बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २१ मा २०७४ को स्थानीय तहको निर्वाचनमा पुनदेव प्रसाद रौनियार निर्वाचित थिए । अहिले भने यो वधडामा अर्कैले व्यक्ति निर्वाचित भएका छन् । नयाँ जोस र नयाँ नेतृत्व भन्ने चौतर्फी चर्चाका बीच वर्तमान वडा अध्यक्षले चाही कत्तिको गतिवान कार्य सम्पादन गर्दै हुनुहुन्छ ? पहिलेका वडाध्यक्षको नजरमा उनको कामको प्रभावकारीता कत्तिको छ ? भनी पूर्व वडा अध्यक्ष पुनदेवसँग गरिएको छोटो कुराकानी ः
वर्तमान निर्वाचित वडा अध्यक्षहरुको कामलाई कसरी नियाली रहनु भएको छ ?
अहिले हाम्रो कलैया उपमहानगरपालिका वडा नं.२१ को जुन वडा अध्यक्ष हुनुहुन्छ उहाँ अहिले ७० वर्षभन्दा माथिको हुनु हुन्छ । २० वर्ष पहिला गाविस हुँदा अध्यक्ष हुनुभाको थियो मुखिया जी भन्ने गरेका थियौं । अहिले उहाँ फेरि २१ नं. वडाको नेतृत्वमा पुग्नु भएको छ । पुरानो अनुभवी मान्छे जनताका लागि केही गर्नु हुन्छ भन्ने थियो । तर अहिले उहाँको काम गराई हेर्दा सार्वजानिक सरोकारका अन्य प्रशासनिक कामहरु गर्न प्राविधिक रुपमा सक्नु भएको छैन । सार्वजानिक सूचना गरी वडा भेला गर्ने योजनाहरु छान्ने जस्ता कामहरु उहाँले गरेका हामीले देखेका छैनौ । उहाँले आफनो बैठकबाट योजनाहरु दिनुभाको भन्ने छ । तर कार्यान्वयन तहमा नपुगी यसै भन्न सकिन्न ।
अहिले निर्वाचित वडाका जनप्रतिनिधिको सयदिन पुग्दा तपाईले चाहेको जस्तो काम देख्नु भएन हो ?
यसको बिषयमा कुरा गर्दा अहिलेको सय दिन पूरा भइसक्दा खासै तेस्तो केही देखिएको छैन । सिफारिसहरु त वडा सचिवले नै गर्ने काम हो । वडा कार्यलय पनि खुलिरहेको छ । तर एउटा समस्या के देखिन्छ भने एउटा सचिवले दुई वटा वडा चलाएको छ । हामीले वडा अध्यक्षज्यूलाई पटक पटक भन्ने गरेका छौ कि हाम्रो वडामा काम अलि बढि छ । तेसैले ७ दिनसम्म वडामा बस्ने सचिवको लागि नगरप्रमुखसंग आग्रह गर्नुस् । तर वडाबाट सुनुवाई भएको छैन । ३ दिन हाम्रो २१ नं. वडामा सचिव आउने र ३ दिन २२ नं. वडा जाने गर्दा सय दिनमा हाम्रो वडामा प्रभावकारी काम हुन सकेको छैन ।
तपाईले गर्न बाँकी काम अहिलेको वडा अध्यक्षले गर्नु भयो त ?
मैले गर्न बाँकी काम त त्यस्तो कुनै भएको छैन । २० वर्षपछि स्थानीय निर्वाचन भएको थियो र फेरि २०७४ मा म निर्वाचित भए । २० वर्षदेखिको धेरै कामहरु बाकी थियो । यो मानव जिवनमा कामहरु कहिले पनि रोकिदैन समस्याहरु आइरहन्छन् । भइरहन्छन् । अलि तिव्र गर्ने कुरा भने मात्र हो । अझ विकासका कामहरु चलिरहने नै भए । हामीले पनि धेरै कामहरु गरेका थियौं । अब जुन बाँकी छ । मैले गर्न नसकेका त भन्दिन । हाम्रो वडामा ७ वटा टोल छन् । सबै टोलमा केहि–केहि गरेकै छु । धर्मशाला, मन्दिर, मस्जिद, स्कुलको व्यस्थापन लगाएत बाटो समेत बनाएको थिए । समस्या भनेको पसाह खोलाको हो । अहिलेसम्म पसाहा खोलाको व्यस्थापन भएको छैन । २१ नं. वडाको ठुलो समस्या भनेको यो पसाहा खोलाको नै हो । प्रत्येक वर्ष पचास बिगहाभन्दा बढिको कटान गर्छ । पानी परेको बेला सबै टोलहरुमा पसाहाको पानि बग्ने गरेको छ । यसको कारणले मानिसको जनजिवन अस्तबेस्त हुन्छ । यो समस्या समाधान गर्न जो कोही वडाध्यक्ष भए पनि सकृय पहले गरेपछि मात्र बाँकी कामले गति लिन्छ । कलैया उपमहानगरपलिका, प्रदेश सरकार र संघ सरकारलाई मेरो पालामा पनि भनिएकै हो । यसको अलावा नाला र खानेपानीको पनि व्यस्थापन गर्न बाँकी छ । शिक्षा तर्फ प्राविधिक शिक्षाको वडामा कमी छ । मुलुकका करिब ५० लाख युवा खाडी मुलुकमा अधिकतम जोखिममा काम गर्न बाध्य छन् । स्वदेशमा नै उनीहरुलाई रोजगारी दिने गरी सीप मुलुक शिक्षा दिन जरुरी छ । २०६६ सालमा साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष भएको समयमा २०७० सालमा दुग्ध डेरीको अवधारणा ल्याउर २०७२ सालमा सम्पन्न गरिएको थियो । सबै जनसमुदएको सहयोगमा यहाँ डेरी बनेको छ । अब यो दुग्ध डेरी महिनाको करिब ८ लाखसम्मको दुग्ध किसानहरुले जम्मा गर्छ । त्यस कारण रोजगारीको थोरै भए पनि सृजना भएको छ । यस्ता धेरै काम गर्न बाँकी छ । समाजमा महिला हिंसा सामाजिक कृरुति न्यूनिकरण भएको छ ।
मेरो कार्यकालमा यस सम्बन्धी सचेतनाका विभिन्न तालिम पनि चलाइएको थियो । जिल्ला प्रहरी कार्यालयलाई त्यो तालिममा सामावेश गराइएको थियो । त्यसले थोरै भए पनि हिंसा गर्न नहुने रहेछ भन्ने सन्देश गएको थियो । त्यसलाई न्यूनिकरण गर्न अहिले खासै निरन्तरता दिएको छैन ।