उद्योग कलकारखाना देश विकासका मेरुदण्ड हुन् । तर त्यही कलकारखाना कै कारण खोला नालाको अस्तित्व गुम्दै गएको छ ।
बारा, पर्साको ५१ वटा उधोग कलकारखानाहरुले गर्दा यसभेगको सिर्सिया सहित ७ वटा ठूला खोलाहरुको अस्तित्व खतरामा पर्दै गएको छ ।
यसभेगमा बग्ने उरिया, मकहरीया, गंगोल, नौरंगी, तिलावे र सोतखोला उद्योगको प्रदुषणले प्रदुषित भएका छन् । जसबाट सयौँ छठीघाटका ब्रतालु र सर्वसधारणहरु प्रत्यक्ष रुपमा पिडित बनेको छ । तर सम्बन्धीत निकायका पदाधिकारीहरुको हेलचेक्राईका कारण सिर्सिया सफाई हुन सकेको छैन् ।
नव निर्वाचित आउने जनप्रतिनिधि मध्ये कतिपयले प्रदुसन गर्ने उद्योगीहरुको साठगाठले मालकमाऊ धन्दामा लाग्दा हालसम्म प्रदुषित पानी नियन्त्रण हुन नसकेको हो । हरेकवर्ष झै यसवर्षपनी छठपर्व नजिकिदै गएसंगै खोला बचाऊको कुरा फाटफुट चल्न थालेको छ । हिजोका वर्षहरुमा सुरक्षा निकायका प्रमुखहरुसंगको समन्वयमा स्थानीयले नदी प्रदुषण जोगाउन प्रयास गरेका थिए भने अहिले एक्लीए छन् । नयाँ नेतृत्व सहितको आएका स्थानीय सरकारले नदी खोला नाला, सार्वजनिक सम्पती फिर्ता लिने भन्ने गरेको छ तर हालसम्म नितिगत निर्णय भने लिन सकेका छैनन् ।
२०३६ साल यता औद्योगिक कोरिडरमा विकास हुदैँ गएको वीरगंज पथलैया करिडोरमा हाल घरेलु उधोगका अनुसार सानाठूला गरी ३४ सय कलकारखानाहरु रहेका छन् । ति मध्ये पर्सामा मात्र हाल ५२ वटा उधोगहरुले उद्योगबाट उत्पादित रसायन, फोहोर मैला सोझै नदीमा खसाल्ने गरेको छ ।
नदीबाट गरिने सिचाई, मर्दा पर्दा शवको दाहसंस्कार गर्दा समेत मलामीहरुले खोलामा ननुहाई घरमै गएर नुहाउनुपर्ने बाध्यता छन् ।
आठ वर्ष यता प्रदुषण झन बढेको छ । प्रदुषण कम गर्ने तिर उद्योगहरुको रुचि समेत छैन । ११ वर्ष अघि ‘सिर्सिया नदी प्रदूषण अनुगमन समिति’ ले यस औद्यौगिक करिडोर अन्तर्गत बारा र पर्सा जिल्लाका ४७ वटा उद्योगहरुले प्रदुषण गरेको तथ्याँक सार्वजनिक गरेको थियो । जसमा बाराका १४ र पर्साका ३३ वटा उद्योग जिम्मेवार रहेको तथ्याँकले औंल्याएको थियो । जिल्ला प्रशासन कार्यालयकै समन्वयमा भएको अनुगमनले दशक पुग्न लाग्दाँ उपलब्धी शुन्य देखिन्छ । नदीमा मिसाएको फोहर तथा बोसो युक्त पानीले छठ पर्वमा ब्रतालुहरु नदीमा जान नसक्ने अवस्थामा पुगेका छन् । छठपर्वले पुनः नदी बचाऊको कुरा सम्झाई दिएको छ भने, वातावरणीय मापदण्ड पुरा नगरेका उधोगहरु विरुद्ध पटक पटक कुरा उठ्दै आएको छ ।
प्रदुषणले कारखाना वरपरसंग रहेको बस्तीमा मुटुको चाल परिवर्तन, झाडापखाला, आखाँ दुख्ने जस्ता समस्याहरु बढी मात्रामा देखिने गरेको चिकित्सकहरुको भनाई छ । यस क्षेत्रको औद्योगिक क्षेत्रमा सिमेन्ट, छाला, प्लास्टिक, केमिकल, साबुन, बनस्पति, रसायन, औषधी जस्ता उद्योगहरुले गर्दा नदीहरु क्रमश प्रदुषण हुँदै गएको हो ।
नेपाल सरकारले वातावरण संशोधन ऐन २०५३ ले वातावरणलाई प्रतिकुल हुने गरी कुनै पनि उद्योग धन्दाले फोहर मैला निस्काश्न गर्न नपाउने व्यवस्था गरेको छ । यससंगै कुनै पनि उद्योगले ध्वनि, प्रदुषण वा अन्य किसिमको हल्ला गर्ने काम गर्यो भने, उद्योगलाई ५० हजारदेखि एक लाखसम्मको जरिवाना र वैकल्पिक उपाय नअपनाए सम्म उद्योग बन्द गर्ने समेतको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता ऐनको दफा १११ को उपदफा २ (ख)मा पिउनेबाहेक अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दुषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई ६ महीनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजायको व्यवस्था छ ।
पिउने पानीको हकमा यो प्रावधान ३ वर्ष कैद र ३० हजार रुपैयाँ राखिएको छ ।
विगतमा विभिन्न अध्ययनले महानगर र उद्योग श्रीसियालाई दुषित तुल्याएको निष्कर्ष निकाले पनि नियन्त्रणमा खासै पहल भएको छैन । प्रत्येकवर्ष छठ पर्वका बेला नदीमा फोहोर पानी नखसाल्न निर्देशन भने दिइँदै आएको छ । यसवर्ष पनि जिल्ला प्रशासन कार्यालय पर्साले पर्वको अवधिभरि नदी दुषित नगर्न निर्देशन दिएका छन् । बाराको रामवनमा मुहान रहेको श्रीसिया नदीको पानीको रङ कोरिडोर हुँदै वीरगञ्ज क्षेत्रसम्म आइपुग्दा कालो हुने गरेको छ ।
अधिवक्ता कमल मोहन पोखरेलका अनुसार उद्योगहरु खोल्नका निम्ति सर्वप्रथम वातावरणीय प्रभाव मुल्यांकन गराएर मात्रै उद्योग खोल्न पाईन्छ । सबै भन्दा बढी फोहर तथा दुर्गन्धीत रहेको बाराको रामवनमा मुहान रहेको श्रीसिया नदीको पानीको रङ कोरिडोर हुँदै सिमावर्ती शहर रक्सौल पुग्ने गरेको छ जसमा जलचरहरु समेत हराउँदै गएको छ ।