पर्साको प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र
जसपाले २र२ स्थानमा विजयी हासिल गरेका छन् । भने लोसपा र माअोवादी केन्द्रले १र१ स्थानमा विजयी हासिल गरेका छन् । यस्तो छ नव निर्वाचितहौ
पर्सा निर्वाचन क्षेत्र नम्बर को अर्थात १ मा माअोवादी केन्द्रका रहबर अन्सारी बिजयी
माअोवादी केन्द्रका रहबर अन्सारी ७ हजार ८ सय १७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विचारी यादवले ५ हजार ५ सय १८ मत मात्रै ल्याएका छन् । भने, स्वतन्त्र उम्मेदवार जन्नत अंसारी जिप ले ५ हजार २ सय ८६ मै सिमित भए ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ अर्थात १ को ख मा जसपाका मुख्यमन्त्री विजयी
मुख्यमन्त्री लालबाबु राउत गद्दी विजयी भएका छन् । जसपा छाता छापका उम्मेदवार राउतले ७ हजा, ५ सय ४५ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनरायण कुर्मिले ६ हजार २ सय १२ मत मात्रै ल्याउन सके । यस्तै राप्रपाका विनय झाले २ हजार ८ सय ४१ मत र हाम्रो नेपाल पार्टीका अोमप्रकाश सरार्फले २ हजार २९ मात्रै ल्याएका छन् ।
पर्सा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को १ अर्थात २ को मा श्याम पटेल विजयी
नेपाली कांग्रेसका श्याम पटेल १३ हजा, ७ सय ८४ मत ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जिल्ला अध्यक्ष समेत रहेका रामनरेश यादव १२ हजार १ सय २७ मत मै सिमित भएका छन् ।
लोसपाका कुर्मी पुनः विजयी
पर्सा प्रदेश सभा सदस्य निर्वाचन २ को २ ,ख मा लोसपा साइकल रमेश कुर्मी विजयी भएका छन् । यसअघि समेत निर्वाचित रहेका कुर्मी ९ हजार ४ सय ७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंह लालटेन ले ६ हजार ८ सय ३४ मत मात्रै ल्याउन सकेका छन् । भने, नेकपा एमालेका उम्मेदवार हरेराम प्रसाद ३ हजार ७ सय ९० मत मै सिमित रहे ।
नेकपा एमालेका जिल्ला अध्यक्षलाई हराउदैँ काग्रेसका चौधरी विजयी
पर्सा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर को १ अर्थात क० मा नेपाली कांग्रेसका शंकर चौधरी १२,१५४ मत ल्याएर विजयी भएका छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारूलाई १७ सय १६ मतको मतान्तरले कांग्रेसका चौधरी विजयी भएका छन् ।
नेकपा एमालेका थारूले १० हजार ४ सय ३८ मत मात्रै ल्याउन सके । यससँगै पर्सामा २र२ जना प्रदेशसभा सदस्य विजय भएका हुन् ।
प्रदेश सभा सदस्य ४ को २ मा जसपाका शिहासन कलवार विजयी
पर्सा प्रदेश सभा सदस्य निर्वाचन ४ को २ ,ख० मा जसपाका उम्मेदवार शिहासन कलवार १५३८५ मत ल्याएर बिजय भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी प्रहलाद साह कानु १२६४१ मै सिमित भएभने, माअोवादी केन्द्रकी शेख चाँद तारा कुमारी १७६५ मात्रै ल्याउन सकेकि छिन् ।