प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट समानुपातिकतर्फ नेपाली कांग्रेस सबैभन्दा बढी मत ल्याएको छ ।
प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेस ६६ हजार ६७५ मत प्राप्त गरेको छ । यसैगरी, दोस्रो स्थानमा नेकपा एमालेले ४२ हजार ९७५ र तेस्रोमा जनता समाजवादी पार्टी (जसपा) ले ३८ हजार ४२१ मत पाएको छ ।
यसैगरी, राप्रपाले २० हजार ८७३, नेकपा माओवादी केन्द्रले १३ हजार २७४ र राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ५५१ मत पाएर क्रमशः चौथो, पाँचौं र छैटौं भएका छन् ।
नेकपा एकीकृत समाजवादीले पाँच हजार ७३१, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पाँच हजार ४३ र जनमत पार्टीले तीन हजार ९१९ मत पाएर सातौं, आठौं र नवौं स्थानमा छन् ।
यसैगरी, प्रदेशसभाको समानुपातिकमा नेकपाले ६३ हजार ८६१ मत पाएर पर्सामा पहिलो स्थान बनाएको छ ।
जसपा ४१ हजार ६२७, एमाले ४१ हजार ३०७ मतसहित क्रमशः दोस्रो र तेस्रो भएका छन् । राप्रपा १७ हजार १७३, माओवादी केन्द्र ११ हजार ३१३, जनमत पार्टी सात हजार २५४ मत पाएर क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।
नागरिक उन्मुक्ति पार्टीले छ हजार ६६२, नेकपा एकीकृत समाजवादीले छ हजार ९४, लोसपाले चार हजार ८०५ र नेपाल सङ्घीय समाजवादी पार्टीले चार हजार १८१ मत पाएका छन् ।
२०७४ सालको आमनिर्वाचनमा पर्सा जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा जसपा पहिलो स्थानमा थियो । उसले प्रतिनिधिसभामा ५३ हजार ८२१ र प्रदेशसभामा ५१ हजार २२० मत पाएको थियो ।