सर्लाही जिल्लाको बरहथवा नगरपालिकाका राम एकवाल दास र उर्मिला देवीका माइलो छोरा हुन डा.सरोज रोशन दास । सर्लाहीमा नै जन्मिएका उनको एस.एल.सी. वीरगंजको ज्ञानज्योति मा.विबाट भएको हो । कक्षा १२ भने हिमालयन वाइट हाउसबाट गरेको डा.दासले बताए । पहिला आफ्नो गा“उको अवस्था सम्झी मानवीय सेवामा नै लाग्ने इच्छा अनुसार आफुले चिकित्सा क्षेत्र नै रोजेको डा. दासको तर्क छ । एम.वि.वि.एस पोखरा मणीपाल कलेजबाट र एम.डी. धरान मेडिकल कलेजबाट गरेका उनी मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् । डा.दास अहिले वीरगंजको नारायणी अस्पतालको कन्सलटेन्ट चिकित्सक हुन् । पछिल्लो समयमा मुलुकभरी डेंगु रोगको प्रकोप फैलिरहेको समयमा यसै बिषयमा केन्द्रित रही डा सरोज रोशन दाससंग गरिएको कुराकानी :
डेंगु भनेको के हो ?
डेंगु भनेको लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस (ब्भमभक) नामक लामखुट्टेका प्रजातिहरु बढ्दै गएको कारण ती प्रजातिका लामखुट्टेको कारण धेरै मानिस प्रभावित हुन थालेका छन् । मानिसहरुको आवतजावत तथा देश भित्रिने क्रम बढ्ने पनि छ । यो समयमा कहाँबाट डेंगुको संक्रमण शरिरमा आएको छ भन्ने पत्ता लगाउन भने सकिएको छैन । अरु ठाउँमा नै त्यस्ता प्रजातिका लामखुट्टेले टोकेर अर्को ठाउँमा पुगेको पनि हुन सक्छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरस नेपालमा चार प्रजातिका रहेको पाइन्छ ।
डेंगु रोगका लक्ष्णहरु के के हुन ?
डेंगु लागेका मानिसमा एकदमै ज्वरो आउने, वान्ता हुने, पेटमा पानी जम्ने, आँखाको नानीहरु दुख्ने, जिँउ हात खुट्टा दुख्ने गर्दछ । डेंगुलाई ३ भागमा विभाजन गरिएको छ । पहिलो साधारणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने, जस्ता लक्षण देखा पर्छ । दोस्रोमा एउटा साधारण मानिसको ब्लडप्रेसर १२० बाई ८० हुन्छ भने त्योभन्दा माथि ५ देखि १० से.मि भन्दा प्रेसर लिदा हामीले हेर्ने गर्छौ कि डेंगुको कारण दाना दाना जस्ता दश ओटाभन्दा बढी आएको छ भने डेंगु पोजेटिभ भएको मानिन्छ । स्वास्थ्य क्षेत्रमा असर पारेको छ । यसको बारेमा जनचेतना मुलक कार्यक्रमहरु गर्नु प¥यो । यो रोग प्रायः दुर्गम क्षेत्रका मानिसमा देखिएको छ । यो लामखुट्टे सफा पानीमा बस्ने गर्दछ । त्यसैले आफ्नो घर वरपर सफा पानी जम्ने केही छ भने त्यो हटाउनु पर्छ । राख्नै पर्ने भए औषधी छिटेर मात्र राखौं ।
डेंगु रोगबाट बच्न कसले के गर्दा राम्रो हुन्छ ?
यो रोगबाट बच्न अस्पतालहरुले आफ्नो क्षमतालाई चुश्त राख्ने । सरकारले विभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गरी चेनता फैलाउने र यो रोगलाई नियन्त्रण गर्न पहल गर्ने । यो रोग नलागेसम्म सामान्य लागे पनि लामखुट्टेले टोकेर रोग लागिहाले निकै कडाखालको हुन्छ । यसले शरीरमा भएको रगतको प्लेटलेट खटाई दिन्छ । जसको कारण मानिसको मृत्यु पनि हुन सक्छ । त्यसैले यो रोगलाई सामान्य मान्न हुँदैन । पालिका वा नगरपालिकाहरुले पनि लामखुट्टे मार्ने औषधीहरु वितरण गर्ने र सर्वसाधरण मानिसले लामखुट्टेले नटोकोस भनेर झुल टाँगेर सुत्ने धुपहरु वालेर लामखुट्टे भगाउने गर्न सकिन्छ । अस्पतालहरुले पनि बिरामीहरुलाई मध्यनजर गरी आवश्यक औषधी वितरण गर्नुपर्छ ।
डेंगु रोगले स्वास्थ्य क्षेत्रमा के कस्ता असर पारेको छ ?
अहिलेको समयमा डेंगु रोग धेरै घातक हुँदै आइरहेको छ । यो रोग लागेपछि मानिस एकदमै कमजोर हुन्छ । ज्वरो पनि निकै कडा खालको आउँछ । यो रोग लागेका मनिसलाई अस्पतालमा सिटामोल दिने गरिन्छ । नु पर्दछ । योयो रोग लागेका मानिसले बढी मात्रामा पानी खा रोग लागेपछि मानिसलाई खाना खान मन लाग्दैन । शरीर कमजोर हुन्छ, राम्रोसंग हिड्डुल गर्न सक्दैन । आस्पतालमा विरामी मानिस आउँदा कसैकसैलाई डेंगु लागेको हुन्छ । तर अहिले यस रोगका विरामी धेरै पाइन्छन् । यसले स्वास्थ्य क्षेत्रमा धेरे नै असर गरिरहेको छ ।
डेंगु रोग नियन्त्रण गर्न के गर्नु पर्छ त थप ?
डेंगु रोग नियन्त्रण गर्न पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडीहरु फाड्ने, आफु बस्ने ठाँउ वरिपरि सरसफाई गर्ने गर्नुपर्छ । हामीले भाँडाहरुमा पानी राखेका हुन्छौ, त्यो पानी धेरै दिन नराखी समय समयमा फेर्नु पर्दछ । खानेकुरा राम्रोसंग छोपेर राख्नु पर्दछ र सडे गलेको खाना खानु हुदैन ।
शौचालयहरु सफा राख्नु पर्छ । शैचालय गएर आएपछि राम्रोसंग साबुन पानीले हात धुनु पर्दछ । साना –साना बालबालिकाहरुलाई शरीर ढाक्ने कपडा लगाई दिनु पर्छ । रातीको समयमा झुलको प्रयोग गर्नु पर्छ । बालबालिका खेलहरु खेल्न जाँदा सुरक्षित तरिका अपनाएर पठाउनु पर्छ । डेंगु भएको थाहा हुने वित्तिकै पारा सिटामोल र जतिसक्दो फलफुल र झोलिलो पर्दाथ खानु पर्छ । हामीले आफ्नो सुरक्षा आफै गर्न सजिलो छ । तर रोगलागि सकेपछि भने त्यति सहज हुन्न ।
अन्त्यमा तपाई यो रोगको बारेमा थप के भन्न चाहनु हुन्छ ?
अन्त्यमा म के भन्न चाहछु भने डेंगु रोग भनेको कुनै ठूलो रोग होइन नलागे सम्म । यसको उपचार आइसक्यो । सधै झुल लगाएर सुत्ने, साँझ पख बढी मात्रामा लामखुट्टेले टोक्ने भएको कारणले फुलबाउला भएको कपडा लगाउने, लामखुट्टे मार्ने धुप वा लिक्वीटहरुको प्रयोग गर्ने ओडोमास क्रिमहरुको प्रयोग गर्ने र आफूलाई ज्वरो आयो, टाउको दुख्यो, हात खुट्टा दुख्यो, भने तुरुन्त डाक्टरको सल्लाह सुझाव लिन नछोड्ने गर्नु पर्छ ।