वीरगंज । पर्सामा नक्कली घ्यू उद्योगमा तालाबन्दी गरिएको छ । चाडपर्वको मौकामा बल्ल नक्कली घ्यू उद्योगमा तालाबन्दी गरिएको हो । वीरगंज महानगरपालिका वडा नं. १५ भिष्वा स्थित शुभमंगल पूजा घ्यू प्रोडक्टमा सूचनाको अधारमा पाम आयल, शक्ति सुपर रिफाईन, अमृत रिफाईन, डाल्डा लगायतको तेललाई तताएर घ्यूको फ्लेवर राखेर प्याकिङ्ग गरी बेच्दै गरेको खुलेपछि त्यहाँ प्रहरी प्रशासन पुगेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चले चाही पहिले थाहा पाएर पनि अवैध आर्थिक लाभको चाहनामा ढिलो गरी उसले सम्बन्धित निकायलाई सूचना दिनु शंकाको दृष्टिले हेर्न थालिएको छ । मञ्चले चाडपर्व नजिकिदै जादाँ हुने अनुगमनमा केही आर्थिक लाभ लिने मौका नमिलेपछि मात्र नक्कली उद्योग सञ्चालन गरेको भनी सूचना लिक गरी प्रहरी प्रशासनसम्म पुगेर छापा मारी तालाबन्दी गरिउको खुलेको छ ।
गएको सोमबार उपभोक्ता हिंत संरक्षण मञ्च महानगर समितिका पदाधिकारीले उद्योगमा गएर भिडियो, फोटो खिची बार्गेनिङ्ग गर्ने काम गरेको र पैसा नपाएपछि बल्ल छापामारी गराएको स्थानीयको पनि आरोप छ । बारा, पर्सा, रौतहटमा नक्कली कारोबारीका लागी चर्चित मानिने वीरगंजकै लोकेश मितलले अरु नै व्यक्तिको नाममा उद्योग दर्ता गरी नक्कली घ्यू बनाउदै गरेको अवस्थामा उद्योग फेला परेको छ ।
उपभोक्ता मञ्चको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतले मंगलबार अनुगमन गरी तालाबन्दी गरेको छ । उपभोक्ता हित संरक्षण मञ्चले छापामारी गर्नु पुर्व नै बार्गेनिङ्ग गर्दा उद्योगमा भण्डारणमा रहेको पाम आयल, शक्ति सुपर रिफाईन, अमृत रिफाईन, डाल्डा लगायत तयारी रहेको नक्कली घ्यू समेत रातारात गायब पारिएको श्रोतले बताएको छ । यस विषयमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले भने ¥याकिंङ्ग गर्न पठाएकाले अनुगमनको कुरा बाहिर आएको दावी गरे । कार्यालयका कर्मचारीहरुबाट गल्ती भएको स्वीकार्दै आइन्दा सच्याईदै जाने उनको तर्क छ ।
लामो समयदेखि अरु नै व्यक्तिहरुको नागरिकता, लालपुर्जा लगायतको कागजातको अधारमा घरेलु तथा साना उद्योग कार्यालय वीरगंजमा उद्योग दर्ता गरी देशका कुना काप्चामा शुभ मंगल घ्यू, पुजा समाग्री तेल लगायतको भनी आम सर्वसाधारण लाई उद्योगले ठग्दै आएका लोकेश मितललाई भने प्रहरी प्रशासनको नियन्त्रण बाहिर घुमिरहेको खुलेको छ । वीरगंजमा रौटहट गलोहिया वडा नं. २ निवासी शुसिला देवीको नाममा २०७६ सालदेखि कारोबारा गर्दै आएको उद्योगले दुईवर्षमा लाखौँ रुपैयाँ नेपाल सरकारलाई कर बुझाएको उद्योगमा फेला परेको कर फर्छौटको कागजातले भने देखाएको छ ।
चाडपर्वको मौकालाई मध्यनजर गर्दै उद्योगका हर्ताकर्ता मितलले एउटा भरी गोदाममा पाम आयल, शक्ति सुपर रिफाईन, अमृत रिफाईन, डाल्डा भण्डारण गरी राखेको अवस्थामा रातारात हटाईनुले अझै पनि अन्य नक्कली उद्योग सञ्चालन भइरहेको प्रशासनले आशंका गरेको छ ।
उपभोक्ताको प्रत्यक्ष स्वास्थयका लागी निगरानी राख्ने भनी गठन भएको मञ्चले थाहा पाएर पनि निगरानी गर्न नसक्नु कमजारी रहेको स्थानीयको आरोप छ । यो कुरामा मञ्च भने आफूहरुबाट त्यस्तो अवैध कार्यका लागि कुनै बार्गेनिङ्ग नगरिएको दावी गर्दैछ ।