१.तपाई एक्कासी राजनीतिमा प्रवेश गर्नुको कारण के हो ?
पहिला डाक्टर पेशामा आबद्ध भएर जनताको सेवा गर्दै आएको हो । हस्पिटल र क्लिनिकबाट सिमित व्यक्तिलाई मात्र सेवा दिएको थिए । आम जनताका माझमा रहेर समाज सेवा गर्ने भावनाले सेवा क्षेत्रलाई बढाएर राजनीतिक क्षेत्रमा सोचेर नै प्रवेश गरेको हो ।
२.तपाईको उम्मेदवारी किन ?
राजनीतिक परिवर्तनका लागि मेरो उम्मेदवारी हो । देशमा युवा नेतृत्वको माग छ । म एक शिक्षित, सक्षम महिला हो । युवा वर्गको नेतृत्वको लागि, मधेशका महिलाहरुको हक, अधिकार सुनिश्चित गर्न, महिलाहरुको दुःख पीडाको सहयात्री बन्नका लागि हो । आज राजनीति क्षेत्रमा हामी जस्ता शिक्षित महिलाहरु सक्रिय सहभागीताबाट नै समग्र महिला, बालबालिका तथा युवाहरुको विकास हुने आवश्यक्ता महशुस गरेर प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको हो ।
३.तपाईका चुनावी मुख्य एजेण्डा के–के छन् ?
पर्सा क्षेत्र नं.३ (ख) को म उमेद्वार हो । यस क्षेत्रका महिलाहरु पछाडी पर्नुको मुख्य कारण शिक्षाको कमीले हो । पहिलो प्राथमिक्ता शिक्षा क्षेत्रमा रहने छ । भनाइ छ, ‘एक महिला शिक्षित भएमा परिवार नै शिक्षित हुन्छ । एसईई पछि छात्राहरुका लागि पढन गाँउ छाडेर जान पर्ने अवस्था छ । गाउँमा नै क्याम्पसको स्थापना गर्ने । महिलाको स्वास्थ्यमा विशेष ध्यान दिने । सुरक्षित सुत्केरी गराउन वर्थिङ्ग सेन्टरको स्थापना गर्ने दोस्रो एजेण्डा हो । युवा वर्गलाई प्राविधिक शिक्षामा जोड दिने । सीपमूलक तालिम दिएर युवा तथा महिलाहरुलाई रोजगार प्रदान गर्ने । कृषकहरुलाई आवश्यक कृषि सामाग्रीहरु सहज र सहुलियतामा गाँउमा नै उपलब्ध गराउने ।
४.तपाईलाई नै भोट किन दिने ?
म कुनै नयाँ व्यक्ति होइन । पर्सा क्षेत्र नं.३ को सतोलिया गाउँमा जन्मेर प्राथमिक शिक्षा गाँउबाट नै प्राप्त गरेको हो । नयाँ जोश, जागर बोकेको शिक्षित महिला नेतृ हो । कृषि क्षेत्रमा आधुनिक परिवर्तन ल्याउन अठोट छ । ग्रामिण भेगका बालबालिका, युवा तथा महिलाहरुमा समाजिक तथा मानसिक परिवर्तन ल्याउन, बेरोजगार युवा तथा महिलाहरुका लागि रोजगार दिन, नीति नियम बनाउने तहमा महिलाहरुको संख्या बढाउन । महिलाले पनि राजनीति क्षेत्रमा आएर देश र जनताका लागि राम्रो काम गरेर देखाउन आम जनताले मलाई भोट दिनु हुनेछ ।
५. तपाईको जित्ने आधार के हो ?
मेरो क्षेत्रमा घर दैलोमा जादाँ आम जनताको माया र विश्वास पाएको राम्रो पाएको छु । चिकित्सा पेशाबाट पनि समाज सेवा गर्दै आएको हो । जनप्रतिनिधी बनेर आम जनताको सेवा गर्ने मेरो मनोबल नै जित्ने आधार हो ।
६. अन्त्यमा तपाई के भन्न चाहनुहुन्छ ?
आम जनतालाई अनुरोध गर्दछु । मंसिर ४ गते हुने निर्वाचनमा सबैले मतदान गरौं । तपाईको अमुल्य मत देश र आफ्नो क्षेत्रको विकासको आधार हो । उचित उमेद्वारलाई छनोट गरौं । युवा, महिला उमेद्वारहरुलाई पनि जन प्रतिनिधी बनेर देश र जनताका लागि काम गर्ने अवसर दिनुपर्छ । म पनि पर्सा क्षेत्र नं.३ (ख) को प्रदेश सभा सदस्यको उम्मेदवार हो । तपाईहरुको अमुल्य मत पाए निर्वाचनमा जितेर तपाईहरुको सामु गरेका प्रतिबद्धता पूरा गर्नेछु ।