बाराको ४ वटै निर्वाचन क्षेत्रमा प्रमुख दलबाट प्रत्यक्षतर्फ एक मात्र महिला उम्मेदवार हुन पुर्वमन्त्री ज्वाला कुमारी साह । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जिल्लाप्रमुख दलबाट प्रत्यक्षतर्फ २७ जना उम्मेदवार चुनावी दौडमा छन ।
चुनावी दौडमा नेकपा एमालेकी साह एक मात्र महिला प्रतिनिधित्व हुन । बारा निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा गठबन्धन कायम रहेको छ । यी क्षेत्रहरुमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फ कुनैपनि महिला उम्मेदवार छैनन ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेको पोलिटब्योरो सदस्य ज्वाला कुमारी साह प्रतिनिधि सभा सदस्यकी उम्मेदवार हुन । यस क्षेत्रमा एमाले र जसपाको गठबन्धन भंग छ भने बामलोकतान्त्रिक गठबन्धन कायम छ । जसपा र बामलोकतान्त्रिक गठबन्धनले पुरुषलाई नै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ ।
संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक दिएको छ । धारा ४२ ले सामाजिक समानताको हकअन्तर्गत महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागी हुने हक दिएको छ । संविधानले महिलाको समान सहभागितालाई कानुनले अंगीकार गरेको देखाउँछ । तर, व्यवहारमा भने ३३ प्रतिशत पनि सहभागिता छैन ।
‘दलहरूले महिलालाई कार्यकर्ता बनाउँछन् तर नेता बनाउन चाहँदैनन्,’ पुरुषलाई पृतिसतात्मक सोच रहेको महिला अधिकारकर्मी निभा सिंहको भनाई छ । उनले भनिन्, ‘जिल्लामा प्रशस्त महिला नेतृ हुनुहुन्छ तर कुनै पनि मुख्य दलले महिलालाई उम्मेदवार बनाएकै छन । यो पनि एक प्रकारको विभेद नै हो ।
गत निर्वाचनमा साह बारा क्षेत्र नम्बर ३(क) मा प्रदेश सभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । केपि ओलीलाइ समर्थन गरेकाले उनलाइ माओवादीले कार्वाही गर्दै प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो । साढे चार महिनाको भुमिसुधार राज्यमन्त्री, ४५ दिने पर्यटन राज्यमन्त्री र १३ दिने कृषि मन्त्री भै सकेकी साहको प्रतिस्पर्धा जसपाका निवर्तमान साँसद रामबाबु यादव र बामलोकतान्त्रिक गठबन्धनबाट लोसपाका उम्मेदवार लालबाबु सिंहसंग त्रिपक्षीय भिडन्त हुनेछ ।