राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार राति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निट्यूडको भूकम्प गएको हो।
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।भूकम्पका कारण घर भत्किँदा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पुर्याउन लागिएको बताइएको छ।घाइतेको अवस्था हेरी हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिरहेका छौँ श्रेष्ठले बताइन्।
पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ३ घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका छन्।डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भएपनि मानवीय क्षतिको भने विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिइन्।डोटीमै मङ्गलवार राति पनि ९:७ बजे ५.७ म्याग्निट्यूडको र ९:५६ बजे ४.१ म्याग्निट्यूडका भूकम्प गएका थिए।
सबैभन्दा ठुलो धक्का चाहिँ मध्यरात कै रह्यो। जसको परकम्प छिमेकी जिल्लामा भएको देखिएको छ,अधिकारी बाँस्कोटाले भने।उनका अनुसार ३:५८ बजे ३.९ म्याग्निट्यूडको परकम्प बाजुरामा महसुस भएको हो। भूकम्पको धक्का कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको बताइएको छ।
भूकम्पको धक्काका कारण सुर्खेतमा पनि मानिसहरू आक्रान्त भएका थिए।
वीरेन्द्रनगरमा मानिसहरू धेरै नै चिन्तित देखिएका थिए। भूकम्प महसुस भए पछि मानिसहरू रातभर घरबाहिरै बसेका थिए। कतिपय सडकमै समेत निस्किएका थिए, पन्तले जानकारी दिए।विज्ञको सुझाव
वरिष्ठ भूकम्पविद् लोकवियज अधिकारीले भूकम्पका परकम्पनहरू गइरहेको हुनाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
यो अवस्थामा मानिसहरूले विशेष ध्यान दिनुपर्छ। भूकम्पले चर्किएका र जीर्ण बनेका घरहरूमा एक दुई दिन बस्नु हुँदैन, उनले भने। साभार बीबीसी नेपाली