चर्चित अनुहार लक्ष्मणलाल कर्ण, करिमा वेगम, ओम प्रकाश सरार्फ, शशि कपुर मियाँ, मुकेश द्विवेद्वी, जरी लामा लगायतका नेताको पनि बचेन जमानत
प्रतिनिधि र प्रदेश सभा सदस्य तर्फको निर्वाचनमा पर्साका हेभिवेट नेताहरुको समेत जमानत जफत भएको छ । पटक–पटक दोहोरिएर उमेद्वार बन्ने गरेका उनीहरु सहित लहडमा एकै पटक ठूलो भाग खान खोज्ने धेरै नेताको जमानत समेत जफत भएको हो । उनीहरुलाई पर्सेली जनताले नरुचाइदिंदा प्रतिनीधि सभा सदस्य तर्फका कुल ५३ उमेद्वारमा सात जनाले मात्र आफ्नो जमानत बचाएका छन् । बाँकी ४६ जनाले भने जमानत जोगाउन नसकेकोको निर्वाचन कार्यालयको तथ्याँकले पुष्टि गरेको छ । त्यसै गरी प्रदेश सभा सदस्य तर्फका कुल १ सय ६ उमेद्वार मध्ये ७८ जनाले आफ्नो जमानत पनि जोगाउन नसकेको भेटिएको हो । यसमा हेभिवेटदेखि नाम नै नसुनेकासम्मका नेता दर्ज भएका छन् ।
देशभर मात्र नभई पर्सामा समेत अपत्यारिलो नतिजा आइरहँदा राष्ट्रियस्तरका र पूर्व मन्त्री भइसकेका नेताहरु समेत पर्सामा जनताको रोजाइमा नपरेका हुन् । निर्वाचन कार्यालयका अनुसार जमानत जोगाउनलाई आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान छ । यो प्रावधान पनि पूरा नगरी १० प्रतिशत समेत ल्याउन नसकेका धेरै उम्मेदवारहरु नाम लिंदा छक्क पर्ने अवस्था छ । उनीहरुको मत हेर्ने हो भने नाक जोगाउन समेत आश्चर्य हुनु पर्ने स्थानीयको तर्क छ ।
क्षेत्र गत अवस्था
पर्सा–१ प्रतिनिधि सभा सदस्य ( २१ उमेद्वार, १९ को जफत )
यो क्षेत्रमा कुल ७७ हजार ६ सय ७९ मतदाता रहेका छन् । यी मतदातालाई आफ्नो पक्षमा तान्न प्रतिनिधि सभा सदस्य तर्फ २१ जना उम्मेदवारको उम्मेदवारी परेको थियो । जसमा ४८ हजार ६ सय २० मत सदर खसेको तथ्याँकले पुष्टि गरेको छ । यस निर्वाचन क्षेत्रमा जित्ने जसपाका उम्मेदवार प्रदिप यादव र उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार अजय द्विवेद्वी बाहेक सबै जमानत पनि नजोगाउने नेताका रुपमा दर्ज भएका छन् ।
जमानत जोगाउन नसक्नेमा मधेसका अग्रज नेताका रुपमा चिनिएका लोसपाका लक्ष्मणलाल कर्ण सहित राप्रपाका किरण मान डंगोल, नेपाल लोकतान्त्रिक पार्टीका सुन्दर साह कानु, स्वतन्त्र उमेद्वार नौशाद अंसारी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका शंकर प्रसाद चौरसिया, नेपाल सुशासन पार्टीका अजय कुमार रिजाल, नेपालका लागि नेपाली पार्टीका जितेन्द्र कुर्मी, स्वतन्त्रका हृदयनारायण प्रसाद बरै, नेपाल जनता पार्टीका सुरेश प्रसाद साह, स्वतन्त्रका धर्मेन्द्र साह, बरुण चौरसिया, मो.साहेब मिया मंसुर, राष्ट्रिय जनमुक्ति पार्टीका हसिबु रहमान अंसारी, स्वतन्त्रका दिलिप कुमार साह तेली, नेपाल मजदुर किसान पार्टीका मुकेश कुशवाहा, स्वतन्त्रका लखिचन साह तेली, फरिद आलम, बालेश्वर खा चौधरी, शंकर कर्ण समेतको जमानत जफत भएको पर्साको मुख्य अधिकृतको कार्यालयले उपलब्ध गराएको तथ्याँकमा उल्लेख छ ।
पर्सा २ प्रतिनिधि सभा सदस्य ( ११ जनामा ९ जनाको जफत )
पर्साको क्षेत्र नम्बर २ मा रहेका कुल ८६ हजार ९ सय ६६ मतदाताबाट छनौट हुन कुल ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । जसमा ४८ हजार ६ सय २० मत सदर खसेको थियो । यस निर्वाचन क्षेत्रमा जित्ने नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया र उनका निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मी बाहेक सबै बाँकी ९ जना उम्मेदवारकै जमानत जफत भएको छ ।
जमानत नजोगाउने नेताहरु
जमानत जोगाउन नसक्नेमा राप्रपाका नरेश कुमार साह, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेल, नेपाल लोकतान्त्रिक पार्टीका हरिहर प्रसाद साह, जन समाजवादी पार्टी नेपालका सत्यनारायण प्रसाद, स्वतन्त्रका गणेश राज शाह, नेपाल मजदुर किसान पार्टीका सरोज कुमार साह, स्वतन्त्रका योगेन्द्र प्रसाद यादव, नेपाल सदभावना पार्टीका उमेश प्रसाद कुर्मी र स्वतन्त्र उम्मेदवार उमेश बरै रहेका छन् ।
क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य तर्फ ( ११ जनामा ८ जनाको जफत )
यो क्षेत्रमा पनि कुल ९० हजार ४ सय ३२ मतदाता थिए । ती मतदाताहरुको मत तान्न यो निर्वाचन क्षेत्रमा पनि ११ जना उम्मेदवार नै मैदानमा खडा थिए । उनीहरुलाई ६१ हजार ५ सय ५९ जना मतदाताले आफ्नो सदर मत दिएका थिए । त्यसमा निर्वाचन जित्ने नेकपा एमालेका उमेद्वार राजकुमार गुप्ता र उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी र नेपाल सुशासन पार्टीका राज कुमार यादव बाहेक बाँकी ८ जनाकै जमानत जफत भएको निर्वाचन कार्यालयको तथ्याँकमा प्रष्ट छ ।
जमानत नजोगाउनेहरु
आफ्नो जमानत पनि जोगाउन नसक्नेहरुमा राप्रपाका अंगद ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कडेल, स्वतन्त्रका सुमिर कुमार साह, धुरेन्द्र पटेल, नेपाल मजदुर किसान पार्टीका आशा काजी वर्नमाला, स्वतन्त्रका महमद अलि अकबर अंसारी, प्रदिप कुमार रौनियार, रामप्रसाद महतो चाई रहेका छन् ।
क्षेत्र नं. ४ मा पनि प्रतिनिधि सभा सदस्य तर्फ, १० मा ८ जनाको जफत
यो क्षेत्रका कुल ९० हजार ८ सय ५१ म्तदाताको मत तान्न प्रतिनिधि सभा सदस्य तर्फ कुल १० जना उमेद्वारको उमेद्वारी परेको थियो । त्यहाँ कुल ५९ हजार १ सय ८३ सदर मत खसेको थियो । त्यसमा विजयी हुने नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल र उनका निकटतम प्रतिद्वन्दी एमालेका उमेद्वार जालिम मियाँ वाहेक बाँकी सबै उमेद्वारको जमानत जफत भएको भेटिएको हो ।
जमानत जोगाउन नसक्नेमा राप्रपाका अवधेश गौरो, जनमत पार्टीका अजय यादव, नेपाल जनता दलका रामासिस महतो कोइरी, स्वतन्त्रका महेन्द्र कुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका राज कुमार वर्नमाला, स्वतन्त्रका हेतुला मिया मंसुर, हरिओम साह कानु, जज अहमद रहेको पनि निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याँकमा उल्लेख छ ।
प्रदेश सभा सदस्य तर्फ
क्षेत्र नं. १ का १८ मध्ये १४ जनाको जमानत जफत
पर्साको क्षेत्र नम्बर १ को १ ( क ) बाट प्रदेश सभा सदस्य तर्फ कुल ३९ हजार १६ मतदाता रहेका छन् । त्यस मध्ये २७ हजार ३ सय ४७ सदर मत खसेको छ । सो क्षेत्रबाट १८ जना उमेद्वार मैदानमा खडा थिए । त्यस मध्ये विजयी हुने माओवादी केन्द्रका रहबर अन्सारी, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विचारी यादव, स्वतन्त्र उम्मेदवार जनत अंसारी र सुधिर पटेल वाहेक अरु १४ जनाकै जमानत नजोगिएको हो ।
जमानत जोगाउन नसक्ने
जमानत जोगाउन नसक्नेमा राप्रपाका अनिक कुमार कुशवाहा, नेपाल संघिय समाजवादी पाटीका सेएब अंसारी, स्वतन्त्र किसोर यादव, रामनारायण राउत, जनमत पार्टीका वाजुल हक अंसारी, नेपाल लोकतान्त्रिक पार्टीका अमानुल्लाह अंसारी, स्वतन्त्रका शमीम अख्तर अंसारी, मठु राउत अहिर, मुकेश कुमार यादव, अब्दुल वरकाल अंसारी, कृष्ण प्रसाद कुर्मी, राज कुमार यादव, नसरुल्लाह अन्सारी र रवि प्रसाद गुप्ता रहेका छन् ।
निर्वाचन क्षेत्र १ को २ मा ( २० मा १७ जनाको जफत )
पर्साको क्षेत्र नम्बर १ को २ मा कुल ३८ हजार ६ सय ६३ मतदाता रहेका थिए । जस मध्ये २२ हजार १ सय ४३ सदर मत खसेको थियो । २० जना उम्मेदवार मध्ये जसपाबाट निर्वाचित मुख्यमन्त्री लालवावु राउत, नेपाली कांग्रेसका उम्मेदवार रामनारायण प्रसाद कुर्मी, राप्रपाका विनय प्रसाद झा बाहेक १७ जनाकै जमानत जफत भएको हो ।
जमानत नजोगाउने
आफ्नो जमानत समेत जोगाउन नसक्ने नेता बनेकाहरुमा हाम्रो नेपाली पार्टीका ओमप्रकाश शरार्फ, स्वतन्त्रका शशिकपुर मियाँ, श्याम प्रसाद गुप्ता, शिव प्रसाद यादव, नेपाल शुसासन पार्टीका मनौवर हुसेन, नेपाल लोकतान्त्रिक पार्टीका हरिन्द्र प्रसाद कुर्मी, स्वतन्त्र राकेश कुमार दुवे, सन्तोष कुमार श्रेष्ठ, विशाल कुमार, जनता प्रगतिशिल पार्टीका अंकुश पटेल, स्वतन्त्रका रामरुप प्रसाद साह, आफताब अहमद, कासिम मिया धोवी, पुन्देश्वर प्रसाद यादव, मुकेश साह सोनार, जुनैद हवारी र रोगीन्द्र ठाकुर हजाम रहेका छन् ।
क्षेत्र नं. २ को १ ( ९ मध्ये ७ जनाको जफत )
क्षेत्र नम्बर २ को १ मा कुल ४३ हजार ८ सय ४४ मतदाता रहेका छन् । जस मध्ये ३० हजार ८६ सदर मत खसेको थियो । ९ जना उम्मेदवार मध्ये मत तानातान भएको थियो । त्यसमा विजयी भएका नेपाली कांग्रेसका श्याम पटेल र उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामनरेश प्रसाद यादव वाहेक अरु सबैको जमानत जफत भएको छ ।
जमानत जोगाउन नसक्ने
आफ्नो जमानत बचाउन नसक्नेहरुमा राप्रपाका हरि प्रसाद चौधरी, स्वतन्त्रका स्याङबो लामा तामाङ्ग, जिवन श्रेष्ठ, नेपाल लोकतान्त्रिक पार्टीका मनोज प्रसाद यादव, स्वतन्त्रका गोपीचन्द प्रसाद यादव, फरमान अंसारी र अब्दुल गोयुम अंसारी रहेका छन् ।
क्षेत्र नं. २ को २ मा ( १४ मध्ये १० को जफत )
पर्साको क्षेत्र नम्बर २ को २ मा कुल ४३ हजार १ सय २२ मतदाता रहेका छन् । जस मध्ये २६ हजार २ सय ६ सदर मत खसेको थियो । १४ जना उमेद्वार मध्ये निर्वाचित लोसपाका रमेश कुर्मी उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह, नेकपा एमालेका हरेराम प्रसाद पटेल र राप्रपाका प्रमानन्द साह बाहेक १० जनाको जमानत जफत भएको छ ।
जमानत नजोगाउने
जनमानत जोगाउन नसक्नेहरुमा जसपामा टिकट नपाएर स्वतन्त्रको नाममा उम्मेदवारी दिएका करिमा वेगम ( पूर्व राज्य मन्त्री ), मुकेश कुमार द्विवेद्वी, नेपाल लोकतान्त्रिक पार्टीका हरिशंकर साह, स्वतत्रका छोटेलाल प्रसाद कुर्मी, जनता प्रगतिशिल पार्टी नेपालका भरत भुषण पाण्डेय, स्वतन्त्रका शिवम् कुमार कर्ण, स्वतन्त्रका सेराज आलम, आस महमद मिया, अलि हुसैन, धुरेन्द्र सहनी लगायतका रहेका छन् ।
क्षेत्र नं. ३ को १ ( १२ मध्ये ७ को जफत )
यसैगरी पर्साको क्षेत्र नम्बर ३ को १ मा कुल ४४ हजार ३ सय ९३ मतदाता थिए । जस मध्ये ३० हजार ३ सय ९७ सदर मत खसेको थियो । त्यस मतका लागि १२ जना उम्मेदवारको उनेद्वारी परेकोमा विजयी स्वतन्त्रका प्रमोद कुमार जयसवाल, नेकपा एमालेका अब्दुल रहिम अंसारी, स्वतन्त्रका चन्द्र किशोर प्रसाद, माओवादी केन्द्रका छोटेलाल प्रसाद यादव, नेपाल सुशासन पार्टीका शिव कुमार साह वाहेक ७ जनाको जमानत जफत भएको छ ।
जमानत नजोगाउने
आफ्नो जमानत जफत बचाउन नसक्ने उमेद्वारहरुमा स्वतन्त्रका निरराज गिरी, राप्रपाका चन्द्रिका सहनी, नेपाल कम्युनिष्ट पार्टीका अमरदेव पासवान, स्वतन्त्रका किसुन राउत अहिर, शेखर वहादुर सिंह, लङड मिया अंसारी र अजाजुलहक अंसारी रहेका छन् ।
क्षेत्र नं. ३ को २ मा ( १४ मध्ये १० जनाको जमानत जफत
यसौगरी क्षेत्र नम्बर ३ को २ मा कुल ४६ हजार ३९ मतदाता रहेका छन् । जस मध्ये ३१ हजार ३ सय ७१ सदर मत खसेको थियो । त्यसमा १४ जना उम्मेदवार थिए । तिनीहरु मध्ये विजयी नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्री र उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी डा.मधु गुप्ता, नेकपा एसका प्रह्लाद गिरी र नेपाल सुशासन पार्टीका गौरिशंकर तेली बाहेक अन्य सबै १० जनाले नै जमानत बचाउन नसकेको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
जमानत जोगाउन नसक्ने
आफ्नो जमानत जोगाउन नसक्नेहरुमा स्वतन्त्रका जितेन्द्र सहनी, रामबाबु प्रसाद यादव, राप्रपाका सुजित कुमार त्रिपाठी, जनमत पार्टीका अब्दुलाह मिया, स्वतन्त्रका विजय कुमार रौनियार, प्रभु साह, हरिनारायण चौहान, अजय कुमार, शम्भु ठाकुर, डादु साह तेली लगायतका रहेका छन् ।
क्षेत्र नं. ४ को १ ( १० मध्ये ७ को जफत )
यसै गरी क्षेत्र नम्बर ४ को १ मा कुल ४४ हजार १ सय ७७ मतदाता रहेका छन् । जस मध्ये २८ हजार ६ सय ७९ सदर मत खसेको थियो । ती मतदाता तान्न कुल १० जना उम्मेदवार मैदानमा थिए । जस मध्ये विजयी भएका नेपाली कांग्रसका शंकर प्रसाद चौधरी र उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारु र स्वतन्त्रका उम्मेदवार विरेन्द्र यादव बाहेक अन्य ७ जनाको जमानत जफत भएको छ ।
जमानत नजोगाउने
यस क्षेत्रमा जमानत जोगाउन नसक्नेहरुमा स्वतन्त्र उम्मेदवार जरी लाल थिङ लामा, राप्रपाका शान्त कुमार जोरी, जसपाका राजेन्द्र साह, जनमत पार्टीका शेषनाथ महतो, नेपालका लागि नेपाली पार्टीका रामगोविन्द चौहान, नेपाल मजदुर किसान पार्टीका हकिम अंसारी र स्वतन्त्रका उम्मेदवार शम्भु महतो थारु रहेका छन् ।
क्षेत्र नं. ४ को २ ( ११ मध्ये ९ को जफत )
पर्साको क्षेत्र नम्बर ४ को २ मा कुल ४६ हजार ६ सय ७४ मतदाता रहेका छन् । जस मध्ये ३१ हजार ८ सय १९ सदर मत खसेको छ । त्यहाँ ११ जना उम्मेदवार मैदानमा थिए । जस मध्ये निर्वाचित जसपाका सिंगासन सा कलवार र उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रल्हाद सा कानु वाहेक ९ जनाको जमानत जफत भएको छ ।
जमानत नजोगाउने
जमानत जोगाउन नसक्नेमा माओवादी केन्द्रकी चाँद तारा कुमारी, राप्रपाका नागा हजरा दुसाद, नेपाली जनता दलका सेमराज राउत अहिर, नेपाल सुशासन पार्टीका बलराम तिवारी, नेपाल मजदुर किसान पार्टीका साहव मियाँ तेली, स्वतन्त्रका विरेन्द्र महतो, विरेन्द्र ठाकुर, लखु साह, हाफिज हवारी लगायतका रहेका छन् ।
यसरी जनताको माझमा गएर जनताको विश्वास खासै प्राप्त गर्न नसकेका नेताहरुले आगामी दिनमा अझ जनताको मन जित्न निकै खरो रुपमा काम गर्न पर्ने देखिन्छ । या त उमेद्वार बन्नका लागि मात्र नेता कहलाउन छोड्ने कि ?