स्व. गोपाल बहादुर शाक्य र देवामाया शाक्यका तीन जना छोरा मध्ये कान्छो छोरा हुन् डा. दीपक शाक्य । यो नाम वीरगन्जवासीको लागि नयाँ नाम नै होइन । ५ जना दिदी बहिनीमा एक जना म भन्दा कान्छी बहिनी छन् । अरु मभन्दा जेठी दिदीहरु र अरु दाइ हुन् उनले भने । बाजेको पारिवारिक अवस्था राम्रो भए पनि विभिन्न कारणले बुवाको पालामा हाम्रो पारिवारिक अवस्था समान्य थियो । म समान्य पारिवारिक अवस्थामा हुर्केको हुँ ।
पढाइमा अति उच्च श्रेणीको नभए पनि तेस्रो चौथो हुँदै २०३३ सालमा वीरगंजको माईस्थान विद्यापीठबाट एस एल सी पास गरेका डा. शाक्यको जन्म २०१७ साल चैत्र २० गते भएको बताए । मगद युनिभरसिटी गया, भारतबाट पि एच डि गरेका डा. शाक्यले पढने क्रममा म शिक्षक बन्छु भनेर कहिले नसोचेको उनले बताए । सुरुमा डाक्टर वा ईन्जिनियर बन्ने सोचेको थिए । तर एस एल सी गरिसके पछि पारिवारिक अवस्थाका कारण व्यवस्थापन संकाय पढे । उनले थपे, व्यवस्थापन संकाय पढ्ने बेलामा पनि म मैनेजर बन्ने सोचेको थिए । तर म शिक्षण पेशामा लागें र त्यसैबाट आज यहाँ पुगेको छु । २०४३ सालदेखि ठाकुरराम बहुमुखि क्याम्पसमा पढाईरहेको छु । विगत १७/१८ बर्ष यता साथीहरु मिलेर वीरगन्जमा वीरगन्ज पब्लिक कलेजको नामले अर्को नीजि विद्यालय पनि संचालन गर्दै आएका छौं । यसमा पनि विद्यार्थीको भविष्य राम्रो बनाउन प्रयासरत छौं । शिक्षा क्षेत्रमा निरन्तर लागि रहेका उनै डा. शाक्यसँग मध्य नेपालले गरेको थप कुराकानी :
१) तपाईमा कलेज स्थापना गर्ने योजना कसरी आयो ?
म काठमाडौबाट एम वि ए गरेर वीरगंजमा आएर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा घुम्न गएको थिएँ । त्यहाँ लाखे सरले मलाई एउटा कक्षा लिन भन्नु भयो । त्यो वेलासम्म मलाई अध्यापन गराउने मन थिएन । तर कक्षा लिई सके पछि विद्यार्थीहरुबाट जुन सम्मान र माया पाएँ । त्यसले मलाई प्रोत्साहित ग¥यो । पढाउनै गए पछि मलाई एकदम राम्रो लाग्न थाल्यो ।
कृषि औजार कारखानामा आठौ तहमा काम गरेको थिए । एक हप्ता जति काम गरेर छोडें किन भने मेरो नेचर दिएन । नौ बजेदेखि छ बजे सम्म काम गर्नु पर्ने । ठूलालाई चाप्लुसी तथा सानालाई पेल्नै पर्ने उद्योगको शैली हुने रहेछ । तर पढाउदा मान सम्मान पाउने भएको मैले पढाउने कामलाई नै रोजे । सरकारी क्याम्पसमा पढाउन थालें । तर त्यहाँ पनि आफनो ईच्छाले केहि गर्न नपाउने, विभिन्न युनियन, नीति नियममा वस्नु पर्ने र त्यसले परिवर्तित समयलाई सम्बोधन गर्न सकिरहेको थिएन । हामीले यहाँ लड्नुभन्दा पनि एउटा आफ्नै वीरगंजमा कलेज खोल्ने सोच बनायांै । एकदम कम पैसामा पढाउने तर मोर्डन शिक्षा लागु गर्ने हाम्रो सोच थियो । यो शुरु गर्ने बेलामा मसंग पैसा पनि थिएन । श्रीमतीको गहना समेत बेचेर चार लाख पु¥याए । त्यो वेला धेरै पैसा पनि चाहिदैन थियो । हामीले कन्या स्कुल भाडामा लिएर सानोबाट शुरु गरेको आज यहाँ सम्म आई पुगेका छौ ।
२) सुरुमा कति जना विद्यार्थीहरु थिए ?
सुरुमा हामीसंग जम्मा १३५ जना विद्यार्थीहरु थिए । सुरुमा हामीले मात्र सुरु गरेका थियौं । दोस्रो बर्षमा जम्मा ८५ जना विद्यार्थी भए । किन भने हामीले विभिन्न कृयाकलाप संचालन गरेका थियौ । त्यसलाई केही मानिसहरुले नकारात्मक रुपमा प्रचार गरेका थिए कि त्यहाँ पढाई हुदैन जसले गर्दा दोस्रो वर्ष विद्यार्थी कम भए भनेर । तर जब रिजल्ट आयो । हामी नारायणी अंञ्चल मै ११ आंै स्थानमा आयांै । त्यस पछि हाम्रो मुल्यांकन हुदै गयो । आजसम्म हामी पछाडी फर्केर हेरेका छैनौ । आज लगभग तीन हजार विद्यार्थी छन् खाली म्यानेजमेन्ट तर्फ मात्र ।
३) यो १७ वर्षको समयमा कति विद्यार्थीलाई उतीर्ण गराउन सफल हुनु भएको छ ?
हामीले लगभग १० हजार विद्यार्थीलाई उत्पादन गरेका छौ । प्लस टु लाई समेत जोडने हो भने प्रत्येक वर्ष एक हजार जना विद्यार्थी उर्तीर्ण हुन्छ स्नातकको मात्रै बार्षिक तीन चार सय विद्यार्थी उत्पादन हुन्छन् । हामीले तिनीहरुलाई समाजमा पठाउछौं । खाली किताबी ज्ञान मात्र होईन एउटा असल नागरिक हामी तयार गर्छाै । यहाँबाट गएका विद्यार्थीहरु समाजमा उदारणीय बनिरहेका छन् । यही नै हाम्रो सफलता हो ।
४) चार लाखको लगानी तथा अरुको घर भाडामा लिएर सुरु गरेको तपाईको कलेज
आज यहाँ सम्म पुग्दा के के उपलब्धीहरु हात पार्न सफल भएको छ ?
मैले एउटा स्कूलमा कलेज खोलें । तर मेरो मन थियो । मैले किन स्कूल खोल्ने ? मेरो मन २ वटा कुरामा थियो । मैले वीरगंज पब्लिक कलेज किन राखें पहिले त ईन्टरनेशनल राख्ने चलन थियो । त्यो बेला मलाई धेरैले भनेको थियो । यो पब्लिक होईन नि यो त प्राईभेट हो, यो कस्तो पुरानो नाम राखेको ? त्यो बेला एउटा मेरो फिलोस्पि के थियो भने कलेज भनेको कहिले पनि प्राईभेट हुदैन । पब्लिक नै हुन्छ । चलाउने तरिका प्राईभेट वा पब्लिक हुन सक्छ । मेरो कलेज विशेष गरेर वीरगंजका भाइ बहिनीहरु तराईका विद्यार्थी जो बाहिर गएर पढ्न सक्ने थिएन । त्यसको लागि नै हो । किन भने म पनि एउटा समान्य परिवारको, मेरो मनमा त्यो दुःख थियो । मेरा सबै साथीहरु बाहिर बाहिर पढ्न गए । ठूल्ठूला कलेजमा पढे । तर म यहि पढें । मैले वीरगंजमा नै एउटा राम्रो कलेज चल्छ । त्यो पनि व्यवस्थापनमा किन भने । वीरगंज एउटा व्यवसायिक थलो हो र मैले चलाए ।
कलेज चलाउनलाई दुईटा कुरा चाहिन्छ एउटा म्याथोलोजि पढाउने राम्रो र अर्काे भौतिक पूर्वाधार त्यो मेरो मनमा थियो । हामीले स्कुल भाडा लिएर कलेज संचालन गर्दा विद्यालयका विधार्थीहरु कति खेर जान्छन् र त्यस पछि हाम्रो कक्षा चल्छ भनेर हेरेर बस्थ्यौं । आफैले सफा गर्दा गिल्ठी फिल हुन्थ्यो । हामी सुरुमा कसैले अरु केही सोचेनौ । मैले आफ्नो घरबाट लिनु पर्ने अंश समेत लिएर २ कट्ठा किने । जमिन किनिसके पछि एउटा घर बनाउने मेरो तरखर थियो । मैले पाँच लाख ऋण लिन जादाँ रमेश भट्टराई मेरो साथी पनि थिए । पचास लाख दिन्छु भन्नु भयो । मलाई त विश्वास लागेन केही दिन जादै गईन पछि उसैले फोन गरेर ऋण दिन्छु भनेको छु किन नआएको भने पछि गएँ । ऋण पाउने भए पछि साथी संजय खेतान कहाँ गएँ वहाँले सहयोग गर्नु भयो । एउटा राम्रो नक्सा बनाई दिनु भयो । शुरुमा एक तला बनायौं । पछि बिद्यार्थीको चाप बढदै गए पछि पाँच तल्ला सम्म बनायौं । त्यस पनि पुगेन । फेरी बैंकसंग ऋण लिएर जग्गा किनेर विपीसीको लागि अर्काे ठाउँमा भवन बनाए । मेरो लक्ष्य थियो । बाहिरको कलेज जस्तै यो कलेज पनि भौतिक पूर्वाधारले सम्पन्न होस् । त्यसै अनुसार मैलै बनाउदै गएँ । बरु मैले साईकल मोटरसाईक चढें । तर कलेजलाई सुविधा सम्पन्न एउटा आधुनिक कलेज बनाएँ । आज राम्रो भनी पुरस्कृत हुँदा यसको पनि महत्वपुर्ण योगदान छ जस्तो लागेको छ ।
५) वीरगज पब्लिक कलेज कुन कुन विधामा पुरस्कृत भएको हो ?
न्यु बिजनेस एजले हरेक वर्ष विभिन्न विधामा उत्कृष्टताको अवार्ड दिने गरेको छ । उच्च व्यवस्थापन संकायमा सात वटा विधामा उसले उत्कृष्ट घोषणा गर्ने गर्दछ ।
नेपालको सवै विश्व विद्याललयको सहभागिता रहन्छ त्यसमा । यसपाली १ हजार २७४ वटा कलेजको सहभागिता थियो । जस मध्ये पहिलो चरणमा ३ सय, त्यस पछि ७० वटा र अन्तिममा ३० जना गरेर छनोट गरे । हामीले आशा गरेको भन्दा पनि बढी नेपालमा सवैभन्दा बढी पुरस्कार पाउने कलेज भयौं । प्रदेश नं. २ को व्यवसायिक व्यवस्थापन कलेजमा सवै भन्दा उत्कृष्ट, एम बि. एस.मा नेपालकै उत्कृष्ट कलेज, एम. बि.ए., बि.बि.ए र बि.बि.एस.मा नेपालकै उत्कृष्ट १० कलेजहरुमा हामी पर्न सफल भएका छौ । यसरी पाच वटा विधामा पुरस्कार पाउने यो तराईकै पहिलो कलेज हो ।
६) यो सफलतामा क–कसको सहयोग रहेको मान्नु हुन्छ ?
सफलता प्राप्त गर्नका लागि एकलैले गर्न सकिदैन । टिमको सहयोग, मिहेनतले गर्दा सफलता हासिल भएको छ । हाम्रो कलेजको जुन टिम छ त्यो सवै जनाको प्रयास, मिहेनत र लगनशिलताको कारण आज यो सफलता हासिल गरेका छौ । यहाँ सम्म पुग्नका लागि गुरु वर्ग, अभिभावक, विद्यार्थी, वीरगंजवासी, पत्रकार जगत सवैको सहयोग छ र यो सफलता कलेजको मात्र होइन सम्पूर्ण वीरगंजवासी कै हो ।
७) अहिले सम्म तपाईले कति जनालाई रोजगारी दिन सफल हुनु भएको छ ?
रोजगार दिनु भन्दा रोजगार पाउन सक्ने बनाउनु सबभन्दा ठूलो कुरा हो । अहिले हामीसंग ७० जना शिक्षकहरु र स्टाफ ३७ जना जति हुनुहुन्छ । लगभग १०० जनालाई हामी प्रत्यक्ष रोजगारी दिएका छौ । हामीले उत्पादन गरेको विद्यार्थीहरु वीरगंजको हरेक क्षेत्रमा छन् ।
वीरगंजका बैंकहरुमा व्यवस्थापनमा हाम्रो विद्यार्थीहरु छन् । कलेजले आफै रोजगार दिने होईन, रोजगारीको लागि सक्षम बनाउने हो र त्यसमा हामी सफल भएका छौ । हामीले उत्पादन गरेका विद्यार्थीहरु हरेक निकायमा रोजगारी पाउन सफल भएका छन् ।
८) तपाईको अगामी योजना के छ ?
यो पुरस्कारले हामीलाई खुशी दिएको छ । प्रोत्साहित बनाएको छ । तर त्यसको संगसंगै चुनौती पनि ल्याएको छ, जिम्मेवारी दिएको छ । यो उत्कृष्ट कसरी कायम राख्ने तथा अगामी दिनमा यसभन्दा पनि उत्कृष्ट कसरी बनाउने त्यसमा सोचिरहेका छौ । अहिले विश्वमा कस्तो ट्रेन्ड चलेको छ । त्यसै अनुसार हामी शिक्षण प्रकृयालाई अगाडी बढाउने योजना बनाएका छौ ।