वीरगंज । चार्डवाडको मौका छोपेर पर्साको विभिन्न नाकाबाट तस्करी मौलाएको पाईएको छ । पर्साको ग्रामिण भेगका नाकाहरुबाट रातको समयमा भैसी, रााँगा, खसी बोका मात्रै होईन लत्ताकपडा, हार्डवेयरका सामान, चामल, चिनी, तेल जस्ता सामान भारतबाट नेपालतर्फ तस्करी भईरहेको छ । साथै भन्सार छलेर नेपालबाट भारततर्फ कबाडीमा मदिराको तस्करी भईरहेको पाईएको हो ।
कबाड लोड गरेको ठेलामा काटुनका काटुन मदिरा राखि रातीको समयमा नेपालबाट भारततर्फ तस्करी भईरहेको छ । खुल्ला सीमानाकामा तस्करी नियन्त्रण र राजश्व बढोत्तरीको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईएको छ । तर दशैं, तिहारको मौका छोपेर सीमानाकामा तस्करी मौलाउँदै गएको पाईएको छ ।
तस्करहरुले रातीको समयमा अबैध तरिकाले मालसामान वारिपारी गरिरहेको पाईएको छ । पर्साको वीरगंज भन्सार, इनार्वा, छपकैया, भिस्वा, अमरपट्टी, जानकीटोला, महादेवपट्टी लगायतका सीमानाकाहरुबाट रातीको समयमा तस्करी भईरहेको पाइएको छ । यी नाकाहरुबाट तस्करहरुले राँगा भैसी, खसी बाख्रा, कपडा, इलेक्ट्रोनिक पार्टस्, किराना लगायतका सामान भित्रियाईरहेका छन् ।
वीरगंजको इनार्वा नाकाबाट कबाडभित्र लुकाएर भारतको बिहार राज्यमा अबैध मानिएको मदिरा, रक्सी, छोहडा निर्यात भईरहेको पाईएको छ । यति मात्रै होईन यी नाकाबाट रातीको समयमा अबैध तरिकाले संयौ खसी बाख्रा भित्रिने गरेको छ । पर्साको ग्रामिण भेग प्रसौनीभाठ्ठाको नाकाको प्रयोग गरि रातीको समयमा प्रहरीकै मिलेमतोमा भैसीको तस्करी हुने गरेको भैसी ल्याउने भरियाले नै बताउँछन् । भैसी भरियाका अनुसार स्थानीयदेखी जिल्लासम्मको प्रहरीलाई मिलाएर नै रातीको समयमा नवसाद नाम भैसी तस्करले तस्करी गर्ने गरेका छन् ।
चार्डवार्डको समयमा पहिलेभन्दा बढि कडाई हुनुपर्ने हो तर त्यस्तो भएको पाईदैन् । यसले प्रहरीको मिलेमतोमा तस्करी भईरहेको आशंकालाई थप मलजल गरेको छ ।