एष्टव्या बहवः पुत्र यद्येकोऽपि गयां व्रजेत – धेरै पुत्रहरुको आशा मानिसले यस कारणले गर्दछ कि त्यस मध्येवाट कोही एकले पनि पित्रको सद्गतीको लागि गया तीर्थ जाओस् । आश्विन महिनाको कृष्ण पक्षलाइ पितृ पक्ष भन्दछन् । यस महिनामा नेपालमा सो¥ह श्राद्ध गर्ने चलन छ भने भारतको बिहार राज्यमा अवस्थित गया भने ठा“उमा बिश्व भरिको हिन्दु धर्मावलम्बीहरुको लागि पितृ पक्ष मेला लाग्ने गर्दछ ।
यस मेलामा भारत नेपालका हिन्दुहरु मात्र होइन सम्पूर्ण बिश्वभरी कै हिन्दू धर्मावलम्बीहरुको घुंइचो लाग्ने गर्दछ । गया तीर्थमा गयासुरको शिरमाथि पिण्डदान गर्दा पित्रहरुको मुक्ति हुन्छ भन्ने धार्मीक लोक विश्वास छ । सो¥ह श्राद्ध भन्नाले पन्द्रह दिनको पितृ पक्ष तथा भाद्र महिनाको पूर्णेको दिन गरिने ऋषि तर्पण समावेश गरि सो¥हौ दिन गणना गर्दा हुने मास विशेष हो ।
गया तीर्थ निकटवर्ती रेलवे स्टेसनवाट (रक्सौल) २६४ कि.मि. दक्षिण पश्चिम दिशामा पवीत्र फल्गु नदीको किनारमा अवस्थित छ । गया तीर्थ गयासुर राक्षसको शरीरमाथि अवस्थित रहेको जन श्रुती पाइन्छ । त्यस अनुसारले एक कोसको क्षेत्रलाइ गया राक्षसको शिर मानिन्छ भने पा“च कोससम्म गयासुरको शरीर मानिन्छ । यसै क्षेत्रको मध्यमा प्रख्यात ३१ वटा तीर्थहरु रहेका छन् । जसमध्ये विष्णु पद, पल्गु नदीको तिर,प्रेतशिला, राम शिला, अक्षय वट, काकबली, श्वान बली,यम बली, सिता कुण्ड आदि तीर्थ स्थानहरु मा पित्रको मुक्तिको लागि पिण्डदान दिने चलन रहेको पाइन्छ ।
शास्त्रहरुमा उल्लेख भए अनुसार काशीमा मृत्यु हुनेहरुलाइ ‘सायुज्यु मोक्षको प्राप्ति हुन्छ भने गयामा पिण्डदान गर्दा मृतकको ‘उध्र्वु गतीको मोक्ष प्राप्त हुन्छ । गयामा पिण्डदान गर्दा आफूपटिवाट तीन पुस्ता, मावली पटिवाट तीन पुस्ता, ससुराली पटिवाट तीन पुस्ताका मृतकहरुलाइ मोक्ष मिल्दछ भन्ने कुराको बिश्वास गरिन्छ । यस बाहेक देशको मृतक राजा, अकाल मृत्यु भएकाहरु, भुतप्रेत, पिशाचको मुक्तिको लागि पनि पिण्डदान गर्ने परम्परा रहेको पाइन्छ । गयामा पिण्डदान गर्ने बेलामा त्यहांको पण्डाहरुद्वारा राजा बीरेन्द्रकोलागि पिण्डदानको मन्त्र पढेको सुनेर यस पंक्तिकारलाइ एक अद्भुत रोमाञ्च उत्पन्न भएको थियो ।
हुनत गया क्षेत्र समथर भूमी हो तर यत्र तत्र तीन चार सय फिट अग्ला अग्ला चट्टनी थुम्का– थुम्कीहरु पनि देख्न सकिन्छ । चार सय फिट अग्लो थूम्काको चोटी माथि प्रेत शीला भन्ने ठा“उ छ जहा मृतक पित्रको लागि पिण्डदान गर्ने चलन छ । ४०० वटा भ¥या·का खुट्किलाहरु उक्लिएर चोटि सम्म पुग्दा तीर्थालू आसिन पसिन हुन पुग्दछन् । उकालो चढ्न अप्ठरो भए पनि ओ¥हालो झर्न सजिलो छ । अशक्त तीर्थालूहरुको लागि उलिन काठको पनि सा¥है खर्चिलो व्यवस्था छ । बाटामा जुनार, ऊखुको रसको व्यवस्था छ । एउटा अर्को शिलाको टुप्पोमा उक्लेर गरिने सात्तुदानले भोजपुरी भाषाको प्रसिद्ध उखान–उधियाइल सतुवा पितर के दान’ भन्ने उखानलाइ पनि पुष्टि गर्दछ ।
त्यस शिलाको सिक्खरमा पुगेर तीर्थालूहरुले सात्तु उडाउने गर्दछन । यसको के अर्थ हो ठम्यान्न गा¥हो छ, सम्भवतः पितृ व्यथाले ग्रस्त मृतकको आत्मामा मृतक पित्रको आत्मालाइ शान्ती दिलाउने व्यग्र प्रयास हो कि जस्तो लाग्दछ । मेला भर्ने तीर्थालूहरुको संख्याको अनुमान गर्न सा¥है गा¥हो पर्दछ । लाल मोहरिया पण्डाको रेकर्ड अनुसार प्रत्येक वर्ष नेपाल वाट मात्र सात लाख तीर्थालूहरुको उपस्थिती भएको हुन्छ । तराइ, पहाड र भित्री मधेशको पर्सा, बारा, नवल परासी रौतहट, दा·, बैतडी, पर्वत, स्यांग्जा आदि जिल्लाहरु वाट गया तीर्थमा व्यापक उपस्थिती रहेको पाइन्छ ।
एउटा तीर्थालूवाट लाल मोहरिया पण्डाले कम्तीमा भा. रु. ७०० लिन्छन भन्ने यात्रीको सुबिधाको रुपमा पशुवत् व्यवहार हुने गर्दछ । पण्डालाइ थाहा छ गया तीर्थमा मानिस जीवनमा एक चोटि मात्र आउंछ, आफ्नो मृत पित्रको लागि पिण्डदानको लागी । पण्डाले प्रत्येक वर्ष मात्रै कति नेपाली रकम कुम्ल्याउदछन यसको हिसाब गर्न पाठकहरुको जिम्मा लगाउदै म आफ्नो मृत पित्रको आत्माको शान्ती तथा मोक्षको लागि फल्गु नदीको किनारमा बेदी बनाइ जौको पिठोले ढिकुर बनाएर स्थापित गर्दै मन्त्र पढ्न थाल्दछु– ॐ भरद्वाज गोत्रा अस्मत् पिताः बैजनाथदेव गयायां गयाशिरे फल्गु तीर्थे एतत्तेपिण्डः स्वधा..स्वधा..स्वधा..!