यस संसारको निर्माण उथलपबाट भएको हो । उथलपुथल मुस्किलले हुने एक प्रक्रिया हो । उथलपुथललाई प्राकृतिक प्रकोप, दैवी विपन्त्ति, प्राकृतिक विध्वंस भनिन्छ । यो विज्ञान र मानिसको काषुवाहिर हो । प्राकृतिक विपत्ति जलवायु परिवर्तनका कारण दिनहुँ जसो भई रहेका छन । प्राकृतिक विपत्ति भौतिक पूर्वाधार विकास विरोधी हो । प्राकृतिक विपत्ति दैवी विपत्ति काल्यण र अनुमान भन्दा वाहिर रहन्छ । जनधनको अपार ऐतिहासिक क्षति हुन्छ । क्षणभरमै उपलपुथलले यस संसारको अहिले देखि रहेकोे सम्पूर्ण दृश्यको नक्सा नै बदलिन सकिन्छ ।
इश्वरको सृष्टिमा यस धर्ती, यस आकाशमा जे जति वस्तु छन । तिनीहरू सवैको स्वरूप आकार–प्रकार बदलिन्छ । अस्तित्व नै नष्ट हुन सक्दछ । यसैलाइ प्रकृति इश्वरको लीला अपरम्पार, जस्मा घुम्दछ सारा संसार मानिन्छ । प्राकृतिक उथलपुथलमा समान व्यवहार हुन्छ । पक्षपात, मरमोर कहि कतै कसैमाथि हुदैन । प्राकृतिक प्रकोपको पीडा र प्रभाव अघि पछिको भन्दा अनौठो र आश्चर्य लाग्दो हुन्छ । प्राकृतिक सन्तुलन खलवलिए पछि मुस्किलले उथलपुथलको अवस्था आउँछ । यो उल्कापातलाई रोक्न चाहेर रोक्न सकिदैन ।
यो संसरका मानिस, वनस्पति,पशुपन्छी आदि इत्यादी सवै इश्वरकै दया साँया र निगाहामा अस्तित्वमा रहेको छन । दैवी विपति, प्राकृतिक प्रकोपले यसै कुरामा कुर भन्दा कुर व्यवहार प्रस्तुत गर्दा प्राकृतिक उपलपुथल हुन्छ, भईरहेको सबै कुरा उल्टिन्छ । यो हजारौँ सयौं वर्षमा एक पटक सवै ठाँउमा वा एक निश्चित क्षेत्रमा हुने गर्दछ । हामीले विश्वमा प्राकृतिक प्रकोपका रूपमा व्रमण्ड गर्मी, अति वर्षा, भूकम्पवाट धर्ती फाटेको, भूकम्पबाट क्षणभरमा हाम्रा अगाडीका सर्व कुरा तह नहस भएको, ठूलो नरसंहार भएको देख्दै, सुन्दै, हेर्दै आएका छौँ ।
हामीले नचाँहदा, नचाँहदै प्राकृतिक विपतिको वाध्यतामा पर्दछौँ । हामीले यस्ता दिनहरु आउन सक्ने, दिनहुँ प्राकृतिक ’घटना–दुर्घटना भइरहेको देखेर सुनेर पनि भविष्य नभइन्जेल कतिपनि निरास नभई धैर्य रहेका हुन्छौँ । यो युगैं युग पुर्खौँ पुर्खा चल्दै आइरहेको हो । विगतमा उथलपुथल मात्र भएका थिए अव महाउथलपुथल हने संभावना वढेको छ । यस्का लागि जलवायु परिवर्तनको चुनौतिले विश्वभर एकै साथ संकेत गरेको छ । अव हाम्रो भविष्य सुनिश्चित छैन, भन्ने डर लाग्दो परिस्थिति खडा भएको छ । जलवायु परिवर्तन एउटा प्राकृतिक नियम हो । प्रकृतिले आवश्यकता महसुस गरेपछि प्राकृतिक प्रकोप, देवी विपत्तिको वातावरण खडा हुन्छ ।
अहिले विश्वका मानिसहरुको सवै भन्दा वढी चिन्ता र चासोको कुरा जलवायु परिवर्तनको विद्यामान चुनौति वनेको छ । प्राकृतिक प्रकोप, दैवी विपत्तिलाई क्षति, हानी नोक्सानीलाई न्यूनिकरण गर्न सकिन्छ , निर्मूल नै गर्न सक्दिैन भन्ने कुरा वैज्ञानिक अनुसन्धानले पनि स्वीकार गरी सकेको छ । देवी विपत्ति भूकम्प गयो भनेपनि – गरिव, शक्तिशाली, प्रभावशाली कोही व्यक्ति, कुनै वस्तु नहेरी क्षणभरमै यस पृथ्वी वाट विदाइ गर्न सक्दछ । यो दृश्य अत्यन्तै विभत्स हुन्छ । यो विभत्स दृश्य गराउने प्रकृतिले वाहेक मानिसले हेर्न पाउदैन ।
प्राकृतिमा अलौकिक शक्ति हुन्छ । प्राकृतिक प्रकोपमा परेपछि यो संसारको रीत यस्तै रहेछ भनेर मूृत्यु शैच्यामा पुग्नु वाहेक अर्को उपाय छैन । भनिन्छ हुने हुनामी टारेर टर्दैन । भौतिक वादीहरुले इश्वरको लीलालाई त्यति सारो मान्दैनन । नास्तिकहरूले त इश्वरको लीला र आस्तित्वलाई माने कुरै भएन जस्ले जेभने पनि, माने, नमान्ने पनि आखिर अदृष्य इश्वर नै हो । जो निरन्जन निराकार छ । विश्वभर निरन्जन निराकार प्रभूलाई स्वीकार्नेको संख्या अहिले पनि अत्यधिकै छ । धर्म गर्न इश्वरको साक्षात्कार हुन्छ । धर्म रक्षति मानिएको छ । हामीले धर्म गन्र्यौ भने ध्र्मले हाम्रो भन्नाले यस पृथ्वी आकाशको रक्षा गर्दछ । ठुला ठुलाला अनिष्ठ र, संकट अवश्य न्यूनिकरण गर्छ । सत्यमेव जयते । यो संसारमा अहिले वैज्ञानिक चमत्कार विगतको भन्दा वढि भएको छ । धर्म र विज्ञानवीच प्रतिस्पर्धा भइरहेको छ ।
यस संसारको सृष्टि स्थिति संहारको प्रमाणित दस्तावेज पुर्वीय धर्म दर्शन माथि चौतर्फी आक्रमण पढेको छ । अति विकास पछि विना निश्चित छ भनिन्छ । शून्यवाट विकास भएको विज्ञानको विकास शून्यमै पुग्छ, अनि प्रक्रियागत रुपमा विज्ञानको विकासले उकालो चढदछ । यसैलाई प्राकृतिक उथलपुथलको नियम मानिन्छ । निराश नभई जीवन बाँच्नु मानिसले कर्तव्य हो । हरेस खाइ मानिसले मर्न मिल्दैन । मानिसको जीवन एक संघर्ष हो ।
प्रकृतिको संघर्षको नियमबाट यो कुरा हामीले सिक्नु पर्दछ । प्राकृतिक संकट, प्राकृतिक प्रकोपलाई प्राकृतिक अत्याचार पनि भनिन्छ । प्राकृतिक अत्याचार रहुन्जेल अत्याचार रहन्छ । प्राकृतिक प्रकोप रहनु भनेको भोकमरी, रोगव्यधिको महामारी अति वृष्टि, वाढी, पहिरो, आँधी वेहरी चच्याङ, उल्कापात,खडरी, वाढी पहिरो आदि हुन । नेपाल प्राकृतिक प्रकोप अति जोखिममा छ । जलवायु प्रदूषणको कारण, वातावरण प्रदुषणकोे कारण प्राकृतिक प्रकोप बढदै गएको छ । वातावरण प्रदूषण मानवजन्य क्रियाकलाप हो ।