मनोज कुमार चौधरी पर्सा जिल्लाको लागि अब भने नौलौ नाम पक्कै होईन । पर्सा गढी नगरपालिका वाड न. २ गोडपर्सामा जन्मिएका चौधरी मेलमिलाप थारु परिवारको अध्यक्ष तथा २०७५ सालको माघी मुल समारोहका संयोजक समेत रहेका छन् । पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेको होइन भन्छन् उनी । माघी मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले यो पर्व स्वास्थ्यको लागी पनि उतम हुने उनी बताउँछन् । माघीको साइनो खानपानसँग जोडिएको र यस दिन तरुल घिउ, चाकु, तिलको लयु, खिचडी केकरा, हाँस, कुखुराको मासु विभिन्न प्रकारका मिठाई लगायतका परिकारहरु बनाएर बढो धुमधामका साथ आफ्नो घरमा पकाएको पकवान छिमेकी कहाँ बाढीचुडी खाने यो चलनको पछाडि केही तथ्य लुकेको छ । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुने र आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको उनको तर्क छ । यो पर्वले सामाजिक सद्भाव बढाउने काम गर्नुको साथै अरुबेला कसको भान्सामा के पाक्छ भन्ने थाहा हुन्न । तर यतिबेला एक आपसमा बाढ्ेर खाने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो संयोजक चौधरीले भने । उनै २०७५ सालको माघी मुल समारोहका संयोजक मनोज कुमार चौधरीसंग माघी पर्वको बारेमा गरिएको बिशेष कुराकानी :
१) माघे संक्रान्ति अथवा माघी भनेको के हो ?
माघे संक्रान्ति माघी खास गरी थारु समुदायले मनाउँने प्रमुख चाड हो । माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । जस्तै नेपाल संवत भयो । अन्तर्राट्रिय नयाँ वर्ष त्यस्तै माघी थारुको नयाँ वर्ष हो ।
आफ्नो क्षमताले भ्याए सम्म चाकु घोङ्गी केकरा, हाँस, कुखुराको मासु विभिन्न प्रकारका मिठाई लगायतका परिकारहरु बनाएर बढो धुमधामका साथ मनाउँछौ । माघीको दिन बिहानैे परिवारको बच्चादेखि बुढा सम्म हरेक सदस्य नुहाउँने गर्छन् । यसलाई माघ लहान भन्निछ । यस दिन ननुहाई कसैले केही खादैनन् । पहिलाको परम्परा अनुसार तिल चामल, आलु, दाल पैसा आदि राखेर त्यसलाई छोएर डोमलाई दान दियो भने ठूलो दान हुन्छ भन्ने परम्परा भएकोले हामी पनि त्यसै गर्छौ ।
२) यो पर्व के का लागि मनाउने गरिन्छ ?
माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाईन्छ । पुष मसान्तमा आ आफ्नो लेनदेन हरहिसाब चुक्ता गर्ने र माघ १ गते देखि नयाँ हिसाब किताब सुरु गर्ने प्रचलन छ । थारु भनेको कृषकको छोराहरु भएकोले मंसिरमा पाकेका अन्नपातलाई काटी खेतमै कुन्यु (खरियान) बनाएर राखिएको अन्नपात लाई माघ १ गतेकै दिन घरमा भित्रयाई भण्डारण गरि खुशियालिको रुपमा पनि मनाईन्छ ।
सामाजिक सद्भाव आपसी मेलमिलापको साथसाथै हामी एक ढिक्का हौ भन्ने उद्देश्यले राज्यको हरेक ठाउँमा प्रत्येक अंगमा हाम्रो समानुपातिक समावेशीको हिसावले हाम्रो पहिचान प्रतिनीधित्व र अधिकार सुनिश्चित गराउनको लागी पनि हामी यो पर्वलाई हर्ष उल्लासको साथ हरेक जात जातीहरुको सहभागितामा बीरगज स्थित स्वीमीङ्ग पुलमा माघी महोत्सवका आयोजना गदै आईरहेका छौ ।
३) कस्तो कस्तो परिकारहरु बनाउने प्रचलन रहेको छ ? कसरी यो पर्वले आपसी सद्भाव बाड्न मदत गरेको छ ?
चाकु, तीलको लयु, खिचडी खानु बढी लाभदायक हुन्छ घुङ्गी केकडा हाँस कुखुरा लाई तिल माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो ।
खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा र्पुयाउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरुबेला कसको भान्सामा के पाक्छ भन्ने थाहा हुन्न ।
यतिबेला एक आपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।
४) यो बर्षको माघी महोत्सवको तयारी कसरी गदै हुनुहुन्छ ?
पुस २९ गतेका दिन नारायणी अस्पतालमा सुत्केरी हुने महिलालाई न्यानो कपडा दिने, माघीको एक दिन अगाडी दिप प्रजवल्नको साथै भोली पल्ट ११ः३० बजे देखी घण्टाघरबाट थारु समुदायको भेषभुषमा सजिएर झाँकी प्रर्दशन गरी ¥याली लिई स्वीमीङ्ग पुल पुग्छौ र रतmदान कार्यक्रम तथा थारु समुदायको बिभिन्न परिकारहरु खाने ख्वाउने गरिन्छ ।
अरु समुदायको आमन्त्रित ब्यतिmहरुद्धारा शुभकामना आदनप्रदान गर्ने पनि गरिन्छ । लगभग ५ देखि ६ हजारको हाराहारीमा सहभागी हुन्छौ । थारु मुल समारोह समितिले आगामी बर्षदेखी पर्सा बारा र रौतहटका १२ जना जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुलाई छात्रा बृद्धी प्रदान गर्ने कार्ययोजना समेत बनाएका छौ ।