वीरगंज अब हर्न निषेधीत र प्लाष्टिक जन्य झोला मुक्त शहर हुने भएको छ । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्म कुमार भुषालले कार्यक्रमको सम्बोधन गर्दै वीरगंज अब हर्न निषेधीत र प्लाष्टिक जन्य झोला मुक्त शहर तर्फ उन्मुख हुने बताएका थिए ।
वडा न ४ का अध्यक्ष जगत शाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत डा भिष्म कुमार भुषालले वीरगंज नगरलार्इ सभ्य सफा र स्वच्छ बनाउन महानगरपालिकाले हर्न निषेधित क्षेत्र घोषणा गर्नुको साथै प्लाष्टिक जन्य झोला थैला माथि प्रतिबन्ध लगाउने भएकोले सबैको सहयोगको खाचो रहेको बताएका थिए । उनलेले आज पाठ्यसामग्री वितरण गरेर वीरगंज युवा समाज र वडा समिति कार्यालयले शिक्षा अनिवार्य रहेको सन्देश प्रवाह गरेको बताए ।
वीरगंज युवा समाज एवंम वडा समिति कार्यालय बिर्ता ४ को संयुक्त आयोजनामा असहाय तथा बिपन्न बालबालिकाहरुलार्इ पाठ्य सामाग्रि बितरण गरिएको छ ।
कार्यक्रमका बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मानबहादुर राई, बिकन माविका निर्देशक प्रकाश उपाध्याय, मास्कोट माविका छेदुप लामा मनकामना माविका पुरण प्रधान, मुनलाइट माबिका श्याम केसि, अभिभावाक संघ नेपालका उपाध्यक्ष महेश गौतम, मार्टिन मोक्तान, ब्यबस्थित वीरगंजका संयोजक दिलिपराज कार्कि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरिक्षक निशान थापालाई सामाजिक कार्य तथा सुरक्षा ब्यबस्था मजबुत तुल्याउन अहम भुमिका खेलेको भन्दै सम्मान गरिएको थियो । असहाय तथा बिपन्न बालबालिकाहरुलाई बिस्कुट, कपि ,कलम, पेन्सिल लगायतका शैक्षिक सामगि प्रदान गरिएको थिए। कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । यस्तै कार्यक्रमको सहजिकरण वीरगंज युवा समाजका सचिव हेमन्त तामाङले गरेका थिए ।
कार्यक्रमको संयोजन युवा समाजका सह कोषाध्यक्ष अमित गुप्ताले गरेका थिए ।