वीरगन्ज कलेजले कक्षा ११ का विद्यार्थीलाई लागि आयोजना गरेको व्यक्तित्व विकास र गतिशिलता सम्बन्धी दुईदिने तालिममा विद्यार्थीहरुलाई धैर्य र लगनशील भएर अध्ययन गर्न सुझाव दिएका छन् ।
दुईदेखि सञ्चालनमा रहेको तालिमको समापनको दिन बुधबार उपस्थित अतिथिहरुले कक्षा ११ को विद्यार्थीको उमेर संगतले प्रभाव पार्ने भएकोले आफूलाई समय अनुसार परिवर्तन गर्नका लागि सधै सकारात्मक सोच्नुपर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावासका महाणिज्यदूत नितेश कुमारले व्यक्ति संघर्षशील भएमा मात्रै सफलता प्राप्त गर्न सक्ने बताउनुभयो ।
उहाँले सफलता प्राप्त गर्नका लागि संघर्ष आवश्यक रहेको त्यसको सामना गर्न सक्ने क्षमताको विकास पनि गर्नुपर्ने बताउनुभयो । वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीहरुलाई नकारात्क सोच भन्दापनि हरेक कुरालाई सकारात्मक कोणबाट सोचेर अगाडि बढ्न सुझाव दिनुभयो ।
उपत्यका बाहिर कक्षा ११ र १२ मा पहिलो पटक कानून र पत्रकारिता अध्ययापन गराउदै आएको कलेजले व्यावस्थापन शंकायका विद्यार्थीहरुका लागि तालिमको आयोजना गरेको हो । वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय महावाणिज्यदूतावासका वाणिज्यदूत नितेश कुमार, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण,
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जारा, प्याब्सनका केन्द्रीय सदस्य छडुप लामा, पर्सा अध्यक्ष पुरन प्रधान, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडिया, ट्रिब्यून न्युज एनपी डटकमका सम्पादक नीरज पिठाकोटे मगरले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका शिक्षक, शिक्षिका लगायत विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले गर्नुभएको थियो ।
सफ्टवेयर अपग्रेडीङले भन्सार कार्यालयको काम प्रभावित
ट्रिब्यून न्युज
ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । ट्रिब्युनन्युजएनपी डटकम अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।