आजको यस दिनहरुमा यो समाचारले जनजीवनको मन मस्तिष्कमा आश्चर्य उब्जाएको होला तर पंक्तिकार वि.सं. २०३४साल देखि २०४५सम्मको सरकारी कामको सिलसिलामा सिम्रौनगढको बसाइमा यस भन्दा पनि आश्चर्यजनक दृश्य देखेको कुरा आज पनि झलझी सम्झन्छ । हटिया लाग्ने दिनमा मध्यान्ह देखि नै गाउँ गाउँहरुबाट मौसमी तरकारीहरुको ओइरो लागेर आफ्नो निश्चित ठाउँमा राश लाग्दथियो । तेश्रो प्रहरदेखि बजारमा बिक्रि शुरु भएर अबेर सांझसम्म चलि रहन्थ्यो, सांझ पर्दै जादा तरकारीको मोल ग्राहकहरुको इच्छाअनुसार लाग्दथियो तथा बजार उठ्ने बेलासम्म त्यस मोलमा पनि न बिकेका तरकारीहरुलाइ बिक्रेताहरुले बजारमा त्यसै मिल्काएर घर फर्कन बाध्य हुन्थे । त्यस क्षेत्रका किसानहरु सम्भवत ः नेपालभरिका किसानहरु भन्दा ज्यादा परिश्रमी, आटिला तथा वैज्ञानिक प्रविधिहरुबाट परिचित रहेकोमा दुइमत न होला । किसानहरुले मौसम अनुसारको तरकारी खेति मनग्ये गर्दछन । त्यस ठाउको हावा पानी तथा भूबनौट प्राकृतिक रुपमा तरकारी खेतिकोलागि आदर्श रहेको छ ।
समग्रमा हेर्ने हो भने सुरसाको मुख झैं बढदै गइरहेको जनसंख्याको उदरपूर्ति गर्नकोलागि आधूनिक वैज्ञानिकहरुको दिनरातको अनुसन्धान तथा प्रयासको कारणले अन्न बाली, दलहनी बाली, तेलहनी बाली, दुग्धजन्य पदार्थ तथा तरकारी बालीको उत्पादनको मात्रा (क्वान्टिटी) निश्चय रुपमा बढेको देखिन्छ तर गुणवता (क्वालिटी) मा दिनानुदिन ¥हास हुदै गइ रहेको देखिन्छ । मौसमको कुरा गर्ने हो भन्ने नेपालको भौगोलिक बनोट अनुसार तराइमा न फस्टाउने तरकारी बाली पहाड तथा भित्री मधेशमा राम्ररी फस्टाउन सक्दछ । त्यस्तै पहाडमा न फस्टाउने तरकारी बाली तराइमा भन्ने राम्ररी फस्टाउदछ । त्यसै कारणले प्रत्येक तरकारी प्रत्येक मौसममा सहज उपलब्ध रहेको पाइन्छ । यस कारणले पुराना दिनहरुमा तरकारी उपलब्ध न हुने महिनाकोलागि तरकारी आपूर्तिकोलागि कोभी, भण्टा, मूला,साग आदि जस्ता हरिया तरकारीहरुलाइ घाममा सुकाएर ‘सुकवत’ बनाउने प्रथा नै मानिसहरुले बिर्सिदै गइरहेका छन । प्रत्येक मौसममा प्रत्येक तरकारीको प्रचूर उपलब्धता रहे पनि तरकारीहरुको प्राकृतिक नैशर्गिक स्वाद आजका दिनहरुमा पाइदैन । विज्ञानले मात्रामा उत्पादन त निश्चय नै बढायो तर अभिशापको रुपमा रासायनिक मल तथा मानवीय स्वास्थ्यकोलागि प्रतिकूल हुने विषदिहरुको अन्धाधुन्ध प्रयोगले भन्ने तरकारी तथा अन्य खाद्यपदार्थहरुको नैशर्गिक स्वादको हरण ग¥यो । अझै तरकारीहरुको स्वाद बढाउनकोलागि प्रयोग हुने मसलाहरुमा बढी नाफा लिने उदेश्यले व्यापारीहरुद्वारा अखाद्य पदार्थको मिसावटले झन कुष्टमा लुत्तो रोग लागे झैं भयो । जीरा, धनियामा धानको ब्रान,खुसार्नीको धूलोमा इटको धूलो, दालमा खेसारी,एकडी, भेखडी, चामलमा ढुंगाको मसिनो टुक्रा, तेलमा अखाद्य तेलको मिसावटले स्वादको सत्यानाश गरि दियो । एक त खाद्य पदार्थहरुमा पाकृतिक नैशर्गिक स्वादको अभाव त्यसमाथि मिसावटी मर–मसाला तथा तेलको प्रयोगले खानामा हामीले मिठो स्वादको अपेक्षा नै कसरी राख्न सक्दछौं । येन केन प्रकारेण आँखा चिम्लेर उदरपूर्तिकोलागि खल्लो स्वादको खाना निल्नुको विकल्प नै के छ र ?
खल्लो खाना निलेर आजको मान्छे मेशिन झैं दैनिन्दन काममा लागि पर्दछ । गर्ने नगर्ने कामहरु गर्नमा आजको मान्छे अलमल्लमा पर्दैन । व्यवहारमा सदाचार,सदाशयता,बन्धुत्व, मैत्रीको सट्टा दुराचार,दुराशय, अलगाव तथा शत्रुताको भाव झल्किन्छ । आदिमानव न्युन मस्तिष्कको थियो तर प्रेम, दया, माया, तथा संगठनको भावनाले ओतप्रोत थियो । मान्छे प्रकृति तथा शत्रुसित सधैं संघर्षरत रह्यो तथा विजय प्राप्त गर्नमा सफल रह्यो । सम्भवतः त्यसैकारणले आज मानव सबै प्राणी मध्ये महाबली मानिन्छ । आयुर्विज्ञान अनुसार खानाको रसले नै मानिसको पोषण तथा वृद्धि हुन्छ । खानाको प्रकार जस्तो किसिमको हुन्छ मान्छेको मन प्रवृति पनि त्यसै अनुसारको हुन्छ । आज अमेरिका जस्तो प्रत्येक क्षेत्रमा सवल तथा समृद्ध रहेको देशमा पनि एउटा केटाले किसिम किसिमका बन्दूक बोकेर स्कूलमा पढने नाबालक केटा केटी विद्यार्थीहरुलाइ भुटेर एक चिहान पारि दिन्छ । के यो मानवीय संवेदनहीनताको लक्षण होइन ? समाजशास्त्रीहरुको अगाडी अखाद्य खाद्यपदार्थले बनेको खल्लो खानाले नै मानवीय संवेदनशीलता, मानवीय संवेग, दया, माया, ममता जस्ता प्राकृतिक र नैशर्गिक भावनाको ¥हास भएको तथा त्यसैको फलस्वरुप यस्ता घटनाहरु यक्ष प्रश्नको रुपमा तेर्सिएर रहेको देखिन्छ । समाजशास्त्रीहरु, सरकार तथा मनोवैज्ञानिक जम्मैले यस बारेमा सोच्नु पर्ने तथ्य अपरिहार्य छ । खानामा प्राकृतिक तथा नैशर्गिक स्वाद कसरी संचयन गर्ने तथा अखाद्य बस्तुको मिसावट कसरी दुरुत्साहित गर्ने भन्ने प्रश्नको जवाफ खोज्ने बेला भएको होइन र ?