उपासना र महिमाको साक्षात पर्व छठ यतिबेला मध्य तराईमा मात्र नभई देशका विभिन्न ठाउँमा भव्य रुपमा मनाइन थालिएको छ । मनोकामना पूरा हुने साक्षात पर्वका रुपमा आम मानिसको मन जित्न सफल यो पर्व साविकमा भोजपूरा, मिथिलाका हिन्दु धर्मावलम्वीहरु मात्र नभई अहिले झाँगिएर पहाड र हिमालसम्म पुग्न थालेको छ । देशको राजधानीमा त मध्य तराईलाई विर्साउने गरी झाँगिदै गएको पछिल्ला केही बर्षको छठ पर्वको रौनकले देखिन थालेको छ । यो पर्व साविकमा झै हिन्दु नरनारी मात्र नभई मुस्लिम समुदायका पनि धेरै भक्तजनले मनाउन थालेपछि यसको महत्व अझ बढ्दै गएको देख्न सकिन्छ । भक्तजनले ईच्छाइएको मनको ईच्छा पूरा हुने पर्वका रुपमा दर्ज हुन पुगेको यो पवित्रत्राको पर्व सूर्यको उपासनासँग जोडिएको पाइन्छ ।
घर परिवारको सुख, शान्ति र सन्ततिको समेत समुन्नतिसँगै रोग व्याधीबाट समेत बचाउन बल दिने पर्वका रुपमा वर्षौं पहिलेबाट मनाउन थालिएको पवित्र पर्व ुछठु कलियुगीन समाजमा अझ झाँगिएकोमा अन्यथा मान्न हुँदैन । आम मानिसको मनकामना पूरा गर्ने भएपछि यसको महत्वसँगै विस्तार हुनु राम्रो संकेत हो । धर्म, संस्कृति र परम्पराको जननी नेपालमा यस्ता पवित्र पर्व र परम्परा छन् । त्यसैले नै यो धर्ति अहिलेसम्म अन्य शक्ति राष्ट्रहरुको नियन्त्रण बाहिर रहन सफल भएको कुरा पनि प्रष्ट छ । राज्यको मुल नीतिको परिवर्तनकार नेपालका विभिन्न राजनीतिक दल र त्यहाँ भित्रका स्वार्थका छुचुन्द्रा प्रवृतिका मनहरुको नीहित स्वार्थ र विभिन्न आग्रह–पूर्वाग्रहका बीच पनि नेपालका पवित्र पर्व र धर्म–संस्कृतिको प्रभावले गर्दा एक सय २५ जातजाती र एस सय २३ भाषाभाषी भएको मुलुक फरक जातजाती वा समुदायका बीचको सम्बन्धमा कहिले धमिलो हुनबाट जोगिएकै छ ।
जसको कारण यहाँको नेपाली समाजलाई धमिल्याएर स्वार्थको माछा मार्ने पापी मनहरु परास्त हुँदै सग्लो समाजको सुन्दरता कायम रहन सकेको छ ।
यी पवित्र पर्वहरुको निरन्तरता र पवित्रताले यो धर्ती अझै सयौं बर्ष कसैको सिकञ्जाबाट जोगिने पनि आँकलन गर्न सकिन्छ । राजनीतिक वृतमा त्यहाँका स्वार्थी मनहरु अरुको विभिन्न देशी विदेशी शक्तिको इसारामा चल्न प्रयास गरे पनि मुलुक भित्रका ुवालेन र हर्कु हरुको अगाडी उनीहरुले पनि घुँडा टेक्न पर्ने परिस्थिति पटक–पटक दोहोरिन पुग्छ । यसमा कुनै गलत सोच भएकाहरुको दाल गल्न सक्दैन । यो सबै धर्म, संस्कृतिको जननी हिमालय पर्वतमालाको काखमा रहेको मुलुक नेपालको श्रीवृत्ति सधैं अटल रहने छ ।
यसमा कसैले आँखा नचम्काए हुन्छ । यस्ता पवित्र पर्वहरु मध्येको छठ अहिले नेपालीहरुका घर आँगनमा सालीनता पूर्वक सम्पन्न हुदैछन् ।
अनेक जातजातीहरुलाई एक सुत्रमा बाध्ने यस्ता पर्वहरु प्रति नेपाली मन नतमस्तक छ । दीर्घकालसम्म नेपाली मनहरु यसरी नै एकाकार हुन बल दिने छठीमातालाई नमन नभनी रहन सकिन्न । विस्तारै यो बर्ष यस्ता पवित्र पर्वहरुले नेपालीको घर आँगन छोड्न थाले पनि अजेय शक्ति प्रदान गरेकोले आगामी बर्ष यता नेपालमा सुख, शान्ति र समृद्धिको तिव्र वृद्धिमा भरपूर बल पुग्ने विश्वास सबै नेपालीमा जागोस् । पत्रिकाको अंक पछाडी पर्न गए पनि छर्व पर्वको पावन पर्वले हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र सहयोगी सहित समुच्च नेपाल र नेपालीको आगामी दिन अझ उन्नत र तीब्र समुन्नत बनोस् भन्ने मध्य नेपाल सन्देश सिंगो टिम सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।