हेर्दा सोझी देखिने १० वर्षिया स्वस्ति मान्नधर ज्ञान ज्योति सेकेन्ड्री विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा हुन् । आमा बाबाकी कान्छी छोरी हुन स्वस्ती ।
उसकी एक दिदी छिन् । दिदी नेशनल एकाडेमी कलेजमा अभययनरत छिन् । आमा रेबिका मान्नधर गृहणी हुनुहुन्छ भने बाबा सुरज मान्नधर विजनेस म्यान हुनुहुन्छ । वीरगंजको भन्सार स्थित आफ्नै क्रेनको व्यवसाय छ । हजुरबा, हजुरआमा, अंकल सहिलको संयुक्त परिवारमा जन्मिएकी स्वती हाल आफ्ना परिवारसंगै विर्तामा बस्दै आएकी छिन् ।
पढ्न र खेल्न उतिकै रुचाउने स्वस्ती शान्त स्वभावकी भएपनि जो संग पनि सजिलै घुलमिल हुन्छिन् । साथीहरुसंग बस्न, खेल्न एकदमै रुचाउछिन् । समाजका बारेमा हुने भएकाले सामाजिक विषय मन परेता पनि गणित आफूलाई गाह्रो लाग्ने बताइन । आफूसंगै बस्ने, सबै कुराहरु सेयर गर्ने, आफूले भनेको मान्ने भएकाले स्मृती उनको मिल्ने साथी हो । अनि मलाई माया गर्ने, बुझाएर पढाउने नबीना म्याम पनि मन पर्छ उसले थपिन ।
आमाले अह्राएको सबै काम मान्छिन स्वस्ती । घरमा हुँदा साथीहरुसंग खेल्ने, टिभि हेर्ने गर्छिन । आफ्नो विद्यालयको गृहकार्यहरु सबै सकेर मात्रै खेल्न जाने वा टिभि हेर्न असाध्यै राम्रो बानी छ । डोरेमन, तारके मेहेताका उल्टा चश्मा उसका मनपर्ने टि.भि सोहरु हुन् ।
कुनै कुनै कुरामा अलि जिद्दि छिन नभए जिद्दि गर्दिन । खाना खुवाउनलाई एकदमै गाह्रो पथ्यो । केही खानै नमान्ने खाना खुवाउनकै लागि भएपनि उसलाई ६ महिला होस्टलमा समेत राख्नु परेको तर अहिले पहिले भन्दा खान्छिन । माछा, मासु भन्दा पनि दुध खान रुचाउछिन । उसकी आमा रेवीकाले भनिन ।
पढ्नलाई मैले कर गर्नु पर्दैन तर खेल्न थालेपछि सबै बिर्सने बानी छ । खेलेर सकिएन पढ्न बस भनेर अह्राउनु पर्छ । उसलाई तारकमेहेताका उल्टा चश्मा भन्ने टिभि सो आएपछि अरुकेहीमा ध्यान हुन्न त्यसबाहेक साथीहरुसंग भाडाकुटी खेलेर बस्ने गर्छिन ।
आफ्ना छोराछोरीले राम्रो काम गरुन समाजमा आफ्नो नाम राख्न सकून भन्ने चाहाना हुन्छ । उ राम्रो र सफल व्यक्ति बनोस यति भए हुन्छ । उसको रुचिमा नै हाम्रो साथ सहयोग छ ।
अहिलेको समय प्रतिस्पर्धाको समय छ । त्यसमाथि पनि अंग्रेजी बिना त केही सम्भवनै छैन भन्दा पनि भयो । सरकारीमा भन्दा निजी विद्यालयमा शिक्षाको गुणस्तर राम्रो छ । त्यसैपनि हामीले निजी विद्यालय रोजेका हौ ।