सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। सेयर कारोबारको तेस्रो दिन आज (मंगलबार) नेप्से परिसूचक सामान्य अंकले घटेको हो।
नेप्से २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा अडिएको छ।
नेप्से घटेसँगै सेयर कारोबार रकम पनि घटेको छ। यसदिन १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन सोमबार २ अर्ब १० करोड बढिको सेयर कारोबार भएको थियो।
सोमबार नेप्से परिसूचक ६.४३ अंकले घटेको थियो।
साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको थियो। सो दिन परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको थियो।
त्यसदिन १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६२ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।
यसदिन २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक घट्यो भने ४ को मूल्य बढ्यो।
यसदिन ट्रेडिङ समूहको मूल्य सर्वाधिक १.५६ प्रतिशतले ओरालो लाग्दा मनु एन्ड प्रोको ०.७१, हाइड्रोपावरको ०.६२, बैंकिङको ०.२९, होटल्स एन्ड टुरिजमको ०.१४, डेभलपमेन्टको ०.२१ प्रतिशतले मूल्य घट्यो।
यसैगरी इन्भेस्टमेन्टको ०.१८ र म्युचुअल फण्डको ०.३ प्रतिशतले मूल्य बढेको हो।
आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। शिवम् सिमेन्ट ८ करोड बढी रुपैयाँको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।