मुलुकको भाग्य र भविष्यको फौसला गर्ने अवसरका रुपमा लिइने निर्वाचन फेरि नेपालमा पनि मनजिकिदैछ । निर्वाचनको मिति नजिकिएसँगै हरेक दल र स्वतन्त्रले समेत नागरिकलाई आफ्नो–आफ्नो पक्षमा पार्न विभिन्न हत्कण्डा अपनाउन थालेका छन् । उनीहरुको सकृयताले आम मानिसमा पनि निकै तरंग पैदा गर्न थालेको छ । एकातिर नेपालीहरुको महान् पर्व बडादशैले भरखरै आँगन छोड्दै अर्काे ठूलो पर्व दिपावलीलाई पनि स्वागत गर्न बसेका आम जनताको घर आँगनमा यो पटक भने दिपावली र छठ पर्व मात्र नभई क्रमशः निर्वाचनले पनि पाइला निकट ल्याइरहेको छ । साच्चै भन्नुपर्दा घरमा आएका पाहुना तथा बजारी माहौल समेत निर्वाचन लक्षित कै चर्चामा छ । संघीय निर्वाचनको लागि दल र वेदलका उमेद्वारहरुको नामावली बाहिरिएसँगै पर्वहरुसँगै निर्वाचनको माहोल नेपाली राजनीतिमा मडारिन थालेको छ । यो निक्कै चासो र चर्चाको बिषय हो । हुनु पनि पर्छ । यसमा यो पटक भने युवाहरुको अग्रसरताका कुरै अलि बढि चर्चामा छ । यो पनि स्वभाविक हो । बढ्दो युवा जमातको सकृयता र लगनशिलतालाई दृष्टिगत गर्दा युवाहरुको राजनीतिमा पनि अवसर र चर्चाको कुरा समयसान्दर्भिक पनि छ ।
राजनितीमा युवाको उपस्थिति
नेपालमा भएका हरेक ठूला या साना आन्दोलनमा युवाहरुको सहभागीता अग्रपंतिमा रहेको पाइन्छ । तर बिडम्बना युवाहरुको काँधमा टेकेर भएका परिवर्तनमा भने युवाहरुको उपस्थिति वा नेतृत्वको कुरामा खासै महत्व दिएको पाइदैन । प्रायः हरेक दलका ६० कटेकाहरुको जमात मात्रै यो पटक पनि उमेद्वारी दर्तामा देखिनुले कहीँ न कहीँ युवाहरुलाई राजनीति यात्रामा पाखा लगाइएको जस्तो देखिएको छ । युवाहरुको लागि यो अवस्थाले राजनीति गरौं कि नगरौंको स्थितिमा पु¥याएको छ । यहि परिणति हो दलबाट उछिट्एिर स्वतन्त्र धेरै देखिएका युवाका अनुहारहरु । नेपालको जनसख्याको अनुमानित अंकगणितलाई हेर्दा १५ देखि ४० समुहका युयाहरुको सख्या ४४% प्रतिशत छ । ४५ देखि ५५ बर्ष उमेरका समुहलाई अहिले हुर्कदै गरेका ४० मुनिका युवा र ६० बर्ष पार गरेका उमेर समुहले नेता नै नपत्याउने तितो तर यर्थात बिडम्बना यहि छ । यहि कारणले पनि सायद नेपालको राजनीतिमा मुलधारको पुस्तालाई हेर्दा प्रतिनिधित्व गर्ने युवालाई हेर्दा दिउँसो नै बक्ति बाल्ने अवस्था अर्थात नगन्य मात्रामा देखिन्छ कि जस्तो भएको छ । राजनीति गर्ने व्यक्तिको लागि कुनै औपचारिक शिक्षाको आवश्यकता पर्दैन । न कि नेता बन्नको लागि कुनै शैक्षिक प्रमाण पत्रको आवश्यकता नै । तर यो सत्य हो देशलाई संचालन गर्ने राजनीतिज्ञ बन्नको लागि लिडरशिप गर्न सक्ने क्षमता, देश संचालनको निमिक्त गहिरो अध्ययन, समय अनुकुलतालाई प्रभाव पार्ने सक्ने अनुभवको साथै रचनात्मक कलात्मक साथ बुद्वि र विवेक भएको व्यक्तिले मात्रै राजनीतिको बाटोमा सफल अवतरण गर्न सक्छन् ।
युवा पुस्ताको महत्वकाक्षा के हो ? यी पुस्ताले अबको राजनीति भविष्य कस्तो हुनुपर्दछ ? राजनितीक परिवेशलाई मुल्याङ्गन गर्दै आउने पुस्ताले देख्ने सपना, कल्पना र यर्थाथको बारेमा अहिलेको पुस्ताले गम्भिर भएको देखिँदैन । आफ्नो क्षणिक स्वार्थपुर्तिको लागि दलिय भागबण्डा अहिलेको बदलिँदो परिस्थितीमा मानविय, समाजिक मुल्य मान्यतालाई अंगिकार गर्ने असल युवा आजको राजनितीलाई नेतृत्व प्रदान गर्ने अवशर हुनुपर्दछ । आजका युवा भोलिका पुस्ताका परिकल्पनाकार भएको हुँदा तिनलाई अवसर प्रदान गर्न जरुरी छ । विचार व्यवहारमा बदल्न सक्नु पर्दछ
राजनीतिमा पात्र भनेर केवल शब्द बदिलिए । तर न विचारमा बदलाव देखियो न ठूल्ठूला मंचमा उद्घोष गरिएका भाषणलाई व्यावहारमा सदुपयोग गरियो । राजनितिक संस्कार स्वच्छ प्रतिस्प्रदा, विज्ञहरुको सहभागिता सुझाव, नीति, कार्यक्रमका व्यवहार विकाश दुरदर्शीता, तालिम, नेतृत्व परिचालनमा आत्मियता सहितको विश्वास, प्रजातन्त्र, राजत्रन्त्र, गणतन्त्र प्राप्तिपछिका सांगठानिक संरचनाका स्वरुप अहिले पनि फरक देख्न पाइदैन । तन्त्र परिवर्तन त भए तर देशको सुशासन व्यवस्था परिवर्तन गर्ने मन्त्र उहिँ पढिरहने प्रवृतिका कारण समय अनुसार उत्पन्न भएका राजनिती विचारलाई व्यवहारत गर्न नसकिरहेको अवस्था छ । नेतालाई कुर्शी मोह, कार्यकर्तालाई नेताको बगाडी पछाडि मात्रै फन्को लाउने दलिय राजनिती व्यवस्था सबैजसो दलमा लिप्तछन् । आज त्यसैको फलस्वरुप नेताका अगाडी कार्यकर्ता अपमानित, असुरक्षित, निरीह भएर विचारहीन हुल कहिले यो दलमा त कहिले त्यो दलमा समाहित छन् । फेरिी पनि स्थिर अनि संतुष्टीजनक बन्न नसकिरहेको अवस्था छ । नेपाली राजनितीमा प्रजातान्त्रिक सस्कार, अनुकुलको प्रविति, विधि र पद्वतिलाई परिपालन गर्न गराउन नितान्त आवश्यक छ । आज सिंगो मुलुक र दलीय राजनीतिकदलहरु राजनिती आन्दोलनबाट प्राप्त उपलब्धीलाई कार्यन्वयनको निमित आफ्नै संगठन व्यवस्थित बनाउन नसकिरहेको अवस्था छ । युवा गुटउपगुट माथि हुनुपर्दछ
नेपाली राजनीतिमा सक्रिय युवाहरु बढि गुट उपगुतटले दिक्षित छन् । आफु नजिकका र भाइचारा सम्बन्धभन्दा पर सिद्धान्तमा ढल्न नसक्ने परम्पराले नेपाली राजनीतिक खाडल अझ गहिरिंदो छ । अहिलेको अवस्थामा युवा नेतृत्वको चासो भइरहेको बेला युवा पुस्ताहरुले अबको राजनितीलाई काधमा जुरुक्कै बोकेर हिड्ने हुन सक्ने हुने पर्छ । पुराना पुस्ताहरुसँग सहकार्यमा निरन्तर लाग्नु पर्ने देखिन्छ । समयको परिवर्तनसँगै नेपालको मुलधारको राजनितिमा युवा जमात तयार हुनुपर्दछ भने सक्षम परिपक्व नेतृत्वको लागि आफन्त, आसेपासेलाई होईन सक्षम र सकृय युवालाई नेपाली राजनितीमा प्रवेश गराउन अहिलेको पुस्ताले सोच्ने बेला हो यो । यो बेला भनेको युवाहरुलाई कमजोर आकने होईन उपयोग गर्ने हो । इतिहासलाई फर्केर हेर्दा सिकन्दर विश्व विजयको यात्रा शुरु गर्दा २१ बर्षका थिए । पृथ्वीनारायण साह नेपाल एकिकरणमा लाग्दा २१ बर्षकै थिए । काल मार्क धोषणा पत्र लेख्दै गर्दा ३० बर्षका थिए । कृण्ण प्रसाद भट्टराई ३५ बर्षमा नै सभामुख भएका थिए भने बिपी कोईराला मात्रै ३७ बर्षमा मुलुकको गृहमन्त्री भएका थिए । तर अहिलेको राजनितीमा स्वच्छ स्वतन्त्र र असल छवि भएका नेता पाउन मुश्किल भएको छ । यो जमात बढिरहेको बेला नेपाली राजनितीमा युवा पुस्ताले धेरै कुरा सिकेर परिवर्तन ल्याउन आवश्यक छ । आन्दोलन चाहे राजनितीक होस् वा अन्य हक अधिकारको परिवर्तनको किन नहोस् । आजसम्मका आनदोलनहरुको उपलब्धिका रुपमा संविधानमा संघियता, धर्म निरपेक्षता, समानुपातिक समावेशी, जातिय, क्षेत्रीय, वर्गिय समानताका लागि अघिल्लो पुस्ताले गरेको भुमिका प्रसंसनीय छ । तर अब सामाजिक मानसिक, संरचनागत समस्या, मुद्दा उठान र समाधान, यी सबै कुरामा स्वच्छाचारी राजनीतिको हावी भएको छ । यो फेजबाट माथि उठी नयाँ युवाहरु पनि राजनीति प्रति नैतिकवान भई पथभ्रष्ट नभई अगाडी बढ्न पर्ने भएको छ ।