cरक्सौलसंगै जोडिएको देशकै प्रमुख सहर वीरगंज विवाहगंजले परिचित शहर हो, यहाँ प्रत्येक विवाहको सिजनमा होटल, पार्टी पौवा भरिभराऊ हुन्छ । खासगरी सिमावर्ती शहर रक्सौल, मोतिहारी, बरैनीया, बेनौलि लगायतको धनाडय भारतीइहरु वीरगंजमा छोरा, छोरीको विवाहका लागी यहाँ आउने गर्दछन् । तर केही महिनादेखी भारतीयहरु विवाहगंज शहरमा आउन तर्सेका छन् ।
नेपाली मात्र हैन् भारतीय नेपाली बजारमा जिन्सी र इलेक्ट्रोनिक्स समान किन्न लाम लाग्छन् त्यसै स्वरुप हो की भारतीय रुपैयाँ खोज्न राष्ट्र बैक जानै पर्दैन्थ्यो, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने, अहिले एकसयको ५ हजार भारतीय रुपैयाँ ल्याउनै पर्दा थानका थान पुग्छ, ल्याउन असहज लाग्छ । नेपाल सरकारले प्रतिबन्ध पहिलापनी गरेका थिए अध्यक्ष शर्माले थपे, २५ हजार भन्दा बढी ल्याऊँन पाउँदैन्थ्यो तर अहिले साफै राख्न नपाउने नियमले भारतीय पर्यटकहरु नेपाल भन्ने वितिकै नाक खुम्च्याउने गरेका छन् ।
जालीनोटको कारोबारलाई निरुत्साहित गर्न २ साताअघि देखी नेपाल सरकारले ५ सयको नोटमा समेत पूर्ण रुपमा प्रतिबन्ध लगाएपछी भारतीय पर्यटकहरु नेपाल आउने की नआउने रनभुल्लमा परेका छन् ।
यता भारतीय रुपैयाँ राखेकै कारण जिल्ला प्रहरी कार्यालय पर्साले यसआर्थिक वर्षभित्र ६ जनाभन्दा बढीलाई कार्वाही गरेको जानकारी दिएका छन् । तर यता भारतीय हजार र पाँचसय रुपैयाँको प्रतिबन्धले वीरगंज भन्सार कार्यालयलाई खासै असर नपर्ने वीरगंज भन्सार कार्यालयका सुचना अधिकारी संतोष यादवले बताए । उनका अनुसार वीरगंज भन्सारको कार्यलय सम्पुर्ण कम्पयुटरराइजड बिलिङ्ग हुने हुदाँ भारतीय रुपैयाँको भन्सार कार्यालयमा लेनदेन नहुँने हुदाँ केही असर नपर्ने बताए ।