महिला हिसां तथा बलात्कार पछिको हत्याको कारण हिंसा पिडीतले न्याय नपाएको भन्दै महिनौँ देखी निर्मला पन्तको आरोपी पक्राऊ पर्न सकेको छैन् । पछिल्लो समय देशमा सबैभन्दा बढी सुनिने खबर महिला हिसां वा बलात्कारकै छन् यसलाई न्यूनिकरण गर्न सरकारले हर सम्भव प्रयास गरेको देखिन्छ । जसमा नेपाल प्रहरीले ‘नो’ भन्ने अभियान मार्फत अगाडी बढिरहेका छन् भने, राष्ट्रिय खेलकुद परिषदले आफैले आफुलाई आत्मरक्षा गर्नका लागी देशको विभिन्न १९ वटा जिल्लामा एकैसाथ ‘आत्मरक्षा’ अभियान सञ्चालन गरिरहेको छ ।
यसै अभियानलाई सार्थक दिलाउन परिषदबाट मुख्य प्रशिक्षकका रुपमा जिल्ला जिल्लामा प्रशिक्षण दिदै आईरहेकी नेपाल मार्शल सेल्स डिफेन्स एशोसिएसनका मुख्य प्रशिक्षक सञ्जु महर्जनलाई अहिले भ्याई नभ्याई छ । ३ महिना भित्रै पहिलो चरणका जिल्लामा प्रशिक्षण दिलाउनुपर्ने चुनौति
उनी र अर्का प्रशिक्षक राधिका हमालमा छ । जुन सफलताका साथ पुरा हुनेमा मुख्य प्रशिक्षक महर्जन विश्वस्त छिन् ।
२०४० सालमा काठमाडौँमा जन्मेकी ३५ बर्षिय सन्जु महर्जनको स्कुल जिवन देखीको शोक कराते हो । पढ्न गईरहेको बेला एकजना काकाले कराते प्रशिक्षण गरिरहेको देखेर आफुलाई पनी रुचि बढ्े पछी काकालाई भनेर कराते सिक्ने मौका पाईन् । २०५३ सालदेखी करातेमा आवद्ध उनी आफ्नो अथक मेहनतले २०५६ सालमा ब्लाक बेल्ट र २०५७ सालमा स्तरवृद्धि गर्दै ४ डन समेत हासिल गरिसकेकी छिन् । त्यससंगै २०५७ मा डोजो स्थापना आफैले गरेको संस्था चलाउँदै आएकी प्रशिक्षक सन्जु महर्जनका एक छोरी र एक छोरा छन् । प्रेम विवाह गरेकी उनलाई यहाँसम्म पु¥याउनुमा श्रीमान सुनिल महर्जनको देन रहेको उनी बताउँछिन् ।
२ महिनादेखी घरबाहिर भएपनी छोरा छोरीको रेखदेख सबै श्रीमानले गरिरहेको महर्जनले बताईन् । माघ १० गते समपन्न हुने यस कार्यक्रमले प्रदेश सरकार र स्थानीय निकायले समेत सञ्चालन गर्नुपर्ने उनि सुझाउछिन् । यसै सन्दर्भमा वीरगंजमा प्रशिक्षण दिन आएकी मुख्य प्रशिक्षक सन्जु महर्जनसंग मध्य नेपालले गरेको विशेष कुराकानी
१) ‘आत्मरक्षा’ अभियान सञ्चालन गर्नु को उद्देश्य के ?
आत्मरक्षा भनेको आफैले आफैलाई सुरक्षा गर्नु हो । यस तालिमको मुख्य उदेश्य भनेको वृद्धदेखी बच्चा सम्मका महिला वा पुरुषलाई आफ्नो सुरक्षा आफैले गर्न सकुन भन्ने् हो । यस कार्यक्रमले महिला हिंसा विरुद्धको बलात्कार, घरेलु हिसां लगायतको घटना न्यूनिकरण गर्नु प्रमुख उदेश्य हो ।
२) तपाई यो अभियानमा कसरी जोडिनु भयो ?
चारवर्ष अगाडी हामीले तालिम दिएको दुई दिनपछी मात्रै एउटा ११÷१२ वर्षको नानी आफनै काकाबाट बलात्कार हुनबाट जोगिन् । त्यसबेलादेखी हामीले यस तालिमको महत्व बुझेर बिभीन्न सामुदायिक तथा निजी बिधालयमा प्रशिक्षण दिदै आएका थियौ हाल राट्रिय खेलकुद परिषद द्धारा संचालीत तीन महिना भित्र देशभरीको १९ वटा जिल्लामा हामीले स्कुले छात्र÷छात्रा र महिलाहरुलाई सिकाउने काम गरिरहेका छौँ । यसरी नै म यामे अभियानमा जोडिन पुगेको हो ।
३) हालसम्म कुन कुन जिल्लामा प्रशिक्षण दिईसक्नु भएको छ । महिला तथा बालबालिकाहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
हाम्रो लक्ष्य देशभर हो तर पहिला चरणमा हामीले ३ महिनाभित्र १९ वटा जिल्लालाई लक्ष्य गरेर काम गरिरहेका छौँ, हालसम्म १२ वटा जिल्ला सकाएका छौँ । काठमाडौँ, ललितपुर, बनेपा लगायतको ठाउँबाट सुरु गरेको आत्मरक्षा प्रशिक्षण कार्यक्रम अहिले तराईका जिल्लाहरुमा गरिरहेका छौँ । हाल ईटहरी, विराटनगर, धरान, दमक लगायतमा जाने हाम्रो कार्यक्रम रहेको छ ।
यसमा महिला वा पुरुष प्राय धेरैको सकरात्मक प्रतिक्रिया पाएका छौँ । विद्यालयका शिक्षक, खेलकुदका प्रशिक्षक, अभिभावकहरु धेरै नै मन पराई दिनुभएको छ ।
४) यो प्रशिक्षण सिक्नैपर्ने कारण के ?
हरेक ठाऊँमा बुवा, आमा, दाई, भाई, साथी वा श्रीमान हुँदैनन् कहिलेकाही एक्लै परिन्छ त्यसबेला आत्मरक्षा सिकेका व्यक्तिले आफैलाई जोगाउन सक्छ । प्रशिक्षक सिकेका व्यक्तिले आफ्नो रक्षा गर्नसके हिंसा कम हुन्छ । यो सिकेर आफै आफैमा लड्नु पनी हैन् केवल केही न केही सिप सिक्यो भने जुन समयपनी काम आउन सक्छ त्यसकारण यो प्रशिक्षण लिनुपर्छ ।
५) आत्मरक्षा प्रशिक्षणलाई गाऊँ टोल सम्म पु¥याउन प्रदेश र स्थानीय सरकारले के गर्नुपर्छ ?
स्पोर्टमा लाग्नुपर्छ नलागे आत्मरक्षा सिक्नुपर्छ । मेरो मात्र नभई नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषदको भनाई हो । खेलकुदमा सहभागिता बढाऊँन शिक्षा जस्तै खेलकुद पाठशाला हो, खेलले देशको शिर ठ्डयाऊँछ यसमुल मन्त्रलाई मध्य नजर गरेर प्रदेश र स्थानीय सरकारले लगानी गर्नुपर्दछ । महिलाहरुलाई खेलकुदमा अगाडी बढाउनका लागी हामी आफैले पनी हाम्रा छोरा छोरी, भाई बहिनीहरुलाई सहभागिताका लागी तदारुकता देखाउनुपर्दछ । जिल्ला जिल्लाका स्थानीय तहले यस अभियानलाई सबैले सिक्नैपर्ने भनेर तादारुकताका साथ सहभागिता गराउनुपर्छ ।
६) खेलकुदमा नेपाल सरकारको लगानी कस्तो पाउँनु भएको छ ?
खासमा महिलाको सहभागिता निकै न्यून देखिन्छ संघिय सरकारले महिलाका लागी अहिले कस्ता किसीमको सेवा सुविद्याहरु ल्याएका छन् ।
पहिला महिलाहरुलाई केही थिएन् भन्दा हुन्छ, खेलकुद मै लगानी न्यून थियो झन महिला वा पुरुषको त कुरै छोडौँ ! तर अहिले महिलाहरुलाई धेरै भन्दा धेरै लगानी गरेको देख्छु, नेपाल सरकारले खेलाडीहरुका लागी तलब देखी विमा र भत्ता सम्मको सुविद्या दिएको छ । पहिला हुदैँ नभएको लगानी सरकारले दोब्बर तेब्बरले बढाएको छ ।