जितीया पर्व खास गरेर तराईका विवाहित महिलाहरुले मनाइने एउटा चाड हो । यो पर्वमा विशेष सन्तान र पूर्खासंगको जोडि राख्नको लागि मनाइने पनि गर्दछन । कोही कोहीले सन्तान प्राप्तिका वा भएको सान्तनको सुख शान्तिका लागि पनि यो पुजा गर्ने गर्दछन । यो पर्व महिलाले मात्र १ दिन मनाउने गर्दछन । यो पुजा गर्ने महिलाहरुलले पानी पनि नखाइ र रातभर नसुति मनाउने चलन रहेको छ । यो पुजा भन्दा एक दिन अगाडी नदिमा नुहाउने र झिङग्रिको पात चढाउने चलन रहेको छ । पिडि जोडने काम महिलाको भएको हुनाले यो पुजा पनि महिलाले नै गर्ने गर्दछन । यो चाड पुस्तासंग जोडिएको हुनाले महत्व पुर्ण चाडको रुपमा मनाइन्छ ।
नेपालमा तराईवासी मधेशी महिलाहरू ’जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ’निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ’जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीघार्युका लागि माता जिर्मूतवाहन देउताको कठोर उपवास गर्ने गरिएको हो । यस सम्बन्धमा भविष्य पुराणमा अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन वर्त वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुदैन् भनि राख्नुभएको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ वर्त बसेको खण्डमा सन्तानको अकाल मृत्यु नहुने भनी बताए ।
जितिया पर्वमा जितुन देवताको पुजा गरिन्छ । यो पर्व महिलाले मनाउने गर्दछन । यो पर्व किन मनाइन्छ भने आफ्नो पुर्खाहरुलाई सम्झिने र आफ्नो सन्तानको सुख शान्तिको लागि कठोर उपवास गर्ने गरेको पाईन्छ । यस पर्वमा विशेष त आफ्नो पितृहरुलाई सम्झिने गर्दछन । यो पर्व भारतका विहार र उत्तर प्रदेशका हिन्दु महिलाले पनि श्रद्धापूर्वक मनाउँछन् । यो पर्वमा पितृहरुलाई माड दिएर तर्पण दिने चलन रहेको छ । यो पर्व मनाउने महिलाले पानी समेत खादैन्न । यो पर्व हिन्दु महिलाहरुले मनाउने चाडपर्वहरु मध्ये एक कठोर पर्वको रुपमा रहेको छ । यो ब्रत गर्नाले घर परिवार तथा सन्तानलाई सुख हुने विश्वास रहेको छ । त्यस कारण महिलाहरु जितिया पर्वलाई विशेष चाडको रुपमा मनाउने गर्दछन् ।
जितियापर्वमा आउँदो २०७९ असोज कृष्ण अष्टमी तिथिका दिन महिला बर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसंगै उपवास गरी सुरु गरी नवमी तिथिको आगमन भएपछि पुजा पाठ गरेर जितियापर्बको समापन हुन्छ । यो पर्व सप्तमी, अष्टमी र नवमीका दिन हर्षोलासका साथमा मनाईन्छ । यो पर्ब सप्तमी तिथिको उतरार्धमा महिला बर्तालु ओठांगन गर्ने गर्दछन् । बर्त बस्नु अघि रात्रीको ४, ५ बजे तिर दहि, चुरा, मिठाई, रोटी र तरकारीमा रामतोरियाको तरकारी लगायतको सामाग्री भोजनको रुपमा ग्रहण गर्ने चलन छ । घरका सम्पुर्ण परिवार पनि सामेल भई दहिचुरा खाने गर्दछन् । यहि राती खानेलाई ओठंगन भनिएको हो । तिथिको समयमा हेरफेर भएकोअवस्थामा बर्तालुलाई ३६ घण्टा बर्त बस्नु पर्ने हुन्छ । यस पर्बमा उपवासको अवधि भरी खकार्न,डकार्न,ओठ काटन वा थुक निल्न नहुने मान्यता रहेकोछ । यस्तो गरेको खण्डमा उपवास निसफल भएको मानिन्छ । यो दिनलाई खर दिन पनि भनिन्छ र खर दिनका कुनै पनि चिज टोक्न वा काटन पाईदैन । यसै कारण यो पर्ब अति कठोर पनि हो । यस बर्ष २०७९ असोज २ र ३ गते मनाईदैछ । यो पर्ब खास गरि तराईमा महिलाहरु आफ्ना सन्तानको सुखशान्ति, आन्नद, प्रगति तथा लामो उमेरका लागि उत्साहजनक रुपमा मनाइन्छ । यो पर्व खास गरी आमाहरु आफ्ना जिवित पुत्रको दिर्घायुका लागि तथा सन्तानलाई अकाल मृत्युबाट जोगाउनका लागि गर्ने गर्दछन् । साथै पितृपक्षमा यो पर्ब मनाईने गरिएकोले महिलाहरु आफ्ना दिवंगत सासु र आमाको मोक्षका लागि पनि कामना गर्छन् ।
नेपालको मधेशमा हिन्दु महिलाहरुले मनाउने चाडपर्वहरु मध्ये एक कठोर पर्वको रुपमा रहेको छ । जितिया पर्व दुई प्रकारले मनाईने गरिन्छ । एउटा खर जितिया जसमा महिलाहरुले ब्रत बसेको दिन केहि पनि नभाँच्ने वा केहि पनि टुक्रा नपारी बस्ने गरिन्छ । खर जितिया विशेष गरि छोराछोरीहरुको दिर्घायु तथा सुस्वास्थ्यको लागि गर्ने गरिन्छ । अर्को भनेको जितिया हो । जुन परिवारको मृत्यू भएका सासु ससुरा तथा पितृहरुको लागि गर्ने गरिन्छ । जितिया गर्ने महिलाहरुले नाहान खानको दिनमा तोरीको तेल र तोरीको पिनाले नुहाउने गरिन्छ । नाहानकै दिनमा झिगुनीको पातमा तेलखरी पितृहरुलाई चढाउने गरिन्छ । जितिया पर्वको दिनमा बिहान ४ बजेतिर दहि, चिउरा, सकर, रोटी चढाउने तथा खाने गर्दछन् । बिहान खाएपछि दिनभरी पानी पनि नखाई ब्रत बस्ने गर्दछन् । यो ब्रत गर्नाले घर परिवार तथा सन्तानलाई सुख हुने विश्वास रहेको छ ।
जितीया पर्व आफनो पारिवारको दिर्घायूको लागि गरिने पर्व हो । यो पुजा गर्ने महिलाहरुलले केहि नखाईकन मनाउने चलन रहेको छ । यो पुजामा एक दिन अगाडी नदिमा नुहाउने र झिङग्रिको पात चढाउने चलन रहेको छ । जितीया पर्व मधेशी तथा थारुहरुले आ–आफ्नो परम्परा अनुसार मनाउने गर्दछन् । यो पर्वमा पितृहरुलाई माड दिएर तर्पण दिने चलन रहेको छ । अहिले यो पर्वलाई तिज जस्तै गरि संस्कृतिक रुपमा मनाउने गरेको छ । यो पर्व तराईमा मात्र नभइ पहाडी भागमा पनि मनाउने चलन बढ्दै गएको छ ।