जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा निर्वाचन क्षेत्र–१ को ‘ख’बाट उमेदवारी दिने तयारी गरेका छन् । आसन्न निर्वाचनका लागि उनले जनता समाजवादी पार्टी ९जसपा०बाट उमेदवारी दिने तयारी गरेका हुन् । उनी ०७४ को निर्वाचन पनि सोही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए ।
सो क्षेत्रबाट प्रतिनिधिसभातर्फ पनि जसपाकै प्रदीप यादवले उमेदवारी दिने तयारी छ । यादव अहिले केन्द्रमा वनमन्त्री छन् । यस्तै, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले धनुषा–३ को ‘क’बाट उमेदवारी दिने तयारी छ । उनी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको कोटामा उमेदवार हुन लागेका हुन् ।
सो क्षेत्र प्रतिनिधिसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को भागमा परेको छ । लोसपाले यहाँ अनिल झालाई उमेदवार बनाउने निर्णय गरेको छ । ०७४ मा यो क्षेत्रमा तत्कालीन राजपाबाट राजेन्द्र महतो निर्वाचित भएका थिए ।
मधेसका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विजयकुमार यादव सिरहा–२ ‘ख’बाट र राज्यमन्त्री योगेन्द्र यादव रौतहट–१ ‘ख’बाट उमेदवार बन्न लागेको बताइएको छ । यादवद्वयले जसपाका तर्फबाट उमेदवारी दिन लागेका हुन् । उनीहरू नेकपा ९एमाले०–जसपा गठबन्धनका साझा उमेदवार हुनेछन् ।
यसैगरी, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघन महताले धनुषा–४ ‘ख’बाट उमेदवारी दिने तयारी छ । उनी नेकपा ९एकीकृत समाजवादी०को कोटामा लोसपासहित पाँचदलीय गठबन्धनका साझा उमेदवार हुनेछन् ।
मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह नेकपा ९माओवादी केन्द्र०को कोटामा महोत्तरी–१ को ‘ख’बाट उमेदवारी दिने तयारीमा छन् । पार्टीको जिल्ला र क्षेत्रीय कमिटीले भने उनको नाम महोत्तरीका चारै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो । तर, अन्तिमममा उनले प्रदेशसभातर्फ उमेदवारी दिन लागेको हुन् ।
सो क्षेत्रबाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल प्रतिनिधिसभातर्फ उमेदवार बन्ने निर्णय गरिएको छ ।
यस्तै, समाजिक विकासमन्त्री नवलकिशोर साह जसपाबाट सप्तरी–१ ‘ख’बाट, महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह सर्लाही–४ ‘क’ बाट उमेदवारी दिने तयारीमा छन् ।
अर्थमन्त्री शैलेन्द्रप्रसाद साह यसअघि सप्तरी–२ ‘क’ बाट निर्वाचित भएका थिए । योपटक अहिलेसम्म उनको उमेदवारी तय हुन सकेको छैन ।
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिई दीपेन्द्र झा पनि निर्वाचनमा होमिएका छन् । उनी जसपाका तर्फबाट महोत्तरी–३ ‘क’बाट उमेदवार बन्न लागेका हुन् ।
यो समाचार बाह्खरीबाट साभार गरिएको छ ।