१. नेपाली युवाहरुले प्रायः नामै नसुनेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुकोे उद्धेश्य के हो ?
राजनीतिक क्षेत्रमा मेरो कुनै पृष्टभूमि छैन । तर पनि राजनीतिक क्षेत्रलाई अन्तरहृदयदेखि नै बुझेको छु । म सामान्य परिवारमा हुर्केको व्यक्ति, मेरो पढाइ सामान्य सरकारी विद्यालयबाट सुरु भएको हो । ठाकुराम बहुमुखी क्याम्पसबाट पि.सि.एल., पोखरा विश्वविद्यालयबाट बि.बि.ए.सम्मको अध्ययन् गरी एम.बि.ए न्युजिल्याण्डबाट गरे हुँ । न्युजिल्याण्डमा १० वर्ष बस्दा त्यहाँको राजनीतिक पद्धति, आर्थिक स्थिति, व्यापार व्यवसाय गर्ने तरिका, जनताले पाएका सेवा सुविधा देख्दा आफ्नो देशमा फर्केर देश र जनताको लागि केही गर्ने ईच्छा भई विशुद्ध नयाँ र युवा जागृत नयाँ पार्टीमा लागेको हुँ ।
२. तपाईका मुख्य एजेण्डा के–के हुन् ? भ्रष्टाचार रहित समाज निर्माण मेरो मुख्य एजेण्डा हो । आम जनताको समस्यालाई सहजै समाधान गर्ने वातावरण सृजना गर्ने मेरो प्रतिबद्धता हो । सामान्य नागरिकले जीवनयापन गर्दा जनताले राज्यबाट पाउने सेवा सुविधा सहज पाउन सकुन् भन्ने मेरो धारणा हो । विद्यालय, स्वास्थ्य चौकी, बत्ती, सडक निर्माण लगायतका समग्र विकासका विभिन्न पक्ष सुधारमा मेरो जोड रहने छ । सरकारी कार्यलयमा जनताले काम लिएर जादाँ बिना झन्झट सहजै काम गराउन सकुन् यो पनि एजेण्डा भित्रकै कुरा हो ।
३.राष्ट्रिय स्वतन्त्र पार्टीले तपाइलाई नै टिकट दिनुको कारण के हो ?
राष्ट्रिय स्वतन्त्र पार्टीले देशभत्ति, देशप्रेमी, ईमान्दार, जनताको भावना अनुसार काम गर्न सक्ने सक्रिय, कर्मठ युवालाई टिकट दिने अभियान चालेको थियो । त्यसै अन्तर्गत पर्सा ३ को लागि मलाई पनि मौका दिएको छ । विदेशमा बस्दाका अनुुभवहरु, त्यहाँका राजनीतिक व्यवस्था, विधि, व्यवसायिक नीति लगायत बुझेको र नेपालमा पनि त्यस्ता कुरा ठाउँमा पुगेपछि गराउन सक्ने व्यक्ति पार्टीले छनौट गरेको छ । तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टी युवा शक्तिबाट परिचालित पार्टी भएकोले पनि यो अवसर आफूले प्राप्त गरेको हो । देशको समग्र विकासका लागि प्रदेश, क्षेत्र र स्थानीय तहबाट नै सुदृढिकरण गर्न जरुरी छ । देशको विकासका लागि म भित्रको उत्सुक्ता र हुटहुटी मंसिर ४ गतेपछि जीत हासिल भए व्यवहारिक रुपमा गरेर देखाउँछु ।
४. तपाइलाई नै भोट किन दिने त ?
विगत ३१ वर्षदेखि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी, जसपा जस्ता पार्टी पार्टीमा आबद्ध राजनीतिक नेताहरुले जनतासंग गरेका प्रतिबद्धतालाई पूरा गर्न सकेनन् ।
विकास निर्माणका काम गर्न असफल साबित भए । देशमा भएका राजनीतिक बेथितिलाई निर्मूुल पार्न, भ्रष्टाचारलाई कम गर्न पर्सा क्षेत्र नं. ३ का आम जनसमुदायका सार्वजानिक समस्याहरुलाई समाधान गर्नका लागि क्षेत्र नं. ३ का आम जनताको भोट प्राप्त होस् भनी मलाई जिताउन आग्रह पनि गर्दछुु ।
५. तपाई नया मान्छे, जित्ने आधार चाही के हो ?
नेपालको ३ वर्षे बसाइका क्रममा आफ्नो क्षेत्रका आम जनताको सुःख–दुुखमासँगै काम गरेको छुु । जनताले भोगेका समस्याहरु मध्यनजर गर्दै म युवा श–सक्तिकरणका पक्षमा प्रतिबद्ध उम्मद्ेवार हुँ । मेरो जित्ने आधार देश र राजनीतिक प्रतिको सकारात्मक धारणा हो । भने मेरो दृढ ईच्छाशक्ति पूरा गर्न साथ दिने पर्सा क्षेत्र नं. ३ का युवा वर्ग छन् ।
साथै आफ्नो क्षेत्रमा परिवर्तन र विकास चाहने पर्सा क्षेत्र नं. ३ का युवा, महिला दिदीबहिनी, आमाबुुबा, दाजुुभाइहरुको विश्वास र भोट नै मेरो जित्ने आधार हो ।
६.अन्त्यमा तपाई आम जनतालाई के भन्न चाहनुहुन्छ ?
आम जनसमुदायलाई म यो आग्रह गर्छुु कि मतदाताहरु मतदाता भएर मात्र नबसौं । तपाईहरुको मत अमूल्य छ । तपाईको मत नै देश निर्माणको लागि मुख्य लगानी हो । यदि साच्चैँ नै अन्तर आत्मादेखि परिवर्तन र विकास खोज्नु हुन्छ भने पर्सा क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( घण्टी छाप ) लाई आगामी मंसिर ४ गते हुने निर्वाचन मत दिनुस् । म विगतका पर्साका अन्य नेताहरुभन्दा फरक जोश, जागरका साथ यो क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर काम गरेर देखाउँछु ।