जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनै पर्ने मधेश प्रदेश कै पहिलो डाइटिसियन नारायणी अस्पतालमा कार्यरत डा. निशा सिंह बताउँछिन् । स्वास्थ्य भन्नाले सामान्य बुझाइमा निरोगी हुनुलाई बुझिन्छ । तर स्वास्थ्यको व्यापक अर्थ छ । सन्तुलित आहार यस्तो आहार हो जसमा हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरू समावेश भएको हुन्छ । पोषक पदार्थ भन्नाले एक पूर्ण खाद्य पदार्थ हो । जसमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट ( बोसो, चिल्लो पदार्थ ), पानी, भिटामिन र खनिज पदार्थहरू समाबेश हुन्छ । सबैले आ–आफ्नो क्षमता अनुसार राम्रो खाना खान्छन्, तर पनि त्यस्ता व्यक्तिहरू मध्ये केही चाँडै बिरामी हुन्छन् । यसको कारण भनेको खाने खाना सन्तुलित आहार नहुनु हो । सन्तुलित आहारमा हामी हरियो तरकारी, फलफुलआदि समावेश गर्दछौँ, जसले हाम्रो शरीरको धेरै महत्वपूर्ण काम गर्ने डा. सिंहले बताईन् । आजको अंकमा हामीले मधेश प्रदेशकै पहिलो डाईटिसियन नारायणी अस्पतालमा विगत ४ बर्षदेखि कार्यरत डा. निशा सिंहसंग मध्य नेपाल सन्देशको लागी गरिएको बिशेष कुराकानी ः
१) स्वस्थ आहारको भनेको खासमा के हो ?
शरीरलाई फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भनिन्छ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरुलाई स्वस्थ आहार मानिन्छ । जस्तैः हरियो सागसब्जी, फलफुल र रेसादार खानेकुराहरु । यस्ता खानेकुराहरुलाई ती प्राकृतिक रुपमा खान सकिन्छ । नुन, चिनी र चिल्लो हालेर पकाइएको साजसब्जी वा फलफुल फाइदाकारक नहुन सक्छ । प्राकृतिक खानेकुराहरुलाई सकेसम्म ताजा अवस्थामै खानु राम्रो हुन्छ ।
२) कति उमेरसमूहका मानिसले कति पटक खाना खानु पर्छ ?
हामीले खाने खानामा सबै चिजको मात्रा हुनुपर्छ । खानामा सागसब्जी दाल प्रोटिन कार्बोहाटे«ड युतm सम्पूर्ण खाने कुराहरु समय तालिका मिलाएर खानुपर्छ । सवै मानिसलाई स्वास्थ्य बस्नका लागि कमसेकम दिनमा ३ पटक खानेकुरा खानुपर्छ । हामीले खाना खादा विहानको खाना अलि हेल्दी खानुपर्छ र दिउसो १ देखि ३ बजेको विचमा नास्ता खानुपर्छ । रातीको खाना हल्का खानुपर्छ । छ प्रकारका आहारहरु के के खानु पर्दछ । स्वस्थ आहारका ६ वटा प्रमुख पक्षहरु हुन्छन् । स्वस्थ आहारको बारेमा बुभ्न सबभन्दा पहिला अस्वस्थ आहारको बारेमा बुभ्न जरुरी हुन्छ । खानामा अस्वस्थ आहार नहुनु नै स्वस्थ आहारको पहिलो आवश्यकता बुभ्न सकिन्छ । जस्तै कम गुलियो, कम नुनिलो र कम चिल्लो खानालाई स्वस्थ आहार भन्न मिल्छ । साथै सागसब्जी, फलफुल र रेसादार खानाको प्रशस्त प्रयोग स्वस्थ आहारको अर्को महत्वपूर्ण पक्ष हो ।
३) छ प्रकारका आहारहरु के के हुन ?
कार्बोहाइटे«ड, पल्र्सस, मिनिरल्स, फ्याट एण्ड वाइल सुगर एण्ड ज्याकिफ्रुट, फ्रुड एण्ड भेजिटेवल सवै थोक हाम्रो खानामा सामिल हुनुपर्छ । हामीहरुको बानी के छ भने दाल, भात मात्रै खाइदिए भैहाल्छ नी जस्ता कुराहरु हुन्छन् । जस्तै हाम्रो शरीरमा प्रोटिनको मात्रा पनि बढी मात्रामा चाहिन्छ । माछा, मासु खानेलाई माछा, मासु खाएर प्रशस्त मात्रामा प्रोटिन प्राप्त गर्न बल मिल्छ । तर जो मानिस साकाहारी छन् उहाँहरुको लागि प्रशस्त मात्रामा दाल, दुध र पनिर जस्ता खानेकुराहरु खानु आवश्यक छ ।
४) मानिसलाई स्वस्थ्य रहनका लागि कस्तो खानपानको आवश्यकता पर्छ ?
अहिले आएर हाम्रो समाजमा खानपाानमा जागरुक भएका छन् । कतिपय मानिसहरु सल्लाह सुझाव लिन आउनु हुन्छ । बच्चाहरुको लागि १० हजारदेखि १२ हजारसम्म क्यालोरी भएका खानेकुराहरु खुवाउनु पर्छ । दैनिक सन्तुलित आहार खाने गर्नुपर्छ । विशेष गरेर मधुमेह रोगीहरुलाई खान दिनु पर्दछ । पहिलेको तुलनामा अहिले मानिसमा धेरै नै बुझ्ने र समझदार भइसकेका छन् । हामीले दैनिक दिनचर्यामा खानपानमा ध्यान नदिएका कारणले धेरै जसो मानिसलाई मधुमेह रोग लागिसकेको छ । मधुमेह यस्तो रोग हो की मानिसको शरीर भित्र ३÷४ थरीका रोगहरु निम्त्याइदिन्छ । यस्तो हुनुमा विशेष त खानपानको गढ्बडीको कारणले गर्दा नै हो । मानिसमा खानपान र भागदौडको कारणले गर्दा मानिसमा खाने बस्नेको कुनै समय नभएको पाइन्छ । पहिलेका हाम्रा पुर्खाहरु धेरै उमेरसम्म बाच्ने गरेका थिए । अहिले हाम्रा पालामा ५०÷६० वर्षामा नै मान्छेहरु मर्ने गरेको पाइन्छ । यी सब हुनुमा विशेष गरेर खानपानको गडबडीको कारणले नै हुने गर्छ । जस्तै जिम गर्दा गर्दै मानिसहरु प्राय हर्टट्याक भएर मर्ने गरेको छन् । यो कसरी हुन्छभन्दा जिम गर्ने मानिसहरु बढी मात्रामा प्रोटिन युक्त खानेकुरा मात्रै खान्छन् र अरु सवैलाई बन्द गरी दिन्छन् । यसकारणले हाम्रो शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष असरहरु परिरहेको हुन्छ । त्यसकारण सानै उमेरदेखि नै विशेष गरेर खानपानमा ध्यान दिनु पर्छ ।
४) मधेश प्रदेश कै पहिलो डाइटिसियन हुनुहुन्छ ? बढी मात्रामा महिला वा पुरुष कस्ता व्यक्तिहरु आउने गरेका छन् ?
विशेष गरेर पुरुषभन्दा महिलाहरु आउने गरेका छन् । बढी मात्रामा मधुमेह रोगी ३० वर्षदेखि ६० वर्ष उमेर समूहका बढी मात्रामा आउने गरेका छन् । विगत १० वर्षदेखि थाइराइड रोग धेरै मात्रामा भएको छ । १० महिलाको जाँच गर्दा र ७ जनामा थाइराइड रोग भएको पाइएको छ । अचेल मानिसहरु समझ्दार भएर केहि रोग नहुँदा पनि आफू तन्दुरुस्त (फिटनेस) रहनका लागी पनि सल्लाह लिन आउनुहुन्छ । जस्तै दुब्लो मानिसहरु म कसरी मोटाउन सक्छु र मोटोमानिसहरु म कसरी दुब्लाउन सक्छु भनेर बढी मात्रामा आउने गरेको छन । आफ्ना बच्चाको लागि उचाइ योजना र दिमाग वृद्धिको विषयमा पनि बढी मात्रामा चासो राखेर सोध्ने गरेका छन् । बढी मात्रामा गाउँतिरको मानिसहरु बढी आउने गर्छन् ।
५) तपाईले सेवा दिइरहँदाको अवसर र चुनौति कस्ता कस्ता किसिमका आउने गरेका छन् ?
छिमेकी देश भारतको रक्सौलबाट एउटा महिला आउनु भएको थियो । उहाँको वजन ९४ के.जी को थियो । उचाइ ५.२ इन्च मात्र थियो । उहाँको उचाई अनुसार उहाँको वजन ५० देखि ६० के.जी मात्र हुनु पथ्र्याे । उहाँलाई मैले वजन कम गर्नका लागि डाइट चार्ट अनुसार बताए र उहाँले मैले भनेका कुरहरु मानिदिनु भयो । सुरु मै तपाई आतिएर हुदैन । १ महिना मै तपाईको वजन घट्दैन मैले भनेको अनुसार गर्दै जानु होला । तपाइको वजन घट्छ भनेर विश्वास दिलाएको थिए । त्यो साच्चै नै ६ महिना भित्र उहाँको वजन कम भयो र उहाँ पनि एकदमै खुसी र म पनि एकदमै खुसी र विर्सन नसक्ने क्षण भएको छ । चुनैति पनि निकै छ डाइट चार्ट अनुसार गरीदिनु भयो भने सहज हुन्छ । यदि त्यस्तो नगर्दा एकदमै गाह्रो हुन्छ । ओविसिटी मोटोपन घटाउने समस्या बढी चुनैति हुन्छ । मेरो डाइट चार्ट अनुसार १ महिनामा आउनु हुन्छ । मेरो वजन घटेन भनेर बढी मात्रामा समस्या हुन्छ ।
६) उमेर उचाइको हिसाबले कति वजन हुनु उपयुक्त हुन्छ ?
हाम्रो देश नेपालमा मानिसको उचाइ भनेको ५ देखि ६ फिटसम्म हुने गर्छ । ५.२ उचाइ अनुसार ५० के.जीदेखि ६० के.जीसम्म राम्रो मानिन्छ । ६ फिटको मानिसलाई ६८ देखि ७० के.जीसम्म राम्रो ठिक हुन्छ । यदि यो भन्दा माथि वजन बढेको छ भने त्यसलाइ मोटोपन बढी भएको भनिन्छ । यदि कुनै बच्चा ४ फिटको ४० के.जी वजन छ भने त्यस्ता बच्चालाई पनि वजन बढी भएको भनिन्छ । बच्चाहरुको वजन बढ्नुमा अभिभावककै भुमिका बढी हुन्छ । घरको खानाभन्दा बढी वाहिरको खानेकुराहरु बढी मात्रामा खान दिने गछौं । मैदाको परिकार बढी मात्रामा खादा पनि वजन बढ्छ । जस्तै म.म.,चाउमिन, बरगर, पिज्जा, चकलेट, कोल्ड ड्रिन्क जस्ता वाहिरी खानेकुराले हामी सवैलाई असर पु¥याइरहेको हुन्छ ।
७) आम नागरिकको लागि सल्लाह सुझाव के दिन चाहनु हुन्छ ?
हाम्रो समाजको लागि अहिले मोटोपन एकदमै बढी छ । मोटोपनले धेरै किसिमको रोगहरु निम्त्याउने गर्छ । मोटोपनले मधुमेह, ब्लड प्रेसर, हृदयघात जस्ता विभिन्न किसिमका रोगहरु लाग्ने गर्छ । अहिले ३० वर्षभन्दा माथिका उमेर समुहका मानिसलाई घुँडा दुख्ने समस्या छ । यस्ता समस्या आउनु भनेको माटोपन नै हो । किन कि हाम्रो शरीरको सवै वजन घुडामा नै निर्भर हुन्छ । त्यस कारणले मोटोपन बढाउनु हाम्रो लागि जटिल समस्या निम्त्याउन सक्छ । खाने समय र सुत्ने समय र व्यायाम जस्ता अति आवश्यक कुराहरु हामीले आफ्नो दिनचर्यामा समय तालिका अनुसार गर्न सक्यो भने मोटोपन कम गर्न र रोगहरु लाग्नबाट बच्न सकिन्छ । हामीले खाना खादा विहानको खाना भनेको राजाले खाने जस्तो खाना खानुपर्छ । दिनभरीको भागदौड र क्यालोरीको मात्रा एकदमै बढी चाहिने हुँदा आरामले बसेर एकदमै चपाएर सन्तुलित भोजन गर्नुपर्छ । यतिको खाना भनेको एउटा जोेगीले खाने जस्तै थेरै मात्रामा खानुपर्छ । जो व्यक्ति कम सुत्छ उ पनि बढी मोटाउने गर्छ । सुत्नको लागि पनि ६ देखि ८ घण्टा सुत्नु दैनिक आवश्यक छ ।