हाम्रै लापरबाहीका कारण पनि छालामा सुख्खापनका आउनुका साथै अनेक समस्या देखापर्छ । शरीरमा पानीको मात्रा कम हुँदा, धेरै तातो पानीले नुहाउँदा, साबुनको धेरै प्रयोग गर्दा, शरीरमा घामका विकिरण बढी छिर्दा पनि छाला सुख्खा हुन्छ ।
जाडो मौसममा छाला सुख्खा हुँदा चर्याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरु रातो भएर सुनिने र घाउ आउने जस्ता समस्याले प्रायः मानिसलाई सताएकै हुन्छ । सामान्य रूपमा जोडो मौसममा मुख्य रूपमा तीन कुरामा ध्यान पुर्याउन सकेमा छाला आउने सुख्खापनबाट जोगिन सकिन्छ ।जाडोमा बाक्लो बाक्लो उलनको न्यानो लुगा लगाइन्छ । त्यसरी न्यानो लुगा लगाउँदा शरीर सुख्खा भएर चराउने हुन्छ । शरीर चिलाउने हुँदा न्यानो लुगा लगाउनुभन्दा अघि सुतीको वस्त्र पहिरिएपछि मात्रै न्यानो लुगा लगाउँदा छालामा सुख्खापन आउँदैन ।
चिसो मौसममा नुहाउँदा प्रयोग गरिने साबुनसम्बन्धी पनि सावधानी अपनाउनुपर्ने हुन्छ । जाडोमा नुहाउँदा प्रयोग गरिने साबुन बढी ग्लिसिरिन भएको प्रयोग गर्नुपर्छ । जुनपायो त्यही साबुनले नुहाउँदा छालामा धेरै सुक्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँदा प्रयोग गरिने साबुन फरक फरक हुन जरुरी छ । मोस्चराइजर साबुनको पनि प्रयोग गर्नाले छालामा सुक्खापन आउँदैन । छालालाई सुक्खा हुन नदिनका लागि धेरै तातो पानीले नुहाउनु हुँदैन । नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ । जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुक्खा छालाको समस्या समाधान हुन्छ । नुहाउने वित्तिकै तेल तथा मोइस्चराइजर लगाउनुपर्छ ।
छाला सुक्खा हुन नदिनका लागि नरिवलको तेल निकै लाभदायी मानिन्छ । यसका साथै भ्यासलिन जस्ता चिल्लो पदार्थ प्रयोग गर्न पनि सकिन्छ । मह, जैतुनको तेल दूधमलाई र एलोभेरा जस्ता घरायसी औषधिको सुक्खा छालामा प्रयोग गर्दा यसले मोइस्चराइजरको काम पनि गर्छ । जाडो महिनामा चिसोले छालालाई बिगार्ने गर्छ । जाडो महिनामा छाला सुख्खा हुनुका साथै अनुहारको चमक उडेर जाने गर्छ ।
जाडो महिनामा छालाको रङ फुङ्ग उडेर जाने र सुख्खा हुने गर्छ । यस्तो मौसममा छाला चिलाउने समस्या धेरै हुन्छ । यसले छालामा इन्फेक्सन पनि हुने गर्छ । आफूले राम्रो क्रिम प्रयोग गर्दा पनि छालामा कुनै प्रकारको परिवर्तन देखिएन भने आफ्नो छालाको टेक्स्चर थाहा पाउनु पर्छ । आफ्नो छालाको टेक्स्चर थाहा पाइसकेपछि त्यही अनुसारको ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसले छालाको धेरै समस्या समाधान गर्छ ।
जाडोमा अल्कोहल र मिनरल आयल भएको क्रिमको प्रयोग गर्नु हुँदैन । यस्ता खालका ब्युटी प्रोडक्टको क्रिम प्रयोग गर्दा छाला उज्यालो देखिए पनि फाइदाजनक भने हुँदैन । छालालाई प्राकृतिक रुपमा चम्किलो बनाउन प्राकृतिक ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा सधैं भिटामिन ई भएको क्रिमको प्रयोग गर्नुपर्छ ।
जाडो मौसममा धेरै चिसो हुन्छ । त्यसैले यो समयमा मानिसहरुले हिटरको प्रयोग गर्नुगर्छ तर हिटरले छालाको चिल्लोपनलाई सोसेर छालालाई सुख्खा बनाउने गर्छ । बजारमा पाइने कतिपय कोल्ड क्रिममा अल्कोहल तथा हानिकारक रसायन मिलाइएको हुन्छ । यस्ता क्रिम लगाउँदा छालालाई हानि हुने गर्छ । जाडो महिनामा नुहाउनु अगाडि प्रिबाथ क्रिम प्रयोग गर्नुपर्छ । यसले छालाको चिस्यानलाई बचाउँछ । जाडो महिनामा मन तातो पानीले नुहाउनु पर्छ । नुहाएपछि शरीरमा कोल्ड क्रिम वा लोसन लगाउनु पर्छ ।