१) ध्रुव नेपाल (पुर्व वडाअध्यक्ष)
वीरगंज महानगरपालीकाको कार्यालय वडा नं. ६
चुनाव नजिकिदै गर्दा प्रचारप्रसारको कार्य भइरहेको छ । पार्टीले आफ्नो प्रचारप्रसारमा भारतिय गाडीको प्रयोग गरेको पाइन्छ । चुनावी प्रचारप्रसाको समयमा भारतिय गाडीहरुमा गर्नु हुदैन । नेपाली गाडीहरु काम नपाएर रोकिएका छन, तर भारतिय गाडीहरुलाई भने प्रचारप्रसारको काममा व्यस्त भएको छन । झन हाम्रो खुल्ला सिमाना भएको कारणले गर्दा हाम्रो जिल्लामा नेपाली गाडीको संख्या भन्दा भारतिय गाडीहरु संख्य धेरै भएको छ । निर्वाचन आयोगले भारतिय गाडीले प्रचारप्रसार गर्न नपाउने खालको नियम बनाएर यससलाई रोक्नु पर्छ । नेपाल सरकारले पनि खुल्ला सिमाना भएको जिल्लाहरुलाई सिमाना रोक (जाच) को व्यवस्था मिलाउनु पर्छ ।
२) संजय जोशी (पूर्ववडा सदस्य)
वीरगंज महानगरपालिका वडा नं. ४
चुनाव नजिकिदै गर्दा चुनावी प्रसारप्रचार पनि तिव्र रुपमा हुदै गएको छ । प्रचारप्रसारको क्रममा हामो नेपाली नंम्बर भएकको गाडी भन्दा भारतीय नंम्बर भएको गाडी प्रचार गर्न हिडेको देखिन्छ तर चुनावी प्रचारप्रसारमा भारतिय गाडीको प्रयोग गर्नु हुदैन । हाम्रो क्षेत्रको नेताहरुले स्वतन्त्र रुपमा प्रचारप्रसार गर्न पाउनुपर्छ तर निर्वाचन आयोगको नियम पालना गर्नुपर्छ । भारतिय गाडी प्रचारप्रसार र अस्पतालहरुको एम्बुलेनहरु पनि भारतीय राख्नु हुदैन । भारतिय गाडी नेपाल भित्रिनुको कारण भनेको खुल्ला सिमाना हुनु पनि हो । सरकारले खुल्ला सिमानाहरुलाइ व्यवस्थित बनाउनु पर्छ । चुनावी प्रचारप्रसारको समयमा जनतालाई असन्तुष्ट हुने गरि हुहल्ला स्वर गर्नु हुदैन । निवाचन आयोगको नियम पालना गरेर नेपाली गाडी नै प्रयोग गर्नु पर्छ र भारतिय गाडीहरुमा प्रचारप्रसारको काम रोक लागाउन अति आवश्यक देखिन्छ ।
३) अमय कुमार दास (अधिवक्ता)
वीरगंज, पर्सा ।
निर्वाचन नजिकिदै गर्दा सवै पार्टीका उम्मेदवारहरु चुनावको प्रचारप्रसारमा लागेका छन । प्रचारप्रसारको क्रममा धेरै मात्रमा भारतिय गाडीहरुले गरेकोदेखिएको छ ।चुनावी प्रचारप्रसारमा पार्टीहरुले नेपाली पमप्यालेट भएको गाडी नै प्रयोग गर्नु पर्छ । निर्वाचन आयोगले पनि भारतिय गाडीको प्रयाग रोकको लागि विभिन्न किसिमको नियम बनाउनु पर्छ । भारतमा निर्वाचको समयमा नेपाली गाडीहरुलाई प्रवेश निशेध गरेका हुन्छन तर नेपालको निर्वाचनमा भारतिय गाडीहरु नै देखिएको छ । नेपालमा खुल्ला सिमाना भएको हुनाले पनि भारतिय गाडीलाई नेपाल छिर्न सजिलो भएको छ । सिमानामा रोक जाच गर्ने हो भने सजिलै छिर्न पाउने थिएन । यसको लागि नेपाल सरकारले खुल्ला सिमानालाई व्यवस्थित बनाउनु पर्छ । निर्वाचन आयोगले पनि भारतिय गाडी प्रचारप्रसारमा रोक लगाउनु पर्छ ।
४)उर्मिला थापा (अध्यक्ष)
नेपाल ब्यूटिसियन संघ, पर्सा
निर्वानको नजिक नजिक जादै गर्दा सवै पार्टीले आफ्नो प्रचारप्रसार पनि तिव्र रुपमा गरिरहेका छन । निर्वाचन प्रचारप्रसारको क्रममा यति धेरै नेपाली गाडीहरु थन्किएर बसेका छन तर भारतिय गाडीहरुले नेपालमा निर्वाचन प्रचारप्रसार गरेका छन । यस विषयमा नेपालको निर्वाचन आयोगले नियम कानुन लागू गर्नु पर्छ । भारतिय निर्वाचनमा नेपाली गाडी रोक हुन्छ, त्यस्तै गरि नेपालको निर्वानमा भारतिय गाडीहरुलाई प्रवेश निशेध गर्नु पर्छ । भारतिय गाडी चुनाव प्रचारप्रसारमा हुनुको कारण भनेको भारतिय गाडी नेपाली गाडी भन्दा सस्तो मूल्यमा भएको हुनाले पनि हो । चुनावी प्रचारप्रसारमा भारतिय गाडीहरुलाई रोक लगाएर हरेक पार्टीले नेपाली गाडीकै प्रयोग गर्नु पर्छ । नेपाल सरकारले पनि खुल्ला सिमाना चुवानको समय सम्म रोक लगाउनु पर्छ ।
५) किशोरी प्रसाद कानु (महाधिवेशन प्रतिनीधि)
नेपाली कांग्रेस छिपरमाई गाउँपालीका वडा नं ५
चुनाव नजिकिदै गर्दा चुनावी चहलपहल पनि बढ्दै गएको छ । निर्वाचन सम्बन्धि निर्वाचन आयोगले पनि विभिन्न किसिमको नीति नियम लागू गरेको पाइन्छ । चुवान प्रचारप्रसार हुदै गर्दा नेपाली गाडीको भन्दा पनि भारतिय गाडीहरुमा गरेको देखिन्छ । भारतिय गाडी प्रयोगमा ल्याउने हो भनि निर्वाचन आयोगसंग अनुमति लिएर मात्र प्रयोग गर्नु पर्छ, तर पार्टीहरुले निर्वाचन आयोगले रोक लगाएको नियम तोडेर प्रचारप्रसार गर्न पाउने छैनन । भारतिय पम प्यालेट भएको गाडी कम मूल्यमा पाउने भएर पनि प्रचारप्रसारमा प्रयोग भएको हो । नेपालको सिमाना भएका जिल्लाहरुमा झन धेरै भारतिय गाडी नै प्रयोगमा ल्याएको पाइन्छ, तर नेपाल सरसकारले पनि विशेष गरि चुनावको समयमा सिमानामा कडा खालको नियम बनाइ अरु देशबाट गाडीहरु छिर्न दिनु हुदैन । सार्वजनिक ठाँउहरुमा पनि पार्टीको ब्यानरहरु टास्न पाइदैन । यस विषयमा निर्वान आयोग, सरकार, संस्था, पार्टी, उम्मेदवार देखि लिएर सर्वसाधारण जनताले समेत ध्यान केन्द्रित गर्न आवश्यक छ । अनि मात्र नेपाल पनि अरु देश जस्तै बन्न सक्छ ।
६)इन्द्रदेव प्रसाद चौधारी (वरिष्ठ अधिवक्ता)
वीरगंज पर्सा
चुनाव नजिकिदै गर्दा नेपाल भरि नै चुनावी प्रचारप्रसार तिव्र रुपमा भईरहेको छ । चुनाव भनेको देशको नेतृत्व गर्ने मान्छे चुनिने एक कार्य पनि हो । चुनाव प्रचारप्रसार हुदै गर्दा गाडीहरुमा ब्यानर र झन्डाहरु राखेको पाइन्छ । गाडीहरुमा चुनाव प्रचारप्रसार गर्नु भनेको नराम्रो कुरा होइन ,तर नेपालको चुनावमा भारतिय गाडीहरुमा प्रचारप्रसार गर्नु हुदैन । नेपालमा नै धेरै गाडीहरु काम नपाएर रोक्किएका छन । हामीले चुनाव प्रचारप्रसारमा नेपालकै रोक्किएको गाडीहरु पनि प्रयोग गर्न सक्छौ । हरेक पार्टीले आफ्नो चुनाव प्रचारप्रसार गर्दा नेपाली पमप्यालेट भएको गाडीमा नै गर्नु पर्छ । खुल्ला सिमाना छ भन्दैमा भारतिय गाडीको प्रयोग गर्नु हुदैन । नेपाली गाडी प्रयोग गयो भने देशको आर्थिक देशमै भित्रिने गर्छ । निर्वाचन आयोगले पनि चुनावी नीति नियम बनाएको छ । त्यही नीति नियममा रहेर प्रचारप्रसार गर्नु पर्छ । नेपाल सरकारले खुल्ला सिमानाका जिल्लाहरुमा विशेष त चेक जाचको व्यवस्था गर्नु पर्छ ।