिपुर्ति गरी सामाजिक, व्यावहारिक एव्म नैतिक चरित्रको व्याक्ति समाजमा उत्पादा मात्रै गर्देन घरपरिवार, समाज अनि देशलाई परिवर्तनको मार्गमा डोर्याईरहेको हुन्छ । जुन माध्यमबाट व्याक्तिले जीवनको लक्ष्य प्राप्ती गर्छ उदेश्यलाई बोक्छ दुर दृष्टि, सभ्य, स्वस्थ र सक्षम जनशक्तिको निमार्ण मात्रै गरिरहेको हुदैन प्रतिष्प्रधि, प्रविधि मैत्री, रोजगारमुलक उत्पादकमुखी विकाशको लागि विशिवसनिय शिक्षा प्रणाली हामी कहाँ छैन ।
वास्तवमा हाम्रो देशको शिक्षा प्रणाली निती एकातिर, नियत अर्काेतिर, बोलाई एकातिर र गराई अर्काेतिर देखिन्छ । तर हाम्रा अधिंकाश विद्यालय विश्वविद्यालय राज्यले प्रत्येक बजेट भाषणको क्रममा आकर्षित नाराको रुपमा बढि र कार्यावन्यननको पक्षमा फितलो छ । जहाँ दक्षता, क्षमता,सिप,तालिम,प्राविधिक प्रशिक्षण,आधिमा कमसल त छदैछ उत्पादित शिक्षा प्रणालीलाई समेत सहि निर्दैश गर्न नसकिरहेको अवस्था छ ।
शैक्षिक नितीको अवस्था ः उसो त पहिले र अहिलेलाई तुलानात्मक रुपले हेर्ने हो भने शिक्षानितीमा धेरै सुधार भएको देखिन्छ । २०२८ सालको शिक्षानिती भनेपछि शेक्षिक योजनाहरु ऋायतित भएको देख्न सकिन्छ । २०२८ को शिक्षा निती सहित २०३९,०४९,०५५,०५८ गरि पाँच उच्चस्तरिय शैक्षिक समितीहरुले तयार गरेको प्रतिवेदन माथी छलफल गरि शिक्षा एनलाई संसोधन गर्दे अहिलेसम्मको नितीलाई धानिरहेको छ । निती अनि तहको चर्काे कुरा गर्नै हाम्रो समाजले गणतन्त्र, लोकतन्त्र हुँदै समाजवादउन्मुख हुँदा समेत नेपालको शिक्षा निती परिपक्व निर्धारण हुन नसक्नु दुखद कुरा हो ।
पछिल्लो पाँच बर्षको प्रतिवेदनलाई अध्ययन गर्ने हो भने कुल बजेटको १४ प्रतिशत बजेट छुट्याएको देखिन्छ । त्यो भनेको अत्यन्तै न्युन हो । जो शिक्षक कर्मचारीको तलब भित्र नै भने भौतिक संरचना ,शिक्षा कार्यक्रम, प्रयोगशाला, पुस्ताकलय, शौचालय, खेलकुद मैदान जस्ता कुरा कसरी परियोजनामा पर्दछन सोचनिय कुरा हो ।
विद्यार्थिको स्तर : हामीलाई थाहा छ विद्यार्थिहरुको पढाई स्तर गुणस्तरिय हुनको लागि विद्यालयको पठनपाठन, सक्षम तथा योग्य शिक्षक, अभिभावको दायित्व विद्यालय व्यावस्थापनको तौलतरिका, गुणस्तरिय पठनपाठन, प्राविधिक शिक्षा साथै लगनशिल र मिहनेति विद्यार्थिहरुले निर्धारण गर्दछ । हिजोआज बिद्यालय विश्व विद्यालयको सिकाई स्तर फितलो महशुस हुनुमा शिक्षकहरुमा बिषयगत ज्ञानको कमि भएर हो भन्ने अनुमान धेरैको छ ।
सिकाई स्तर कमजोर भएकै कारण थुपै विद्यार्थिहरु बिषयगत ननग्रडिङ्गको शिकारमा परेको ताजा उदाहरण भर्खरै प्रकाशित बाह् कक्षाको नतिजालाई लिन सकिन्छ । कोरोना कहर पछाडि अझ खस्कदै गएको शिक्षा कहिले ग्रेडिङ्ग सिस्टम त कहिले ननग्रडिङ्ग प्रणालीको कारण पनि अपेक्षित परिणाम आउन नसकेको हो । बिषयगत ज्ञान र प्राविधिक पक्षलाई समयमा नै ध्यान दिन नसके अब आउने परिमाणहरु निराशाजनक हुन सक्ने स्थिती नहोला भन्न सकिदैन ।
अन्त्यमा, निती तथा कार्यक्रम त यस्को पक्ष अहिलेसम्म वे जस्तो अवस्थामा चलेको भएतापनि शिक्षा प्रणालीलाई समावेशी, सुसासन, , बिषयगत ज्ञान, प्राविधिकमा जोड दिए। शिक्षालाई सवलिकरण गर्न आजको आवाश्यकता बनेको छ । शैषिक नितीमा अहिलेको समयमा उपयुक्त निती ल्याउन पुर्वाधार दक्ष शिक्षक र लगानीपुर्ण वातावरणको खोज हुनुपर्दछ । शिक्षा जस्तो संवेदनशील बिषयमा सरोकारवालाहरुले बेलैमा चासो राखे अबको शिक्षा निती अहिलेको समय सापेक्ष बनाउन सकिन्छ ।