धनुषा, चितवन, कञ्चनपुर, दोलखा र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषा जनकपुर उपमहानगरपालिका२१ कुर्था बस्ने ४८ वर्षीय जयकुमार यादव साईकलमा चढी घरतर्फ जाने क्रममा शुक्रबार राति बाटोमा लडेर गम्भीर घाइते भई उपचारको लागि जनकपुरस्थित सिटि अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
चितवन भरतपुर महानगरपालिका ३ लाईन्चोकस्थित सडकमा ना.५ ख ५०६० नम्बरको बसले बा.४० प ९२०६ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही महानगरपालिका२ बस्ने ४४ वर्षीय रविन्द्र रिजालको भरतपुर अस्पातालमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर पुनर्बास नगरपालिका ६ स्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टरले सोही स्थान बस्ने दिपक राउतकी १० वर्षीया छोरी समीक्षा राउतलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि सेती अंचल अस्पताल धनगडी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दोलखा बिगु गाउँपालिका ५ दुसीडाँडास्थित सडकमा बा.५ ख २६६२ नम्बरको टिप्पर सडकबाट करिब ५० मिटर तल खसेर शनिबार दिउसो दुर्घटना हुँदा टिपरमा सवार बिगु गाउँपालिका६ बस्ने ३० वर्षीय टहलबहादुर थामीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घनामा घाइते भएका टिपर चालक समेत ३ जनालाई उपचारको लागि सामुदायिक अस्पताल सिंगटीतर्फ लगिएको छ ।
रुपन्देही देवदह नगरपालिका ६ गिद्धीभिरस्थित सडकमा लु.२ ख ३२२० नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक पाल्पा माथागढी गाउँपालिका३ बस्ने २२ वर्षीय श्यामबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।