गठबन्धनबाट बाहिरीएर जसपाले एमालेसंग तालमेल गर्न थालेपछि नेपाली राजनीतिमा अहिले तरङ्ग पैदा भएको छ । विभिन्न तहका व्यक्तिहरुले जसपा बारे आ–आफ्नै किसिमले टिका टिप्पणी गर्न थालेका छन् । यसै विषयमा प्राध्यापक ललन द्विवेदीसंग मध्य नेपालका लागि बलिराम यादवले गरेको संक्षिप्त कुराकानी जस्ताको त्यस्तै :-
सिटको कुरा नमिलेपछि एमाले र जसपाबिच चुनावी गठबन्धनको प्रयास भएको छ ? यसलाई यहाँले कुन रुपमा लिनुहुन्छ ?
पक्कै पनि यो सकारात्मक सन्देश होईन । हिजोसम्म सरकारमा भएकै गठबन्धनबिच सिट वाँडफाँडको कुरा चलिरहेको थियो । तर आज एक्कासी जसपा जुन युटर्न भएको छ । त्यसले ‘‘पल्टुराम’’ भन्ने एउटा नयाँ थेगु आएको छ । जुन उपेन्द्र यादवमा राम्रोसंग लागु भएको देखिन्छ । त्यसरी एक्कासी एमालेसंग मिल्नु भनेको राजनीतिक एउटा बिकृत रुप हो भने उपेन्द्र यादवले प्रमाणित गरिरहनु भएको छ ।
पद र आफु जित्नको लागि वा दबदबा कायम रहोस् त्यसको लागि जे पनि गर्ने खालको चरिद्र भएको एउटा नेता हुन उपेन्द्र यादव । वहाँमा कुन सिद्धान्त र कुन भावना छ ? त्यो भन्न गाह्रो छ । एक टिभी इन्टरभ्युमा पनि उपेन्द्र जीले भनेका थिए की ‘‘मधशेवाद’’ के हो मलाई थाहा छैन् ? माक्सबाद र लेलिनवाद त पढेको छु तर मधेशवाद कही पनि हुदैन, म मधेशवाद जान्दैन् । त्यो कुरालाई सायद उपेन्द्रजीले चरितार्थ गर्नुभएको छ । कता जानुहुन्छ, कता रहनुहुन्छ भने बारे नेताहरुले कसरी विश्वास गरेका छन भने प्रश्नको कुरा छ ।
संसद विघटन गरेको र नागरिकता विध्येक एमालेले रोकेको भन्दै एमालेको आलोचना गर्ने उपेन्द्र यादवले अब आउने निर्वाचनमा एमालेको प्रचार कसरी गर्छन् ? कस्तो लाग्छ यहाँलाई ?
वहाँको कुरा त देखिहाल्यो नि । फेरी हाल्छ, बिहानदेखीे बेलुका, बेलुकादेखी बिहान । हिजोसम्म नागरिकताकै पक्षमा उपेन्द्रजी हुनुहुन्थ्यो । एमालेले नै उकासेको बलमा राष्ट्रपतिजीले सदनबाट दुई÷दुई पटक पास भएको नागरिकता विध्येक सदर नगरेको अवस्थामा त्यसमा एमालेकै हात थियो भने राष्ट्रव्यापी सबैलाई थाहा छ । तर उपेन्द्रजी एमालेतिर जानु भएको छ भने यसको मतलब उपेन्द्रजीलाई पनि नागरिकता बिध्येक चाहिएको थिएन् । अब नागरिकता बिहिन भएका नागरिकहरुको पक्षमा म छु भनेर वहाँले कसरी बोल्नु हुन्छ ? वहाँको यो दोहोरो चरित्रले वहाँ कुनै जनता र कुनै समुदायको पक्षमा छैनन् । आफु कसरी पद र सत्तामा टिकिरहने त्यस्तो किसिमको व्यवहार वहाँमा देखिएको छ ।
चुनावको बेला जुनसुकै पार्टी स्वार्थको लागि रातारात मिलि हाल्ने नभए गालिगलौज गर्ने परिपार्टीलाई मधेशको जनताले कुन रुपमा लिने ?
मधेशी जनताले भोलीका दिनमा आफ्नो मत दिएर त देखाउँछ नि कि कुन रुपमा लिएका छन् । तर आम जनतासंग बुझ्दा खेरी त्यती सकारात्मक रुपमा लिएका छैनन् । यो स्वार्थको लागि भएको गठबन्धन हो । यो कुनै एउटा सिद्धान्त वा बिचार मिलेर गठबन्धन भएको छैन् । गत निर्वाचनमा बाम गठबन्धन भयो । कम्युनिष्टहरुको एउटा आफ्नो छुट्टै सिद्धान्त हुन्छ । तर अहिले त त्यसतो पनि देखिएन् ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, अरु पनि लोकतान्त्रिक पार्टी नेपालमा छन् । तसर्थः बामपन्थीहरु बिचको गठबन्धन र लोकतान्त्रिक पार्टीहरुको बिचको गठबन्धन भईदिएको भए भोलीको दिनमा देश कुन दिशामा जाने एउटा कुरा हुन्थ्यो । तर अहिले के छ भने स्वार्थको लागि बामपन्थी र लोकतान्त्रिक मिलेका छन् । आफुलाई मधेशी दल भन्ने उपेन्द्रजीको पाटी हिजोको दिनमा मधेश बिरोधी एमालेलाई नै गाली गलौंज गर्ने अनि उसको पनि गाली खाने आज फेरी उसैसंग मिल्ने कुरा आश्चर्य छ । जसपाले एमालेसंग गठबन्धन गर्नु जनताले सकारात्मक रुपमा लिएका छैनन् । सायद परिणाम पनि त्यती आउँदैन जस्तो लाग्छ ।
गठबन्धनबाट जसपा निस्कनु र लोसपा छिर्नुले कस्तो असर पार्छ चुनावमा ? कसलाई लाभ हुन्छ यसले ?
असर कसलाई पर्ला त्यो त भोलीको दिनमा देखाउँछ । लाभ त जसपालाई पनि हुन सक्छ किन भने जसपा स्वार्थकै लागि गठबन्धनबाट गएको हो । लोसपालाई त अवश्य नै फाईदा हुन्छ । किन भने लोसपा पनि लोकतान्त्रिक धार भएको पार्टी हो । कांगेससंग अरु बामपन्थी धाराका पनि पार्टीहरु मिलेको छ । पक्कै न पक्कै लोसपा कुनै गठबन्धनमा हुन्थ्यो । एमालेतिर हुँदा पनि लोसपालाई नै फाईदा हुन्थ्यो ।
यता गठबन्धनतिर भएपछि पनि लोसपालाई नै फाईदा हुनेछ । किन भने एक्लै चुनाव लड्न सक्ने स्थितिमा लोसपा अहिले थिएन् । उसको संगठन अलि कमजोर भईसकेको अवस्था छ । त्यसकारण यो गठबन्धनमा लोसपालाई फाईदा हुन सक्छ । उपेन्द्रजीको पार्टीलाई कतिको फाईदा हुन्छ भने कुरा भन्न सकिदैन । तर धेरै फाईदा हुन्छ भन्ने आशले नै एमालेतिर जानु भएको छ । अब भोलीको मत परिणामले त्यो कुरा देखाउँछ ।