तिहारको लगतै तराइ प्रदेशमा छठ पूजाको उत्सव धुमधामकासाथ सुरु हुन्छ । वास्तवमा छठ पूजा उत्सवको रुपमा मात्र न भइ कठीन ब्रतोपवास पूर्वक गरिने घोर तपस्याको रुपमा देखा पर्दछ । कठीन शुचिता, दृढ संयम, पूर्ण ब्रह्मचर्य, तथा नितान्त उदासिनताका साथ छठी माताको भक्तिपूर्ण अराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । अन्य ब्रतहरुमा एक वा दुइ छाकी उपवास गर्दा मात्र ब्रत सफल हुन्छ । कुनै कुनै ब्रतहरु निर्जला (पानी सम्म न खाने)वा फलाहारी पनि हुने गर्दछन भन्ने छठ ब्रतमा अठचालीस घण्टामा केवल एक छाक अलिनो(रसियाव–रोटी) गा“स मात्र ग्राह्य मानिन्छ । बा“कि समय निर्जला तथा पूर्ण उपवास गरेर छठी माताको पूजा गर्ने बिधान रहेको छ । छठ पूजाको विशेषता उदाउदो सूर्यलाइ मात्र अघ्र्यदान न दिइ अस्ताउदो सूर्यलाइ समेत अघ्र्यदान दिनु पनि हो । यस प्रदेशका मानिसहरुले आफ्नो निजी स्वार्थपुर्तिको याचनामा केवल उदाउदो सूर्यलाइ पूजा र सम्मान गर्दैनन् अपितु अस्ताउदो सूर्यलाइ पनि उचित तथा समान पूजा र सम्मान गर्दछन ।
कार्तिक महिनाको शुक्ल चौठ तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ । पहिलो दिन नुहाएर खाने बिधी हुन्छ जसलाइ भोजपुरी भाषामा ुनहाए खाए के दिनु भन्दछन । यस दिन ब्रतालूले बिहानै नित्य क्रिया पश्चात नुहाएर पवित्र भइ शुद्ध सात्विक भोजन ग्रहण गर्द छन । भोजनमा लसुन, प्याज,वर्जित हुन्छ । भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल अरहर वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुन्छ । कार्तिक महिनाको शुक्ल पञ्चमीको दिन दिउंसभरि निराहार बसेर बेलुका पख नव निर्मित माटाको चोखो चुल्होमा आ“पको काठको दाउरा बालेर अगहनीको चामलमा गुड हाली ुरसियावु तथा चोखो पारिएको गहुंको पिठोको रोटी पकाइन्छ । यस प्रकारले तयार पारिएको रसियाव रोटीलाइ अक्षता, सिन्दूरले पूजा गरि, ब्रतालू स्वयंले पनि नाक देखि पूर्ण सिउंदो भरि सिन्दूर लगाएर (भोजपुरी भाषामा मा· बहोरल) अग्नी तथा गाई लाइ अग्रासन दिइ ग्रहण गर्दछन । कार्तिक महिनाको शुक्ल षष्ठीको दिन ब्रतालू पूर्णरुपेण निराहार बसि सांझपख छठी घाटमा गइ ुसिरसोप्ताु माताको पुजा आजा गरि अस्ताउन लागेको सूर्यलाइ पश्चिमाभिमुख अघ्र्यदान (मन्त्रः–आदिदेव नमस्तुभ्यं प्रसीद मम् भास्कर । दिवाकर नमस्तुभ्यं प्रभाकर नमोऽस्तु ते) दिइ पुनः सिरसोप्तालाइ पूजा गरेर घर फर्किन्छन । भाकल पुगेकाहरु रात्रिमा आआफ्नो घरको आ·नमा कोसी भर्ने गरेका पाइन्छन । कोसीमा सात वा नौवटा उंखु टुप्पातिर बाट एकै ठाएमा बा“धेर जरोलाइ सात वा नौ ठा“उमा सधवा पुरुषहरुले फैलाएर प्रत्येक जरामा समान संख्यामा माटाको ुढकनाुमा ठेकुवा, अदुवा, केला, पानीमा भिजाएको मटर, फर्सीको चानो, मुला,निबुआ, अरिपन तथा माटाको दियो बालेर राखिन्छ । केन्द्रमा माटाको कलशमा पनि सोही सामानहरु राखिन्छ । उंखुको टुप्पा बा“धिएको ठा“उमा पनि तिनै सामग्रीहरु बा“धेर च“दोवा झुण्ड्याइन्छ । कोसीको वरिपरि बसेर ब्रतालू महिलाका साथै घरका अन्य महिलाहरु पनि छठीमाताका विभिन्न गीतहरु गाउदछन । यस प्रकारका धार्मिक गीतको कार्यक्रम प्रायः रात्रिको तेश्रो प्रहर सम्म चलि रहन्छ । रात्रिको तेश्रो प्रहर मै ब्रतालूले नित्यक्रियाबाट निबृत भइ कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन । विहानको समयमा सिरसोप्ता माताको पुनः पूजा हुन्छ , छठीमाताका गीतहरु गाइन्छन । त्यसपछि सूर्योदय हुनु भन्दा केहि प्रहर अगावै सम्पूर्ण ब्रतालूहरु नदी वा पोखरी को पानीमा पूर्वाभिमुख भएर उदाउदो सूर्यलाइ विहानको अघ्र्य दिनको लागि लहरै उभिन्छन । सूर्योदयको साइतमा अघ्र्यदान (मन्त्रः–नमः सावित्रे जगदेकचक्षुषे जगत्प्रसूतिस्थितिनाशहेतवे । त्रयीमयाय त्रिगुणत्मधारिणे विरञ्चिनारायणशड्ढरात्मने) दिइ ब्रतालूहरु घर फर्किन्छन । यस क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ मान्यजन, गाइ, इनार वा धारालाइ ढोगी, पुजी घरमा आइ छोरा बुहारी तथा नाती नातिनीहरुलाइ छठीमाताको प्रसादस्वरुप टीका लगाइ दिइ छठपूजाको उद्यापन भएर समाप्त हुन्छ । छठ कुन देउता वा देवीको पूजा हो भने तिर विचार गर्दा के निक्र्यौलमा पुग्न सकिन्छ भने बस्तुतः छठ पूजा विशुद्ध प्रकृती र पुरुषको पूजा हो । झट्ट हेर्दा छठ सूर्यको पूजा झैं देखिए पनि वास्तवमा छठपूजा मूलप्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो जसलाइ पुराणहरुमा माया, सिद्धयोगिनी, स्वयं मुक्त तथा मुक्तिदायिनी, सारा, शारदा र षठी देवीको रुपमा उल्लेख गरिएको पाइन्छ । शक्तेः षष्ठांशरुपायै सिद्धाए च नमो नमः । मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नमः । (ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं) । षष्ठी देवी को हुन त भन्दा सोहि पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र देव सेनानायक कार्तिकेय वा स्कन्दकी धर्म पत्नी हुन–प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नमः । पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु ।। आफ्ना भक्तहरुलाइ प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यहरुमा पूजा प्राप्त गर्ने अधिकारिणी स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाइ बारम्बार नमस्कार छ । श्रीमद्देवीभागवतको नवम् स्कन्ध, छयालिसौं अध्याय चौथो श्लोकको अनुसार श्रीनारायण भन्नु हुन्छ–षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता । बालकानामधिष्ठात्री विष्णुमाया च बालदा ।। अर्थात् मूल प्रकृतिको छैठौ अंशले जुन देवी आविर्भूत छिन, उनी भगवती षष्ठी (भोजपुरी भाषामा छठीमाता) हुन । षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पाप विलीन हुनुको साथै महाबन्ध्याले पनि यिनको कृपाबाटसंतान प्रसव गर्ने योग्यता प्राप्त गर्न सफल हुन्छन । माता षष्ठी देवीको कृपा बाट गुणी , विद्वान, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ । –सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते । वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम् । सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादतः ।
छठीमाताको व्रतको बारेमा श्रीमद्देवीभागवतको नवम स्कन्धको छयालिसौ अध्यायमा एउटा रोचक कथा बर्णित छ जुन निम्नानुसारछ– स्वाम्भुव मनुको प्रियव्रत नाम गरेका छोरा थिए । योगिराज प्रियव्रत विवाह गर्न चाहदैनथे । उनि सदैव तपस्यामा लीन रहन्थे तर ब्रह्माजीको आज्ञा तथा करले उनले विवाह गर्नु प¥यो । विवाह गरेको निकै समय बिति सक्दा पनि उनलाइ सन्तान भएन । यो देखेर महर्षि कश्यपले पुत्रेष्टियज्ञ गराएर यज्ञचरु उनकी पत्नी मालिनीलाइ खान दिए । त्यस यज्ञचरुको प्रभावले मालिनी गर्भवती हुन पुगिन । मालिनीले बा¥ह वर्ष सम्म गर्भधारण गरिरहिन । तत्पश्चात उनले स्वर्ण सदृश्य कान्ति भएका , शरीरको सबै अवयवले सम्पन्न, मृत तथा आ“खा उल्टिएको पुत्रलाइ जन्म दिइन । त्यो देखेर जम्मै आइमाईहरु रुन थाले तथा महान् पुत्रशोकको कारणले मालिनी मूर्छित भइन । त्यस मृत बालकलाइ राजा प्रियव्रतले लिएर श्मसान गए र त्यहा निर्जन वनमा बालकलाइ छातीमा टा“सेर राजा विलाप गर्न थाले । अत्यन्त दारुण पुत्रशोकका कारण राजाको ज्ञानयोग विस्मृत हुन पुग्यो । उनि प्राण त्याग गर्न तत्पर भए । यसै बीच त्यहा आकासबाट एउटा विमान अवतरण भयो जसमा दिव्यरुपधारिणी देवी थिइन । राजाले देवीसित तपाइ को हुनुहुन्छ भन्ने प्रश्न गरे जसको उतरमा देवीले भन्न थालिन–हे राजन, म ब्रह्माकी मानसी कन्या हु । सबैमाथि शासन गर्ने म देवसेनाको नामले प्रसिद्ध छु । विधाताले आफ्नो मनले मेरो सृष्टि गरेर स्वामी कार्तिकेयलाइ सुम्पि दिए । मातृकाहरुमा विख्यात म स्वामी कार्तिकेयकी पतिव्रता पत्नी हु । भगवती परा–प्रकृतिको षष्ठांश भएको कारणले म विश्वमा षष्ठी नामले प्रसिद्ध छु । म पुत्रहीनलाइ पुत्र, पतिलाइ प्रिय पत्नी, दरिद्रहरुलाइ धन दिने देवी हु । यति भनेर देवीले त्यस मृत बालकलाइ तत्कालै जीवित गरि दिइन तथा त्यस जीवित बालकलाइ लिएर विमानमा सवार भइ आकाशतिर उडने उपक्रम गर्न थालिन । यो देखेर राजाको ओठ मुख सुक्न थाल्यो ।
आतिएर उनि देवीको स्तवन गर्न थाले तथा पुत्र प्राप्तिकोलागि याचना गर्न थाले । राजाको याचना तथा स्तवनले प्रसन्न भएर देवीले भनिन– राजन तिमी स्वाम्भुव मनुको छोरा तथा तीनै लोकको राजा हौ । तिमीले सर्वत्र मेरो पूजा गराएर स्वयंले पनि पूजा गरेमा म यो बालक तिमीलाइ दिन तयार हुनेछु । यो बालक सुव्रत नामले प्रसिद्ध हुनेछ । यो बालक गुणी तथा विद्वान हुनेछ । राजा प्रियव्रतले देवीको वचन स्वीकार गरे । देवीले सो बालकलाइ प्रियव्रतलाइ सुम्पेर अन्तध्र्यान भइन । इति देवीं च संस्तूय लेभे पुत्रं प्रियव्रतः । यशस्विनं च राजेन्द्रः षष्ठीदेव्याः प्रसादतः । त्यसै बेला देखि छठीमाताको पूजन लोकजीवनमा चल्न थाल्यो जुन अद्यावधि पनि जारी छ ।