वीरगन्ज हेर्दा सानो जस्तो शहर देखिए पनि स्वास्थ्य सेवा लिने दिने सन्दर्भमा यो शहर सानो पक्कै छैन । चिकित्सकीय सेवाका दृष्टिकोणले अझ ठूलो छ । खुल्ला सीमाको कारण वीरगन्जमा सीमा पारीबाट पनि सेवा लिने मानिस आउने क्षेत्र भएकोले पनि वीरगन्ज चिकित्स र स्वास्थ्यकर्मीकोको लागि उर्वर नै मान्नु पर्छ । अझ प्रविधि युक्त सेवा प्रवाहले यस क्षेत्रका चिकित्सकहरुलाई पनि आफ्नो क्षमता वृद्धि गर्न बल नै मिलेको छ । मानिसको जनघनत्व बढे अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था पनि यहाँ तिव्र रुपमा बढेका छन् । तीनै स्वास्थ्य संस्थाहरु मध्ये सूर्य अस्पताल वीरगन्जकी संचालिका तथा स्त्रीरोग विशेषज्ञ डा. मोनिका सिंहसँग नयाँ प्रविधिको प्रयोग गरी बच्चा जन्माउने सन्दर्भमा गरिएको बिशेष कुराकानी :-
आईभीएफ प्रविधि कस्तो प्रविधि हो ? यसलाई कसरी बुझ्ने ?
आईभीएफ प्रविधिलाई इनह्वाईट्रो फर्टिलाईजेशन भनिन्छ । इनह्वाईट्रो फर्टिलाईजेशनको मतलब नर्मल अर्थात प्राकृतिक तरिकाले जो श्रीमान श्रीमती बच्चा जन्माउन सक्दैनन् । उनीहरुको लागि यो तरिका अपनाइन्छ । जुन बरदान सावित पनि भएको छ । इनह्वाईट्रो फर्टिलाईजेशनमा महिलाको अण्डाशयबाट अण्डा झिकेर पुरुषको शुक्राणु लिएर तिनीहरुलाई बाहिर कलचर गरेर मानव भ्रुण बनाउने जसलाई हामीले एम्बेरो भन्छौं । अनि त्यो एम्बेरोलाई एउटा सानो सफ्ट क्याथोटरद्वारा पाठेघर भित्र बच्चा अर्थात मानव भ्रुण राखिन्छ । त्यो प्रकृयालाई आईभीएफ भनिन्छ ।
कस्ता दाम्पतीले यो प्रविधि अपनाउन सक्छन् ?
श्रीमान् श्रीमती मध्ये एक जनामा असमर्थयता छ भने इनह्वाईट्रो फर्टिलाईजेशन प्रविधिले पनि बच्चा जन्माउन सकिन्छ । अनि दुबै जना असमर्थय हुनुहुन्छ भने आईभीएफ दम्पतीहरुको लागि बरदान हुन्छ । जस्तो पुरुषहरुमा वीर्य छैन वा अधिकांश शुक्राणुहरु मरेको छ वा धेरै उमेर भइसकेको वा पुरानो ब्लडसुगर, सुगरको कारणले ग्रसित रोगले शुक्राणुको कमी भएर पुरुष बच्चा जन्माउन असमर्थ छ । र महिलाहरुमा पनि अण्डाशयको कारणले अण्डा बन्न सकेन । फ्लोपियन ट्युबस् (ड्रिम नली) बन्द छ अथवा पाठेघरको भित्रि समस्या भयो भने आईभीएफ प्रविधिबाट सन्तान जन्माउन सकिन्छ ।
यसमा उमेर हद हुन्छ कि हुदैनन् ? आईभीएस प्रविधिबाट कति वर्ष उमेरका दाम्पतीहरुले बच्चा जन्माउन सक्छन् ?
आईभीएस पद्धतिबाट २० वर्षदेखि ४०, ४२, ४५ र अहिले त ५० वर्षको महिलाहरुमा पनि एउटा नयाँ आशाको किरणका रुपमा हेर्छाै । तर सक्सेस रेटमा फरक पर्छ । यदि ३५ वर्षभन्दा बढि नाघिसकेको छ भने सक्सेस रेट अलिकति कम हुन्छ । ३५ वर्षभन्दा कम उमेरका महिलाहरुमा सक्सेस रेट अलिकति बढि देखिन्छ । तर त्यो सक्सेस रेटलाई हामीले विभिन्न विधिले बढाउन मिल्छ । खास गरी उमेरको कारणले अलिकति सक्सेस रेट घट्छ । तर बढि उमेरको महिलाहरुको लागि पनि आईभीएस प्रभावकारी छ ।
यसका चुनौतीहरु के के छन् ?
आईभीएफ नयाँ प्रविधि होइन् । सन् १९७८ मा सबैभन्दा पहिलो लुईस ब्राउन नामको बच्चा आईभीएफ प्रविधिबाट जन्मेको हो । त्यसपछि नयाँ नयाँ रुप लिई सुध्र्रिदै गएको छ । नयाँ नयाँ टेक्नलोजी आइसकेको छ । पहिला हामी कन्भेन्सनल आईभीएफ मात्रै गर्थे । अहिले इन्ट्रासाइप्लाजोमिकस्पर्म इन्जेक्शन आइसकेको छ । जसले अझै फर्टिलिटिजको परसेन्टेज बढाएको छ ।
मेन चुनौत हाम्रो मानसिक, समाजिक र प्रविधिको आफ्नो चुनौति पनि हो । दाम्पतीहरुलाई बच्चा वा सन्तान भएन भने निकै तनाव हुन्छ । त्यसमाथि समाजमा बाझोपनलाई राम्रो मानिदैन् । उपचारको लागि बाहिर निस्केर आउनलाई हिम्मत जुटाउनु पर्छ । कसैलाई लाग्छ यो धेरै महंगो प्रविधि हो हामी सक्दैनौं । कहिले काही फेल हुने पनि डर हुन्छ । यत्रो पैसा जुटाएर जाँदा फेल हुने चिन्ता हुन्छ । अर्काे यिनीहरुले आईभिएफ् गराई रहेका छन् भने समाजिक बिचारधारा पनि फरक पर्छ ।
फाइदा चाही यसका खासमा के हुन् ?
आईभिएफ् प्रविधि बेस्ट अफ बेस्ट यो एउटा प्रविधि, विज्ञान हो । यसको फेल हुने चान्स हुन्छ । ३५ प्रतिशतदेखी ५५ प्रतिशतसम्म यसको सक्सेस रेट छ । पहिल १५ देखी २० प्रतिशतसम्म थियो । अहिले सबै कुरा नयाँ नयाँ हुँदै गएपछि ६०–७० प्रतिशतसम्म पनि लग्न सक्छौं । तर सक्सेस परसेन्टेज रेट ३५ देखी ५५/६० प्रतिशतसम्म किन छ भने यो प्रविधि मात्र होईन् । महिलाको उमेर, पाठेघरको क्वालिटिभित्रको एण्डोमेट्रिम लेयर, अण्डाहरुको क्वालिटि त्यसपछि बच्चाहरु क्स्तो बन्छ, कतिको आराम पाएको छ । यो कुराले गर्दाखेरी प्रविधि फेलिएरतिर पनि जान्छ । त्यही भएर बेस्ट अफ बेस्ट टिटमेन्ट गरे पनि यसको फेलिएर रेट हुन्छ । त्यो फेलिएर रेटलाई पेसेन्टलाई राम्रो सम्झाउन सकियो, अनि पेसेन्टले बुझ्यो भने यो चुनौतिहरु अलि कम हुन्छ ।
त्यसपछि अहिले लेजर आएको छ । लेजर हैचिङ्गको कारणले अलिकति बढि परसेन्टेज भएको छ । यदि अण्डाशयबाट बढि अण्डा निकाल्न सक्यौं अथवा क्यानसरको पेसेन्टसलाई किमु थेरापी, रेडियो थेरापी दिनुभन्दा अगडी अथवा पढेलेखेका महिलाहरु जो क्यारियरप्रति बढि सजग हुन्छन् । उनीहरु अहिले म बच्चा जन्माउँदैन्, पछि जन्माउछु मेरो क्यारिअरमा फरक पर्छ भन्छन् नि । त्यस्ताले कम उमेरमा अण्डाको क्वालिटी राम्रो भएकोले अण्डा फ्रिज गर्न सक्छन् । त्यस्तो प्यासेन्टहरुले आईभीएफको प्रविधिबाट आफ्नो सन्तान जन्माउन सक्छन् । यसरी नै हामी आईभीएफको कुरा गर्दा फर्टिलाईजेशनपछि धेरै नै मानव भ्रुण बन्यो ।
हामीले एकचोटीमा दुईटा वा तिनवटा भ्रुण राख्छौं । एक्स्ट्रा बनेकोलाई हामीले फ्रिज गरिदिन्छौं । फ्रिज गरेपछि यदि आईभीएफ् फेल भयो भने फेरी बच्चाको लागि प्रयोग गर्न सक्छौं । अथवा यो आईभीएफ् सक्सेस भयो भने फेरी २ वर्षपछि बच्चा चाहिन्छ भने फ्रिज भएको भ्रुणलाई दोबारा पाठेघर भित्र राख्न सकिन्छ । यसले गर्दा पेसेन्टलाई आर्थिक भार पनि कम पर्छ । फेरि अपरेशन गर्ने चान्स हुँदैन र रिक्स कम हुन्छ ।
समाजमा बाँझोपनको समस्याका कारण सम्बन्ध बिच्छेद र पुनः विवाह गर्ने गराउने सम्मका काम भएका छन् । आईभीएफ् प्रविधि धेरै महंगो र कम सक्सेस छ । अन्य शहरको तुलनामा यहाँ कतिको खर्चिलो छ ?
छिमेकी देश भारतभन्दा नेपालमा सस्तो हुन्छ । आउने जाने खर्चदेखि त्यहाँ बस्ने सम्म एक पटकले मात्रै हुँदैन । तर पनि पटक पटक इन्जेक्शनको लागि गईरहनुपर्छ । अर्थात त्यहाँ बस्नुपर्छ । बस्न र खानको लागि त छुट्टै खर्च हुन्छ । बाँझोपनबाट लडिरहेको दाम्पतीलाई खर्चभन्दा उपलब्धी नै महत्वपूर्ण हुने भएकोले पनि यो प्रविधि प्रयोग बढ्दै गएको छ । दम्पतीलाई बच्चा पाउँदा जति खुशी हुन्छ त्यति नै चिकित्सलाई पनि खुसी हुन्छ आफूले गरेको काम सक्सेस हुँदा । काठमाडौं, तराई लगायत नेपालको हरेक ठाउँमा आईभिएफको रेट एकनाश राख्यौं भने पेसेन्टलाई छनौट गर्न गाह्रो हुदैन । तराईको पेसेन्टलाई तराईमै इलाजहोस् भन्ने हाम्रो चाहना हो ।
तराईका पेसेन्टहरुलाई पनि काठमाडौं जान, खान बस्न अप्ठयारो र महंगो नै हुन्छ । सक्सेस रेट प्रायः जसो सबै ठाउँमा सेम हुन्छ । कहिलेकाही अण्डाशयबाट राम्रोसंग अण्डा निस्कदैन । त्यसको कारणले डोनरको आवश्यकता हुन्छ । पुरुषहरुमा शुक्रकिटको कमी हुँदा पनि डोनरर्सपम्प चाहिन्छ । त्यसको खर्च बेग्लै हुन्छ । यो सबै मिलाउँदा आईभिएफ महंगो हुन्छ । तर त्यसमा अस्पताल अथवा आईभिएफ सेन्टरले अलिकति आफ्नो जिम्मेवारी बहन गरिदियो भने यो खर्च केही कम पनि पर्छ ।
वीरगंज र काठमाडौंमा चाहि कतिको खर्चमा फरक पर्छ ।
हामीले सस्तो राखेका छौं । तराईका बिरामीहरुलाई अलिकति उपचार सस्तो होस् भनेर । त्यही भएर एउटा आर्थिक विकास पनि हुन्छ । कोभिडपछिको कम आम्दानीको समयलाई पनि मध्यनजर गरिएको छ । अर्को कुरा पहिलोपटक सफल भएन प्रविधि भने दोस्रो पटकमा ३०÷४० प्रतिशत घटाई दिन्छौ । त्यसो भएपछि बिरामीलाई आईभीएफमा क्युमिलिटी प्रेगनेन्सी रेट । भने पछि पहिलो, दोस्रो, तेस्रो आईभिएफपछिको परसेन्टेज रेट बढ्छ । सिंगल आईभिएफको रेट कम हुँदा पनि डब्बल वा त्रिप्पल क्युमिलिटी प्रेगनेन्सी रेट बढ्छ । त्यही भएर एउटा स्किम ल्याएर औषधीको खर्चमा प्याकेज बनाई त्यो प्याकेजभित्र नै बिरामीहरुलाई उपचार गरिदिएपछि सहज हुन्छ । हामी त्यो विधि पनि प्रयोग गर्छौं । अल्ट्रासाउण्ड जाँचमा पनि डिस्काउन राखिदिनु पर्छ । अनि बिरामीलाई उपचार गराउन सहज हुन्छ ।
आईभीएफ प्रविधिबाट कति जनालाई उपचार गरिसकिएको छ ?
अस्तीको महिनामा पाँच जना महिलाहरुलाई इन्ट्रायुट्राइनसोमिनेशन (आई.यु.वाई) गरेका छौं । आई.यु.वाई भनेको आइभीएफभन्दा अगाडी ट्राई गर्ने एउटा प्रोसिजर हुन्छ । जसमा महिलाहरुको डेमुनली खुल्ला छ र श्रीमानको शुक्रकिट अलिकति कमजोर भए पनि त्यसलाई औषधीमा मिलाएर त्यसपछि मेसिनमा स्पर्मलाई चलाएर त्यसमा स्पर्मको चाल बढाउने औषधीहरु हालेर क्याथेटरमा स्पर्मलाई हालेर अनि पाठेघरभित्र राख्छौं । यसमा डोनर र श्रीमान् दुबैको वीर्य प्रयोग गर्न मिल्छ ।
यदि श्रीमान्को वीर्य छैन भने हामीले पुरा जानकारी दिएर उनीहरुको सहमति लिएर उनीहरुलाई काउनसेलिङ्ग गरेर डोनर स्पर्म प्रयोग गर्छाै । त्यस्तो केशमा हामीले अस्तीको महिनामा चार जनालाई आईयुवाई गर्दा ३ जनालाई पोजेटिभ भयो र एक जनालाई पोजेटिभ गर्न सकिएन । तर त्यो धेरै राम्रो रेस हो । अहिले ४ जनालाई आईभिएफ गर्दा २ जनालाई पोजेटिभ भयो र २ जनालाई नेगेटिभ भयो । २ जनामा नेगेटिभ हुनुका कारण उनीहरुको उमेर ४० वर्षभन्दा बढि कटिसकेको रहेछ । तर उनीहरुलाई फेरि ट्राई गर्ने छौं ।
आईभीएफ प्रविधिको बारेमा सर्वसाधारणले बुझ्ने गरी के भन्न चाहनु हुन्छ ?
मैले ईनफर्टिलेटी प्रेक्टिस गरेको १० वर्ष जति भयो । टिचिङ्ग अस्पतालबाट पास भएपछि मेरो मुख्य चासोको कुरा यहि थियो । गाईनी, अब्स सबैको प्रयोग ईनफर्टिलेटी पनि त्यहि दिनदेखि गर्दै आएको छु । यसमा मेरो अनुभव १० वर्षको छ । अहिलेसम्म २ हजारभन्दा बढि बाँझोपनको समस्या समाधान गरेर उनीहरुलाई हेल्दी प्रेगनेन्सी दिनसकेको छु । योभन्दा बढि नै होला कम छैन ।
बिरामीहरुले मेरो उपचारबाट पहिलो प्रेगनेन्सी गरेर फेरी दोस्रो प्रेगनेन्सीको लागि पनि आउनु भएको छ । नर्मली उपचार गरेर प्रेगनेन्सी हुन्छ । यसरी भएन भने मात्र अझ थप प्रविधि प्रयोग गर्दै जानु पर्छ । कुनै बिरामी २ महिना उपचार गरेर प्रेगनेन्ट हुन्छ भने कोहीलाई ६ महिना लाग्छ । कोहीलाई डेढ/दुई वर्षसम्म पनि लाग्न सक्छ । तर प्रायःजसो दम्पतीलाई हामीले बच्चा दिन सकेका छौं । सूर्य हस्पिटल ल्याउने कारण त्यही हो कि हामीसंग ईनफर्टिलेटिको बिरामी बढ्दै गएको छ ।
टेष्ट्यूव गराएको बच्चा अपाङ्ग हुने र चोरी हुने डर कत्तिको हुन्छ ?
कुनै पनि नयाँ प्रविधि आउँदा त्यो प्रविधिले आफुसंग संक्षय पनि लिएर आउँछ । आईभिएफको बच्चा छोरी हुन्छ, अपाङ्ग हुन्छ भनेर पनि आईभिएफ नअपनाउने एउटा मुख्य कारण हो । कुनै पनि प्राकृतिक प्रेगनेन्सीमा छोरा वा छोरी हुने ५०/५० प्रतिशत चान्स हुन्छ । ५० प्रतिशत छोरा ५० प्रतिशत छोरी । ईभिएफ्ले हुने बच्चा छोरी मात्रै हुन्छ भन्ने छैन । समाजमा एउटा अर्काे धारणा पनि के छ भने हामी चेक गराउन गयौं भने यिनीहरुले हाम्रो स्पर्म प्रयोग गर्दैनन्, अर्काको स्पर्म प्रयोग गरिदिन्छन् ।
यिनीहरुले हाम्रो अण्डा प्रयोग गर्दैनन् । अथवा हाम्रो बच्चालाई मिसाईदिन्छ । आईभिएफ डाक्टरहरुको एउटा इमान्दार कोशिस हो । डोनरको स्पर्म प्रयोग गर्नुुस् भनेर हामीले प्रष्ट रुपमा भन्छौं । यदी वहाँहरुले यस कुरामा सहमति दिनुहुन्न भने जबरजस्ती हुँदैन । महिलाहरुको अण्डाबाट पनि बच्चा जन्मिने नसक्दा हामीले प्रष्ट भन्छौं डोनरबाट लिनुस् । त्यसमा सहमति हुन्छ भने डोनरबाट लिन्छौं, हैन भने लिदैनौं ।