सनिवार वीरगंजको नगरसभागृहमा टेडेक्स वीरगंज २०१८ समपन्न भएको छ । २०१६ देखी वीरगंजमा भित्रिएको टेडेक्स वीरगंजले देशका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई एक मञ्चमा आमान्त्रण गरी अनुभव साटासाट गर्ने गर्दछन् ।
यसवर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका ७ जना प्रतिभाशालीहरुलाई टेडेक्स वीरगंजले अनुभव अदान प्रदान गराएका छन् । विभिन्न उधोगी, व्यवसायी, राजनितिक दल, विद्यार्थी तथा सञ्चारकर्मीहरुको उपस्थितिमा कर्णाली जस्तो विकट ठाऊँमा वीरगंज भन्दा पनी पहिला एक इच्छा र साहसले वार्लेस टेक्नोलोजी सेवा प्रवेश गराएका सामाजिक व्यवसायी महाविर पुन, यसैगरी देशमा आवश्यक परेका बेला विभिन्न आन्दोलनमा निःस्वार्थ रुपमा सहभागि भइरहने सामाजिक चिन्तक सिके लाल, एटलस वैज्ञानीक संस्थामा काम गरेका युवा वैज्ञानिक विक्रम उपाध्याय, पोखरिया नगरपालिकाकी उप मेयर युवा राजनितिक सल्मा खातुन र १९ बर्षकै उमेरमा तेस्रो लिङ्गीको क्षेत्रमा काम गर्न विश्वका आधा देश घुमिसकेका रुकसना कपालीले आफ्नो अनुभव आदान प्रदान गरेकी थिईन् ।
टेडेक्स वीरगंजमा आफ्नो अनुभव सुनाउँदै पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन । तस्बिर : मध्य नेपाल ।यसैगरी कार्यक्रम अन्तरर्गत भिजिट मधेशका राष्ट्रिय संयोजक ओम प्रकाश सरार्फले प्रदेश २ अन्तरर्गत र तराईमा पर्ने २२ जिल्लाको पर्यटन सम्भावनाका बारेमा औल्याएका थिए । कार्यक्रममा सफलताको कथा टेडेक्स मार्फत वीरगंजेली र अन्तराष्ट्रिय प्लेटफर्म टेडेक्सले विश्वभर युट्यूब भिडियो मार्फत फैलाउने टेडेक्स वीरगंजको योजना रहेको छ ।
अमेरिकाको सेन्डियागोबाट १९८४ मा सुरु गरिएको टेड कार्यक्रम अहिले विश्वको अधिकांश मुलुकमा फैलिएको छ । मध्य नेपाल मिडिया प्रालि मिडिया सहकार्य रहेको कार्यक्रमको सहजिकरण शैलि चौधरी, विनित डालमिया, बलिराम यादव, अल्का कलवार, आशु सरार्फ, हिमांसु बर्णवाल लगायतकाले गरेका थिए ।
कार्यक्रममा हेल्प मधेशी, अधार कन्सलटेन्सी, क्वेस्ट फर्मासिटिकल्स, वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, मधेशी एशोसिएसन इन अमेरिका, ग्लोबल मधेशी एशोसिएसन, ग्लोबल विजनस कलेज, कोशिस फाउन्डेसन, बाटिका ग्रुप, रवि ग्रुप अफ कम्पनी लगायतकाले सहयोग गरेका थिए ।