भूगोलमा सानो तर समुन्नतिको अभावमा सकसको यात्रा भोग्न पर्ने बाध्यता । हरेक समय उस्तै पीडा । सा“घुरा र जीर्ण सडककै कारण अनाहकमा बार्षिक हजारौंको मृत्युबरण । अनि यात्राका कारण भएका दूर्घटनामा मृत्यु हुनेभन्दा दोब्बर बढी तिनीहरुका परिवारमा बालबालिका टुहुरा र वेसहारा हुनु पर्ने बाध्यता ।
अरुदेशको नभएर नेपालकै अवस्था यस्तो बिडम्बनापूर्ण । एउटा रोगको महामारीले एक बर्षमा निलेका नागरिकभन्दा बढि हरेक दिन र बर्ष मुलुक भित्रका विभिन्न दूर्घटनाकै कारण मानिसको ज्यान निल्ने नियति । सडककोस्तर मात्र सुदृढ पार्ने र सावरी चलाउने शैलीमा सचेता हुने हो भने खर्लप्पै दूर्घटना र मृत्युमा आउन सक्ने कमी कहिले मुलुक हा“क्नेको प्राथमिकतामा नपरेको परिदृष्य ।
विपन्नता बढ्ने अर्को कारण पनि नभएको होइन । अभिभावकको दूर्घटनामा मृत्यु भएपछि अभिभावकविहीन बालबालिकाले पापीपेटको आफै भरथेग गर्नु पर्ने ती अबोधको सधैंको तनाव नेपालका लागि शिक्षा र स्वास्थ्यको मिटर माथि नउक्सिने गम्भिर कारण । सम्झदै कहाली लाग्दो छ ।
तथापि कमिशनले देशको बागडोर सम्हाल्नेहरुको घैटो नभरिएसम्म उचित रकम प्रयोग भई बन्न नपाएका सडक सञ्जाल सर्वसाधारण जनताका लागि सधैं काल पल्टेर बसेका छन् । मकवानपुरको भीमफेदी गाउ“पालिका जुरिखेत र दार्चुलामा बिहिबार भएका बस र जीप दूर्घटना पनि त्यसैको पछिल्लो उदाहरण हुन् । यता पर्सा, बारा र रौतहट तथा मधेश प्रदेशका आठवटै जिल्लामा दिनहु“ जसो हुने छिटफुट दूर्घटना पनि प्रायः सडक र चालकको लापर्वाहीले हुने दूर्घटनाका पछिल्लो उदाहरण हुन् । यस्तो दूर्घटनालाई मात्र कम गर्न सके नेपालमा धेरै धनजन बचाउन कसैले रोक्न सक्दैन । आफ्नो परिवारमा पर्दा मात्र अलि गम्भिर हुने नत्र अरुलाई पर्दा खासै वास्ता नगर्ने परिपार्टीले नेपाली मनलाई दीर्घकालसम्म जोड्न सक्दैन ।
त्यसैले अब दैनिक हुने दूर्घटना न्यूनिकरण गर्न मुलुकको माथिल्लो तहदेखि तलसम्मका सरकार र जिम्मेवार निकायले सडक सञ्जाल नै सुदृढ पार्न अभियानका रुपमा नै कम्बर कस्न पर्छ । सडक सुदृढ भएमात्र सवारी संचालन त्यसै अनुसार गर्न चालकलाई सचेतना र कडाई गर्न सके सानो भूगोलभित्रको सुन्दर मुलुक सुन्दरतामा रमाईरहन सक्छ ।
नत्र भूईंतहको यात्राभन्दा नवधनाढ्यहरु आकाशे यात्रामा मात्र बढी केन्द्रित भईदिंदा र राज्य संचालकका दिमागमा कमिशन र कालाबजारीको भूत सवार भइरह“दा सडक सञ्जालको स्तरीयता बढ्न सक्दैन । सा“च्चै लागि परेर मुलुकका सडक सुदृढ बनाउन राज्यलाई के ले रोकेको छ । यो कुराको हृदयंगम गम्भिर रुपमा गरेको बार्षिक विनियोजित बजेटले देखाएकै छैन । स्तरीय सडक सञ्जाल बनाउन सके त्यतातर्फ १० बर्ष जति पुनः फर्कन पर्दैन । त्यो समयमा अन्य समृद्धिका काम सहजै गर्न सकिन्छ ।
यो कुरामा अब पनि विलम्ब गर्ने हो भने मुलुकले हरेक बर्ष दूर्घटनामा ज्यान जाने नागरिकका पीडाको बोझ बोकिरहन बाध्य हुनु पर्छ । दूर्घटनामा कुनै परिवार बिशेषमा मात्र क्षति हुन्न । त्यो क्षतिको असर दीर्घकालसम्म देशले पनि उठाइरहन पर्छ । यो कुरामा सत्ताको लुछाच“ुडी गर्न मात्र पल्केका मुलुक हा“क्छौं भन्नेहरुले हेक्का राख्न सकेको देखिदैन ।
‘जाग उठ लम्क हो हे जवान हो’ भनी पहिले युवा जगाएर सत्ताको रापतापमा पुगेका राजनीतिक दलहरुले अब सत्ताको वरिपरि घुम्नभन्दा मुलुकको दीर्घकालिन समृद्धिमा खेल्न पर्ने भूमिका खेल्न कत्ति पनि ढिलो गर्नु हुन्न ।