पोहोरभन्दा यस वर्ष महँगी दोब्बरले बढेको छ। यस्तै‚ भदौसम्म विदेशी मुद्राको सञ्चिति नौ अर्ब ३५ करोड डलरमा ओर्लिएको देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार‚ चालू आर्थिक वर्ष २०७९ र ८० को भदौसम्म मूल्यवृद्धि दर ८ । ६४ प्रतिशत पुगेको छ । यो दर गत वर्षको यही अवधिमा ३।४९ प्रतिशतमा सीमित थियो।
सबैभन्दा धेरै फलफूलको मूल्य १७।२९ प्रतिशतले बढेको छ। घ्यू(तेल, होटल(रेस्टुरेन्ट र तरकारीको मूल्य क्रमशः १४।५३, १२ । ३० र ९ । ९४ प्रतिशतले उकालो चढेको छ । गैरखाद्य समूहमा पर्ने यातायात, स्वास्थ्य सेवा, घरायसी वस्तु आदिको मूल्य पनि अचाक्ली बढेको छ। यातायात २३।४१ प्रतिशत, स्वास्थ्य सेवा १०।५४ प्रतिशत, फर्निसिङ र घरायसी उपकरण ९ । २५ प्रतिशतले बढेका छन् ।
राष्ट्र ब्यांकका अनुसार, भदौमा थोक मूल्यवृद्धि १४ प्रतिशत छ। थोक मूल्यवृद्धि दर उच्च हुनुको अर्थ आगामी महीनाहरूमा खुद्रा मूल्य थप उकालो लाग्ने जोखिम हुनु हो । भदौमा निर्माण सामग्रीको मूल्य १९। ३६ प्रतिशतले बढेको छ ।
राष्ट्र ब्यांकको तथ्याङ्कले भदौसम्म विदेशी मुद्राको सञ्चिति नौ अर्ब ३५ करोड डलरमा ओर्लिएको देखाएको छ। यो असारमा नौ अर्ब ५४ करोड डलर थियो। सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन कतिपय विलासी वस्तुको आयात रोके पनि डलरको सञ्चिति घट्ने क्रम रोकिएको छैन ।
यो आर्थिक वर्षको पहिलो दुई महीनामै चालू खाता घाटा रु । ३७ अर्ब १८ करोड पुगेको छ। यद्यपि‚ यो गत वर्षको यही अवधिको तुलनामा न्यून हो। गत वर्षको यही अवधिमा चालू खाता घाटा रु।एक खर्ब ६ अर्ब घाटामा थियो । भदौसम्म देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति रु।२३ अर्ब ६८ करोड घाटामा पुगेको छ। गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति रु । ९४ अर्ब ८० करोड घाटामा थियो ।
चालू आर्थिक वर्षको पहिलो दुई महीनामा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सकेको छैन । यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी रु । ८१ करोड ऋणात्मक छ। देशमा भित्रिने वैदेशिक लगानीका तुलनामा बाहिरिने लाभांश रकम धेरै भएकाले यो ऋणात्मक भएको हो। गत वर्षको यही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी रु । तीन अर्ब चार करोड भित्रिएको थियो ।
भदौसम्म नेपालले रु । २८ अर्ब ६८ करोडको वस्तु निर्यात गरेकोमा रु।दुई खर्ब ७३ अर्ब ६० करोडको वस्तु आयात गरेको छ । चालू वर्षको दुई महीनामा अन्तर्राष्ट्रिय व्यापारमा नेपालले रु । दुई खर्ब ४५ अर्ब हाराहारीमा घाटा बेहोरेको छ ।