नेपालको ६३ औ तथा प्रदेश नं. २ को तेस्रो खुला दिशामुक्त जिल्ला रौतहट घोषणा भई रहदाँ कुनै समयमा ८ जिल्लामा पहिलो स्थानमा रहेको पर्सा जिल्ला अहिले सम्म तामझामका साथ वडा घोषणामा लागिरहेको छ । तराई मधेसमा चर्पी निर्माणको काम धमाधम भइरहे पनि हिमाली तथा पहाडी क्षेत्रमा जस्तो त्यत्ति सजिलो छैन । चर्पी निर्माणका लागि गाह्रो भएकै कारण खुला दिसामुक्त गर्न बाँकी जिल्लाहरु मध्ये तराई मधेसकै बढी छन् । प्रदेश नं. २ को कुरा गर्ने हो भने सिरहा, सप्तरी, हुदै रौतहट जिल्ला खुला दिशामुक्त घोषणा भईसकेको भने पर्सा, बारा नेपाल क्रमशः अहिले प्रदेश र देशको पुच्छारमा छन ।
यहि अवस्था रहयो भने पर्सा र बारा क्रमशः ७६ र ७७ औ स्थानमा खुला दिशामुक्त हुने अवस्था देखिन्छ । हामी ठुला ठुला महँल बनाउछौ, मोटर चढछौ, सुन लगाछौ, ऋण लिएर भए पनि भोज भतेर गर्छाै तर एउटा चर्पी बनाउनका लागि अरुसंग सहयोग माग्छौ । हामी चर्पीका लागि मग्नते भएका कारण हामी पछाडी परेको अभियान्तहरु बताउछन । जत्रो सुकै ठूलो काम ऋण काढेर सम्पन्न गर्न सक्ने समुदायले चर्पी इज्जत र प्रतिष्ठासँग जोडिएको चर्पी बनाउन कति अरुको सहयोग खोज्छन ? सवै कामको व्यवस्थापन आफैले गर्ने तर चर्पीको लागि कहिले सम्म अरुको अगाडी हात फैलाउने ? कहिले सम्म मग्नते बन्ने हामी चर्पीको लागि ?
नेपालमा मात्र होईन अहिले विश्का धेरै देशहरुमा खुला दिशामुक्त अभियान संचालन भईरहेको छ । नेपालले पनि देशलाई सन २०१७ सम्म खुला दिशामुक्त बनाउने अन्तराष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता अनुसार बिभिन्नि किसिमको रणनिति बनाई अभियान संचालन गरिरहको छ । नेपालको ६३ वटा जिल्ला नै खुला दिशामुक्त जिल्ला घोषणा पनि भई सकेका छन । राष्ट्रले लिएको लक्षय पुरा गर्नका लागि जिल्लाहरुले पनि कहिले सम्म आफनो जिल्लालाई घोषण गर्ने भन्ने रणनिति बनाएर सरकारी तथ गैर सरकारी संघ संस्थाहरु बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायको सहयोगमा अभियान संचालन गरिरहेका छन ।
नेपालले अन्तराष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता अनुसार अन्तराष्ट्रिय निकायले नेपाललाई सहयोग पनि गरिहेका छन । नेपाल सरकारले आम मानिसको घर घरमा शौचालय निर्माण गर्नका लागि बिभिन्न किसिमको रणनिति, योजना तथा स्कीम ल्याएको थियो । अनुदान देखि लिएर उपहार र सम्मान गर्ने सम्मको रणनिति अपनाईएको छ शौचालय बनाउनका लागि । नेपालको कुनै भेगमा यो अभियान सफलतापुर्वक सम्मन भई सकेको छ भने कुनै क्षेत्र र जिल्ला पछाडि परेको अवस्था छ । पर्सा, बारा, रौतहट, सर्लाहि, महोतरी, धनुषा, सिरहा, सप्तरी गरी आठ बाटा जिल्लामा यो अभियान पछि परेको छ समग्रमा हेर्ने हो भने तराईमा यो अभियान पछि परेको छ । हाम्रो मग्नते प्रवति तथा यसैमा राजनिति गर्ने परम्परा कहिले सम्म ?
समय अनुसार आफनो बानी व्यवहारलाई परिवर्तन गर्नु पर्छ । शौचालयमा शौच गर्नका लागि हामीलाई अरुले सिकाउनु पर्दैन आफैले आफनो व्यवहार परिवर्तन गर्नु पर्छ । हामीले आफुलाई स्मार्ट देखाउनका लागि बिभिन्न कपडा लगाउ छौ, बिभिन्न स्प्रेयको प्रयोग गर्छाै, तर एक पटक सोच्नुस त खुला रुपमा दिसा पिसाव गरेको अवस्थामा हामीलाई कसैले हेरयो भने हाम्रो अवस्था कस्तो हुन्छ । पहिला पहिला पैदल हिडथ्यौ, साईकल चढथ्यौ तर अहिले मोटरसाईकल चढने बानी बसेका कारण हामी पैदल हिडन सक्दैनौ त्यस्तै हामी शौचाल मै शौच गर्ने बानी बसाल्यौ भने आपसे आप शौचालय निर्माण हुने वातावरण बन्छ । सबै काम आफै गर्न सक्ने, घरमा आइपर्ने सबै समस्याको सामाधान कर्जा काटेर पनि आफै गर्न सक्ने व्यक्ति आफ्नै घरको मान प्रतिष्ठा, स्वास्थ्य सुरक्षा, ईज्जतको लागि चर्पी बनाउन चाहिं किन गरिव हुन्छौ् त हामी ? एउटा चर्पीको लागि कति दिन मगन्ते भई रहने त ?