आगामी निर्वाचनबाट अनुमोदित हुन राजनीतिक दलहरुले आफ्ना पार्टीका योग्य व्यक्तिलाई छनोट गरी उमेद्वारका रुपमा निर्वाचन आयोगमा सिफारिस गरेका छन्। निर्वाचन भनेको राजनीतिक दहरुको प्रसोधन हुने माध्यम हो । राजनीतिमा योग्य, शक्तिशाली, चर्तुर र सिप भएका व्यक्तिहरुलाई छनोट गरिन्छ ।
पछिल्ला समयमा नेता विशेषका खल्तीबाट टिकट दिनुभन्दा पनि स्थानीय तहबाट विभिन्न एकाई, क्षेत्र, जिल्लास्तर, र प्रदेशबाट नाम छनोट गरी लोकतान्त्रीक शैली अंगाल्न खोजिदैछ । तर अहिले पनि विभिन्न दलहरुले कसरी छनोट गर्छन् ? के का आधारमा गर्छन्, त्यो कुरा प्रष्ट छैन । कुनै नेतृत्व विशेषलाई सखाप गर्ने, उँभो लाग्न नदिने भन्ने किसिमका नामहरु सिफारिसमा हुने गरेको पनि छ ।
एकले अर्कोलाई उपेक्षा गर्नु दलको आन्तरिक जिवनमा मात्र होइन, दलको जित्ने सम्भावनालाई पनि कमजोर बनाउने कुरा नकार्न सकिन्न । त्यस कारणले दलका व्यक्ति छनोटमा केही मापदण्ड तयार गर्नुपर्छ र त्यो मापदण्डको आधारमा योग्य व्यत्तिलाई छनोट गर्नुपर्छ । एउटै व्यक्तिलाई पटक पटक छनोट गर्नु हुदैन । छनोट भएको व्यक्तिबाट उ र पार्टीको जित हुन्छ कि हुदैन, कति मत ल्याउन सक्छ, उसले जित्ने सम्भावना कति छ, भन्ने छलफल गरेर छनोट गर्नु पर्छ । पुरानालाई मात्र थप्दै जाने हो भने नयाँ युवाहरु राजनीतिमा कसरी आउन सक्छन् ?
मधेश प्रदेशमा के छ ? भने आफु छोटो समयमा जित्न चाहने र आफुलाई टिकट दिएनन् भने अरु दलसंग मिलेर त्यो पार्टीलाई हराइदिने चलन नयाँ होइन । हामीले युवाहरुलाई पनि मौका दिनु पर्छ । राजनीतिक गर्ने व्यक्ति दलीय पद्धतिमा बस्नु पर्छ र दलको मान्यता पालन गर्नुपर्छ । दलको निर्णयमा असहमति भए पनि आफ्नो पार्टीलाई सहयोग गर्नुपर्छ । दलले पनि अन्तरघातीलाई अनुशासनको कार्वाही गर्नु पर्छ ।
एउटा समितिले नेता विशेषको नाम उपेक्षा गरेर अर्को नेताको नाम सिफारिस गरेको हुन्छ । कसैको स्थानीय तह, क्षेत्रबाट नाम आएको हुदैन, तर प्रदेशले उसको नाम छनोट गरेर पठाउँछ । यस्ता विभिन्न समस्याहरु छन् । एकल नाम गयो भने राम्रो । मुल कुरा दलहरुले आफ्नो दलहरुको छनोट गर्दा निश्चित प्रक्रियाका आधारमा बढी विमर्स गर्नुपर्छ ।